Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, August 19, 2014

कोरियामा निर्णय विपरित सांस्कृतिक कार्यक्रमको आयोजना गरेकोमा एनसीसीको आपत्ति

नमस्ते नेपाल कोरिया संवाददाता , दक्षिण कोरिया

आउदो छुसकमा हुने सास्कृतिक कार्यक्रमका लागि नेपाली सम्पर्क समितिको निर्णयलाई बेवास्ता गर्दै धरान कोरिया सेवा समाजले कार्यक्रमको आयोजना गरेकोमा एनसिसिको आपत्ति जनाएको छ  । सस्थाले एक प्रेस विज्ञप्ती जारि गर्दै एनसिसि को निर्णय बिपरित आयोजना गरिएको कार्यक्रमलाई एनसिसिसँग आबद्ध भएका सम्पुर्ण संघ सस्थाका प्रतिनिधिहरूले सो धरान कोरिया सेवा समाजको  निमन्त्रणा लाई स्विकार नगरी कार्यक्रममा उपस्थित नभईदिनु हुन सस्थाले अनुरोध गरेको छ ।

प्रेस विज्ञप्तीको पूर्ण पाठ 
प्रवाशी भुमि दक्षिण कोरियामा रहि विभिन्न क्षेत्रमा कार्यरत सम्पुर्ण कोरियाबासी नेपाली हरूमा आउदै गरेको कोरियन महान चाड छुसकको अबसरमा नेपाली सम्पर्क समिति सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछ ।
नेपाली सम्पर्क समितिले सदा जस्तै यस वर्ष पनि आफ्नो परम्परालाइ कायम राख्दै कोरियन पर्ब छुसकमा गरिने सांस्कृतिक तथा चिट्ठा कार्यक्रम बाँटफाट सम्पन्न गरेको छ । नेपाली सम्पर्क समितिमा सांकृतिक र चिट्ठा कार्यक्रम को लागी आबेदन दिएका मध्ये बाट बिगतमा सस्थाहरूले नेपाली समुदाय मा गरेको योगदान,सस्थाको क्रियाशिलता,तथा कार्यक्रम माग गर्नाको उद्देश्य माथि गहन छलफल पश्चात सांस्कृतिक कार्यक्रम तर्फ,खोटाङ सेवा साज, रूपन्देही सम्पर्क समिति र नेपाल मगर संघ र चिट्ठा तर्फ नमस्ते पाल्पा परिवार, धादिङ्ग सेवा समाज र,राप्ति सम्पर्क मंञ्च लाई आबेदन मुताविक कार्यक्रम गर्न अनुमति दिईएको कुरा यहाँ हरू लाई पुण: जानकारी गराउदछौ । छनौट भएका सस्थाहरूले गर्ने कार्यक्रम लाई भब्य रूपले सफल पारिदिनु हुन समेत नेपाली सम्पर्क समिति सबैमा हार्दिक अनुरोध गर्दछ ।
 कुनै पनि सस्थाको विधि र पद्धति मुताविक सस्था संञ्चालन हुनु पर्दछ । सस्थाको पहिचान, समाजमा गरेका विगतका गतिविधिहरू बाट हुने गर्दछ ।  तर अपबाद कोरियाको परिवेशमा कुरा गर्ने हो भने  जुन सस्था बिधि र पद्धतिलाई पनि मान्दैन र नेपाली समुदाय बिचमा आफुलाई स्थापित गर्न सामाजिक क्रियाकलाप मा हातेमालो सगै अन्य कुनै कार्यक्रम मा सहभागिता जनाउदैन, तिनै सस्था मध्येको धरान कोरिया सेवा समाजले छुसकमा सांस्कृतिक कार्यक्रम  गर्ने भन्ने खबरले नेपाली सम्पर्क समितिको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाली सम्पर्क समितिको निर्णय विपरित कार्यक्रमको आयोजना गरेको हुदा NCC सँग आबद्ध भएका सम्पुर्ण संघ सस्था का प्रतिनिधि हरूले सो धरान कोरिया सेवा समाज को  निमन्त्रणा लाई स्विकार नगरी कार्यक्रममा उपस्थित नभईदिनु हुन अनुरोध गर्दछौ ।
             

नेपाली सम्पर्क समिति

No comments:

Post a Comment