रमेश खावाजु ,दक्षिण कोरिया
अगस्त १७ तारिक आइतबारका दिन कोरियाको राजधानी सउलमा नेवा पुचःद्वारा आयोजित अध्यक्ष गुरुजु डा. नबिन बज्राचार्य सम्मान तथा बिदाइ कार्यक्रम सम्पन भएको छ l
सउलको दोङदेमुन स्थित कुमारी भान्छा घरमा दिउसो २ बजे भएको सम्मान तथा बिदाइ कार्यक्रममा कोरियाका नेपाली राजदुत कमान सिं लामाले पानसमा बती बालेर औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए l कार्यक्रममा मन्तब्यको क्रममा प्रमुख अतिथि लामाले नेपाली कला संस्कृतिको महत्व तथा बहु पहिचानको राष्ट्र हामीले असली रुपमा निर्माण गर्नु पर्ने धारणा राखेका थिए l राजदुत लामाले दक्षिण कोरियामा बौद्ध धर्म सम्बन्धि बिध्याबारिधि गर्ने पहिलो नेपाली गुरुजु डा.नबिन बज्राचार्यले प्रवासमा नेपाली कला संस्कृतिको संरक्षण गर्न गरिएको कार्यको प्रशंसा गर्नुभयो l त्यस्तै मन्तब्यको क्रममा नेपाल आदिबासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन ,छबि चिपका महासचिब भिक्छु छुग्सु एस्निम,नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङ , नेवा पुचःका उपाध्यक्ष रमेश श्रेष्ठ ,सचिब सन्ध्या बर्जाचार्य तथा सल्लाहकार पुरु जोशीले अध्यक्ष गुरुजु डा.नबिन बज्राचार्यको योगदानको प्रशंसा गर्दै आ आफ्नो धारणा पोखेका थिए l औपचारिक कार्यक्रमको स्वागत मन्तब्य सदस्य संजु मान महर्जनले गरेकाका थिए भने कार्यक्रम संचालन सन्तोष श्रेष्ठले गरेका थिए
औपचारिक कार्यक्रम पश्चात अध्यक्ष गुरुजु डा. नबिन बज्राचार्य तथा तेक्वान्दो खेलाडी अनिष महर्जनलाइ प्रमुख अतिथि कोरियाका नेपाली राजदुत कमान सिं लामा नेवा पुचःका पदाधिकारीहरु ,अन्य संस्थाका प्रतिनिधिहरु तथा सहभागीहरुले खादा ओढाई सम्मान गरेका थिए l गुरुजु डा.नबिन बज्राचार्य तथा खेलाडी अनिष महर्जनली नेवा पुचःले आफुहरुलाइ सम्मान गरेकोमा खुसि ब्यक्त नेवा पुचः कोरिया प्रति आभार प्रकट गरेका थिए l
सन् २००२ मा छात्रवृति मार्फत बौद्ध धर्मको अध्ययन गर्न दक्षिण कोरियामा प्रवेश गरेका गुरुजु डा.नबिन बज्राचार्यले हालै मात्र कोरियामा बौद्ध धर्ममा बिध्याबारिधि गरेका थिए l नेवा पुचःका अध्यक्ष डा.नबिन बज्राचार्य आउदो अगस्त २२ तारिक सुक्रबारका दिन नेपाल फर्कन लागेको हुन् lत्यस्तै नेवा पुचले कोरियामा भएको बिश्व तेक्वान्दो कल्चरल फेस्टिभलमा नेपालका लागि रजत पदक दिलाउने अनिष महर्जनलाइ पनि सम्मान गरेका थिए l अनिष महर्जनले कोरियाको मुगु सिटिमा गत जुलाई ४ देखि ९ सम्म भएको उक्त फेस्टिभलमा २ वटा रजत पदक जितेका थिए l





No comments:
Post a Comment