Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 22, 2014

नेपाल योंग स्टार ग्रुपले रिपोटर्स क्लबमा भाद्र ७ गते पत्रकार सम्मेलन गर्ने

काठमाण्डौ ।
नेपाल योंग स्टार ग्रुप प्रालि ले नेपालमा शनिवार पत्रकार सम्मेलन गर्ने भएको छ । प्रवासी भुमि दक्षिण कोरियामा कार्यअनुभव बटुलेका जागरुक युवाहरुद्वारा संचालिन यो कम्पनीले कोरियाबाट नेपाल भित्रआएकोकफि तथा ग्रुपका कार्ययोजनाको बारेमा जानकारी दिन रिपोर्टस क्लब , ललितपुरमा सो पत्रकार सम्मेलन गर्न लागेको हो । योंग स्टारले नेपालमा कफिको विकासको लागि विभिन्न कोरियन ग्रुपहरु संग मिलेर अध्ययन पनि गरिरहेको छ ।

नेपालको कफिको व्यवसायीक उत्पादन र बजारको बारेमा अध्ययन गरिरहेको यो ग्रुपले शुरुवाती कार्यको रुपमा कोरियाको कफिको नेपालमा विक्रीवितरण गर्न लागेको हो ।
यो ग्रुपले कृषि , पर्यटन लगायतको क्षेत्रका समेत कार्य गर्नको लागि समेत अध्ययन गरिरहेको छ । यसैविच सोही कार्यक्रम विच एक कल्याणकारी अक्षय कोष (नेपाल योङ स्टार ग्रुप फाउन्डेशन) स्थापनको औपचारिक घोषणा हुनेछ ।
कोरियामा श्रम गर्न गएका युवाहरुले सामुहिक रुपमा गर्न लागेको यो नमुना व्यवसायको बारेमा थप जिज्ञासा भए सोही पत्रकार सम्मेलनमा उपस्थित हुन र नौलो अभियानलाई सहयोग पु¥याउन सम्पुर्ण व्यवसायी , पत्रकार तथा समुदायमा आयोजकले अनुरोध गरेको छ ।


हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा!! हार्दिक निमन्त्रणा!!!
आदरणीय नेपाल योङ्ग स्टार ग्रुपमा आबद्द सम्पूर्ण सहकर्मी मित्रजन, यस कम्पनीका बोर्ड डाइरेक्टर, संस्थापक श्यर होल्डर, बिभिन्न संघ संस्थाका अतिथिगण , ब्यबसायी, पत्रकार मित्र र शुभचिन्तक सबैमा यस "पत्रकार-सम्मेलन " कार्यक्रममा उपस्थित जनाइदिनु भै यस कार्यक्रमको शोभा बढाईदिन हुन हार्दिक निमन्त्रणा गर्दछौ!
प्रवाशी भूमि दक्षिण कोरियाबाट फर्केका जागरुक युवाहरु द्वारा संचालित यस कम्पनि नेपाल योङ्ग स्टार ग्रुप प्रा. लि.(ग्वार्को, नेपाल) ले नेपालमा कफि बिकासको निम्ति दक्षिण कोरियामा बनेको Speranza Natural "3 in 1" mix कफिको देशभर बिक्रीवितरण गर्ने औपचारिक कार्यक्रम, कल्याणकारी अक्षय कोष (नेपाल योङ्ग स्टार ग्रुप फाउन्डेसन) को समुदघाटन र पत्रकार सम्मेलन कार्यक्रम रहेको हुँदा निम्न मिति, समय र स्थानमा उपस्थितिको निम्ति हार्दिक बिनम्र अनुरोध गर्दछौ!

आयोजक:-
नेपाल योङ्ग स्टार ग्रुप प्रा. लि.
ग्वार्को, नेपाल

मिति: 2071 भाद्र 07 गते
समय: 11:30 बजे
स्थान: रिपोर्टस क्लब, पुतलीसडक

No comments:

Post a Comment