Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 22, 2014

कोरियनसित बिहे गर्न किन लोभिन्छन् नेपाली किशोरी ?

मञ्जु गुरुङ | सउल, दक्षिण कोरिया
कोरियामा महिलाको लागि महिला नामक संस्थाकी अध्यक्ष जुनु गुरुङको कोरियाली नागरिकसंग विवाह गरेर आएका ९० प्रतिशत नेपाली चेलीहरु घरेलु हिंसाबाट पीडित हुने गरेको अन्तरवार्ता सुनेपछि भारतबाट एक राई थरकी युवतीले आहो विवाह गरेर कोरिया छिर्न पाइने रहेछ कसरी विवाह गर्नै भन्ने जिज्ञासा राखिन् । अन्तरवार्ताबाट महिलाको पीडा हैन कोरिया छिर्नलाई विवाह एक सजिलो माध्यम भएको ती युवतीको बुझाइ रहयो ।

त्यस्तै पोखराकी एक २३ वर्षिय गुरुङ थरकी युवतीले विवाहको लागि कोरियन केटा खोजिदिन कोरियामा रहेको आफनो साथीलाइ आग्रह गरिन् । उनलाई पनि लाग्यो कोरिया छिर्ने सजिलो माध्यम नै विवाह हो ।
यी दुई उदाहरणले कोरियाप्रतिको महिला आकर्षणलाई छर्लङ्गै पार्छ । मासिक एक लाख भन्दा बढी कमाउन सकिने भएकाले महिलाहरु विवाहजस्तो पवित्र बन्धनलाई दाउमा राखेर कोरिया छिर्न चाहन्छन् । म्यारिज व्यूरोलाई आफै पैसा दिएर मात्र हैन कोरियनको भारी रकमबाट किनिएर भएपनि महिलाहरु कोरिया भित्रिन चाहान्छन् ।

सिन्धुपाल्चोककी एक शेर्पा थरकी १९ वर्षे युवतीलाई आफन्तले नै ३५ वर्षको कोरियन केटासँग विवाह गरी कोरिया पठाइदिए । विवाह गर्न वाञ्छनीय उमेर नपुगे पनि उमेर बढाएर विवाह दर्ता गरी उनी कोरिया आइपुगिन् । श्रीमानसँगै रेष्टुरेण्टमा भेटिएकी ती युवतीले भनिन्, ‘आफूलाई मन नभएपनि आफन्तले कोरियाजस्तो विकसित देशमा यति राम्रो केटाले मन पराउनु भनेको भाग्य नै खुल्नु हो भन्दै फकाएर पठाइदिनु भयो ।’ शुरुमा उमेरका कारण व्यवहार नमिलेर केटा मन नपरे पनि उनले धेरै माया गर्ने भएकाले अहिले आफू सन्तुष्ट भएको ती युवतीले स्पष्ट पारिन् । युवती मात्र हैन अभिभावक पनि कोरियाप्रति आकर्षित भएको यो अर्को उदाहरण हो ।

काठमाडौँमा लाजिम्पाटको म्यारिज व्यूरोकी कोरियन महिलालाई पैसा बुझाएर आफू भन्दा दोब्बर उमेरका कोरियन नागरिकसँग विवाह गरी बस्नेत थरकी युवती कोरिया आइपुगिन् । आफनो व्यूटी पार्लर व्यवसाय बेचेर एउटा नक्कली खुट्टा राखेको युवकसँग उनले राजीखुशी विवाह गरिन् । त्यसो त पारपाचुके गरिसकेको पत्नीका आफू समान छोराछोरी भएको पनि ज्ञात नभएको हैन उनलाई । कोरिया आएको दुई महिनामै उनलाई मन नपरेको भन्दै छोडपत्र गरियो । किनकि काठमाडौमा नै युवतीलाई मन नपराएपनि व्यूरोले जबरजस्ती भिडाइदिएका थिए । कोरियाप्रतिको आकर्षणले युवतीहरु यसरी पनि तानिइरहेका छन् ।

हुन त कोरियाली नागरिकसँग विवाह गर्ने धेरै नेपाली चेलीहरु दुःखी छन् भन्ने समाचार र अन्तरवार्ताहरु आइरहेपनि कोरिया भित्रिने चेलीहरुमा कुनै कमी छैन् । कोरियाप्रतिको मोहमा युवतीहरु स्वयम किन्न र किनिन म्यारिज व्यूरोमा धाउँछन् । कोही कोरिया छिर्न मात्रै व्यूरो धाउँछन् त कोही साथीहरुको सुखद दाम्पत्य जीवनबाट प्रभावित हुँदै पुग्छन् । त्यसो त फरक देश, संस्कृति र भाषाको कठिनाइका बावजुद पनि नेपाली चेलीहरु रोजाइमा कोरिया परेकै छ ।

कोरियामा विवाह भिषामा आएका नेपाली चेलीहरु कति छन् वास्तविक तथ्यांक छैन । कतिले छोडपत्र गरे, कतिको घर व्यवहार राम्रो छ, कहाँ कसरी बसेका छन् कुनै अध्ययन अनुसन्धान हुन सकेको छैन । कोरियास्थित नेपाली दूताबास पनि यस विषयमा मौन छ । अनुमानित तथ्यांक १ हजार जति सार्वजनिक गरिएको छ त्यसैलाई सबैले आधार बनाउँदै आएका छन् । वर्षमा एकादुई महिला पीडित भएको घटना सार्वजनिक भएको आधारमा मिडियाले आफै ९० प्रतिशत तथ्यांक निकाल्ने गरेको छ ।

हालै नेपालको मिडियामा पनि कोरियामा विवाह गरेका प्राय चेलीहरु श्रीमानबाट पीडित छन् भन्ने छाएको छ । मानवअधिकारकर्मीको प्रतिवेदनले पनि त्यस्तै भनेपछि कोरियामा सुखद दाम्पत्य जीवन बिताइरहेकाहरु चिन्तित बनेका छन् । नेपालको संचारमाध्यममा छाएको त्यो हल्लाकै कारण आफन्त र शुभचिन्तकको जिज्ञासालाई स्पष्टीकरण दिँदा हैरान भएको प्रतिकृया पनि सुन्न पाइएको छ । त्यस्तै कोरियनसँग विवाह गरेका नेपाली महिलाहरुलाई अब नेपाल फर्काउने रे भन्ने भ्रामक हल्लाले यहाँका महिलाहरु त्राहीमाम बन्न पुगेका छन् ।

कुनै अध्ययन अनुसन्धान नै नगरी मिडियामा छाउने यस्ता हल्लाहरुले कोरियामा सुखद दाम्पत्य जीवन बिताइरहेकाहरुलाई एकातिर मानसिक चिन्ता दिइरहेको पाइन्छ भने अर्कोतर्फ जसरी भएपनि कोरिया छिर्न चाहने महिलाहरुलाई यस्ता समाचारले कुनै असर पार्न सकेको छैन् । वैवाहिक भिषामा कोरिया छिरेका कतिपय महिलाहरु विमान स्थलबाटै भाग्ने त कोही मौका पाउनासाथ भाग्ने गर्छन् । कोही भने जसोतसो पतिसँग बसेर कोरियन आइडी लिएपछि छोडपत्र गर्छन् । त्यसो त बालबच्चासहित वर्षौ सुखी दाम्पत्य जीवन बिताइरहेका जोडीहरु पनि प्रसस्तै भेटिन्छन् ।

नेपाली मिडियामा पढ्दा लाग्छ वैवाहिक भिषामा कोरिया आउने सबै महिलाहरु दुःखी छन् तर वास्तविकता त्यस्तो छैन् । धेरै महिलाहरु सुखी छन् । जसको घर व्यवहार राम्रो छ ती महिलाहरु त सुखी हुने नै भए । जो कोरियन पति १२ घण्टा काम गर्छ अनि श्रीमती चाहिँ स्वजातिय युवाहरुसँग मोजमस्ती गर्दै हिँड्छ उनीहरु पनि त सुखी भए नि । तर यस्ता विकृतिप्रति भने मिडिया चुप छ । एकादुई घट्नालाई लिएर सबै नराम्रा हुन् भन्नु कहाँसम्मको न्याय हो ।

त्यसो त कागजी विवाह गरी कोरिया भित्रिएका कति युवतीहरु नेपाली तथा कोरियन केटासँग विवाह गरी यतै घरजम बसाएका छन् भने कति चाहिँ कोरियामा गैरकानुनी रुपमै बसेर भएपनि आफनो आर्थिक अवस्था बलियो बनाउन सफल भएका छन् । तर यस्ता  कोरियाकै म्यारिज व्यूरोलाई भारी रकम तिरेर केटाहरु नेपाल पुगेका हुन्छन् भने कोरियाप्रति मोहित युवतीहरु पैसा तिरेर कोरियन केटा खोज्दै व्यूरोमा धाएका हुन्छन् । यसरी भारी रकमको खेलसँगै एक अर्कालाई किन्ने र बेच्ने हुँदै नेपाली युवतीहरु कोरिया छिर्ने गर्छन् ।

आखिर यसरी आफै बेचिएर विवाहको बहानामा आफैलाई जोखिममा राखेर आउन चाहनु कोरियाप्रति महिलाहरुको यो कस्तो मोह हो ? व्यक्तिगत र सामाजिक मात्रै हैन अन्तर्राष्ट्रिय भएकाले राष्ट्रियताको सवाल समेत जोडिएको महत्वपूर्ण सम्बन्ध विवाहलाई नै माध्यम बनाएर किन्ने र बेचिने हुँदै कोरिया छिर्नु हाम्रो जस्तो गरिब मुलुकका महिलाको यो कस्तो बाध्याता हो !

(पत्रकार गुरुङ अहिले कोरियामा हुनुहुन्छ।)

No comments:

Post a Comment