Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 22, 2014

कोरियामा अनिश महर्जनले विश्व तेक्वान्दो च्याम्पियनशिपमा रजत जिते

खेम कार्की - दक्षिण कोरिया ।
दक्षिण कोरियामा भएको विश्व तेक्वान्दो च्याम्पियनशिप “२०१४ द वल्र्ड तेक्वान्दो हानमादाङ”मा नेपाली खेलाडीअनिश महर्जनले रजत पदक जितेका छन ।

कोरियाको पोहाङमा भएको सो च्याम्पियनशिपमा ५५ राष्ट्रका १२० खेलाडीको सहभागितामा रहेको थियो ।
फाईनल चरणमा ईरानका खेलाडीले स्वर्ण पदक जित्न सफल हुदा महर्जनले रजत मा चित्त बुझाए ।उनले १९ देखि २९ वर्ष उमेर समुहको पावर ब्रेकिङ डेमास्ट्रेसनमा सहभागिता जनाएका थिए ।
कोरियाको योङ हि युनिभर्सिटीमा तालिम लिईरहेका महर्जनले गत महिना कोरियाको मुजुमा भएको वल्र्ड तेक्वान्दो च्याम्पियन शिपमा समेत २ वटा रजत पदक जितेका थिए ।
गत साल पनि उनले मुजुमा भएको विश्व तेक्वान्दो च्याम्पियनशिपमा १ कास्य पदक जितेका थिए ।
आफ्नो निजी खर्चमा कोरियाको खेलमा सहभागिता जनाउन आएका महर्जन देशका लागि आफूले गरिरहदा समेत देशले भने सपोर्ट नगरेको गुनासो गरेका छन । उनले भने “राष्ट्रिय खेलका सिनियर भनाउदाहरुले समेत आफूलाई वेवास्ता गरेकोले चित्त छ । एक छाक नखाएरै भए पनि केही गरेर देखाउछु भनेर लागे आज फेरी एउटा रजत जित्न सके खुसी लागेको छ । ”
उनी आफ्नै निजी प्रयासमा कोरियामा दिनको ७ घण्टा प्रशिक्षण लिईरहेका छन ।
महर्जन संगै नेपालको तर्फबाट सो खेलमा ६ नेपालीले सहभागिता जनाएका थिए । अगस्त २१ मा शुरु भई २४ मा सकिने खेलमा जम्मा छ खेलाडीले भाग लिएका छन । जसमा महर्जन सहित पराग दास गोर्खाली , कुमार लामा र धर्मेन्द्र अगे्रेडी निर्मा शेपा र लक्ष्मी राना रहेका छन ।
महर्जनले १२० जनाको संगको टफ प्रतिस्पर्धामा समेत आफुले रजत पदक पाएकोमा एक दम खुसी भएको प्रतिकृया दिएका छन ।

No comments:

Post a Comment