Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, August 19, 2014

सउलमा बिदेशीहरुको लागि निशुल्क कोरियन भाषा कक्षा संचालन हुने

रमेश खावाजु ,दक्षिण कोरिया 
आउदो सेप्टेम्बर १४ देखि दक्षिण कोरियामा बिदेशी कामदारहरुको लागि सउल ग्लोबल माइग्रेन्ट सेन्टरले १६ हप्ते निशुल्क कोरियन भाषा कक्षा संचालन गर्ने भएको छ l

दक्षिण कोरियामा  सउल ग्लोबल माइग्रेन्ट सेन्टरले बिदेशी कामदारहरुको लागि निशुल्क तालिम ,कानुनी परामर्श ,स्वास्थ्य सेवा ,मनोरन्जनात्मक तथा कला संस्कृति सम्बन्धि विभिन्न कार्यक्रमहरु  गर्दै आइरहेको छ l दक्षिण कोरियामा रहेका बिदेशी कामदारहरुको लागि सउल ग्लोबल माइग्रेंत सेन्टरले हरेक बर्ष आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत निशुल्क कोरियन भाषा कक्षा संचालन गर्दै आइरहेको सो सेन्टरका नेपाली प्रतिनिधि संजय गुरुङले नमस्ते नेपाल कोरिया डट कम लाइ बताए l  नेपाली प्रतिनिधि संजय गुरुङले आउदो सेप्टेम्बरमा संचालन हुने  कोरियन भाषा तालिमको लागि यहीं अगस्त २४ तारिक देखि सेप्टेम्बर ५ तारिक सम्म ( बिहान ९ देखि साझ ६ बजे सम्म ) आवेदन खुल्ला हुने बताए l उहालें यस कोरियन भाषा सिक्न इच्छुक  नेपाली साथीहरुले सउल ग्लोबल माइग्रेन्ट सेन्टरमा सम्पर्क गर्नु हुन् अनुरोध गर्नु भएको छ l

बिस्तृत जानकारी 
 संजय गुरुङ - 010-5683-9080
  नेपाली प्रतिनिधि
सउल ग्लोबल सेन्टर

( सूचना : यहीं अगस्त ३१ सम्म  सउल ल्याण्ड घुम्न चाहने साथीहरुलाइ  प्रवेश शुल्क कोरियन 36 ,000  वन पर्ने  टिकटहरु बिदेशी छुट  सहित  कोरियन 15,000 वन पर्ने कुपनहरु यस सउल ग्लोबल सेन्टरमा रहेकोले सउल ल्याण्ड घुम्न इच्छुक साथीहरुले सम्पर्क गर्नुहोला )







No comments:

Post a Comment