देबेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया
नेकपा एमालेको कोरिया संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) ले एनआरएनका सस्थापक तेन्जी शेर्पालाइ २६ सभासदमा मनोनित गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । शेर्पाको मनोनयनले संविधान सभामा लाखौं प्रवासी नेपालीहरुको भावना प्रतिनिधित्व हुने ठहर गर्दै सो सिफारिस गरिएको हो ।
लामो समय प्रवासमा रहदा नेपाल र नेपालीप्रति गरेको त्यागको सम्मान गर्न पनि शेर्पालाई सभासद बनाउनु पर्ने ठहर आइतबार सम्पन्न मञ्चको बैठकले गरेको हो ।
बौद्धिक र सरल व्यक्तित्व भएका शेर्पाको सामाजिक र राजनैतिक भूमिका संसदमा महत्वपूर्ण हुने भएकाले सिफारिस गरिएको मञ्चका अध्यक्ष गोविन्द गाउँलेले बताए । गाउँलेका अनुसार सोलुखुम्बुबाट संविधान सभामा एमालेबाट समानुपातिक र प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएको र आदिवासी जनजातिको प्रतिनिधित्व हुने भएकाले पनि शेर्पालाई सिफारिस गरिएको हो ।
सोलुखुम्बुमा जन्मिएका शेर्पा विद्यार्थीकालदेखी नै राजनीतिमा सकृय थिए । काठमाडौंको अमृत साइन्स क्याम्पसमा अध्यनय गर्दा अनेरास्ववियु पाचौं नजिक रहेका उनि उच्च शिक्षाका लागि सन १९८८ मा कोरिया आएका थिए । उनले सोल विश्वविद्यालयबाट सन् १९९५ मा इलेक्ट्रीकल इन्जिनियरिङमा मास्टर्स गरेका हुन् । उनी तात्कालीन कोरिया 'जिफन्ट' जिफन्टका संस्थापक पनि हुन् ।

No comments:
Post a Comment