Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, August 19, 2014

कोरियामा नेपाली महिलाहरुको समस्याको बारेमा प्रधानमन्त्री कोइरालालाइ ज्ञापनपत्र

रमेश खावाजु ,सउल, दक्षिण कोरिया | 
१९ अगस्त मंगलबारका दिन राजधानी सउलको दोङदेमुनमा महिलाहरुको साझा संस्था वोमन फर वोमनले  नेपाल सरकारलाइ कोरियामा नेपाली महिलाहरुको समस्याहरुको बारे जानकारी गराउन ज्ञापन पत्र बुझाएको छ l

वोमन फर वोमनका महिलाहरुले नेपाली जनसम्पर्क समिति कोरियाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाइ संस्थाले संचालन गरेको सेल्टरमा ज्ञापन पत्र बुझाएको हो l कोरियामा महिलाहरुका लागि वमन फर वमनले खोलेको आश्रयस्थलको अवलोकन गर्न पुगेका नेता बिश्व प्रकाश शर्मालेत्यहाँ आश्रय लिइरहेका महिला दिदीबहिनीहरुलाई भेटि उनीहरुका कुरा सुनेका थिए ।नेता शर्माले कृषिमा काम गर्ने र कोरियनसँग बिहे गरेर कोरिया आएका महिलाहरुको समस्या बुझेर यस बारेमा भाषण गरेर र मिडियामा बोलेर मात्र सम्भव नहुने भन्दै नेपाल पुगेको दुई दिनभित्र नेपाल सरकारलाई र नेपाली काँग्रेसलाई समस्याका बारेमा अवगत गराउने जानकारी दिए ।  साथै उनले महिला घरका लागि आर्थिक सहयोग गर्न पहल गर्ने बताउँदै महिलाहरुको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, त्यसका लागि लागि पर्ने र यस विषयमा बेला बेलामा नेपाल सरकारलाई घचघच्याउने पनि बताए ।


नेपालका प्रधान मन्त्रि सुशील कोइरालाको नाममा लेखिएको ज्ञापनपत्रमा दक्षिण कोरियामा रहेका महिलाहरुको समस्याहरु हल गर्न नेपाल सरकारले सरकारी तवरले आश्रयस्थलको स्थापना ,कृषि तथा बैबाहिक भिसामा आएको महिलाहरुको समस्याहरुका समाधान गर्न पहल गर्नुपर्ने बिषयहरु रहेको संस्थाकी अध्यक्ष जुनु गुरुङले बताइन l अध्यक्ष गुरुङले  युवा नेता तथा व्यक्तित्व भएका विश्वप्रकाश शर्मा मार्फत पहल गर्दा हाम्रो माग पुरा होला जस्तो लागेको बताइन l  वमन फर वमनले नेता शर्मालाई सम्मान पनि गरेको थियो ।
 नेपाली जनसम्पर्क समितिको पहलमा भएको उक्त कार्यक्रममा दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौला, श्रम सहचारी अनिल गुरुङ, एनआरएन कोरियाका अध्यक्ष विनोद कुँवर, नेपाली जनसम्पर्क समितिका सभापति नवराज शिवाकोटी, वमन फर वमनकी अध्यक्ष जुनु गुरुङ, उपाध्यक्ष मलिका थकाली र सल्लाहकारहरु गंगा थापा श्रेष्ठ, लक्ष्मी गुरुङ, पद्मा श्रेष्ठ को उपस्थिति रहेको थियो ।

साथै नेता शर्मालाइ जनसम्पर्क समितिले कोरियामा  रोल्पाका ११ वर्षिय ब्लड क्यान्सर पिडित बालक भुवन घर्ति मगरको लागि संकलन गरेको  ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम पिडितको परिवारलाई दिनका लागि समितिका सभापति नवराज शिवाकोटीले नेता शर्मालाई हस्तान्तरण गरेका थिए । जन सम्पर्क समितिले   नेपाल हाउसका लागि पनि ५ लाख कोरियन वन आर्थिक सहयोग गरेको थिए l
 जनसम्पर्क समितिको  पहलमा उठाएका हरेक समस्यालाइ नेपाल सरकारमा पुर्यायर बेला बेलामा सरकार र कांग्रेस पार्टीलाई अनुरोध गर्ने  संस्थाका सभापति नवराज शिवाकोटीले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए    l  सभापति शर्माले जनसम्पर्क समितिले  गर्दै आएको आर्थिक सहयोग र कोरियामा भोगेका नेपालीहरुको समस्याहरुको समाधानको लागि सदैव निरन्तर लागि पर्ने  बताए l

No comments:

Post a Comment