Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 30, 2014

नेपाली कामदार माथि कोरियनद्धारा दुर्ब्यबहार

नोमराज गुरुङ ,दक्षिण कोरिया 
कोरियामा नेपाली कामदारमाथि दुर्ब्यबहार  भएको छ । अन्सङस्थित जेल सनाप  नामक अल्मुनियम डिपार्टमा कार्यरत गोपाल सोमईलाई कम्पनीका कोरियन कामदारले हातपात गरेका  गरेका हुन् ।

बिहीबार बिहान ८:२० बजे काम सुरु हुने समयमा फोहोर फाल्ने क्रममा सोमईलाई ती कामदारले तथानाम गाली गर्दै घाटी समातेर लछार पछार गरेका  थिए ।  सोमईको घाटीमा चोट लागेको छ । ‘अझ अल्मुनियमको टुक्रा टिपेर हान्न खोजेका थिए तर भागेपछि हानेनन् ।’ घाइते सोमईले फोनिज कोरियासाग फोनमा कुरा गर्दै भने ।

बिहीबार आफुमाथि हातपात भएपछि शुक्रबारदेखि उनि काममा गएका छैनन् ।  यसअघि पनि अपशब्दहरु प्रयोग गरी गाली गर्ने गरेको सोमईको  गुनासो छ । ‘मलाई कम्पनीमा काम गर्न र बस्न मन छैन, प्रहरीलाई रिपोर्ट गर्न मन छ तर भाषा जान्दिन’ उनले थपे । सोमईको अनुसार कम्पनीको साहु जङजिङह्यङ्लाई घटनाबारे बताए पनि साहुले वास्ता नगरेको र उल्टै तिमीलाई हामीले रिलिज दिदैनौ जता गएनी जाउ भनेर थर्काएका छन् |

पीडित सोमईले  सहयोग गर्न समेत अनुरोध गरेका छन् । उनी २०१३ जुलाई २५ मा ईपिएसबाट कोरिया आएका हुन् । उनले काम गर्ने जेल सानप डिपार्टमा मात्रै जम्मा १० जना नेपाली कामदार छन्।

सम्पर्क: गोपाल सोमई मोबाईल नम्बर ०१०–७२१–३३२९१

No comments:

Post a Comment