Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 29, 2014

के कोरियनहरु सन २७५० मा दुर्लभ होलान त ?

ऐश्वर्य श्रेष्ठ,सोल ।
सन २०१४ को जनसंख्यालाई हेर्ने हो भने दक्षिण कोरियाको जनसंख्या ५० मिलियनको हाराहारीमा रहेको छ । तपाईलाई लाग्न सक्छ भविष्यमा कसरी दुर्लभ होलान त कोरियन कतैं  संग्रहालयमा त खोज्नुपर्ने त होइन ?
एक तथ्यांकले आगामी दिनमा कोरियाको गत बर्षको जन्मदरलाई आकलन गर्ने हो भने सन २७५० मा कोरियनहरु दुर्लभ हुनेछन् । सन २०१३को प्रतिमहिला जन्मदर १.१९ भविष्यमा कायम रहने हो भने सन २७५० मा कोरियनहरु दुर्लभ हुने राष्ट्रिय अनुसन्धान केन्द्रको अनुसन्धानले देखाएको छ ।

जन्मदर १.१९को दरले हालको जनसंख्या ५० मिलियन घटेर सन २१३६ मा १० मिलियन पुग्नेछ भने सन २७५० मा कोरियन लोप हुने संभावाना रहेको छ  । अक्सफोर्ड युनिभर्सिटीले गरेको एक अनुसन्धानले कोरियाको कम जन्मदर गम्भिर भएको बताएको थियो । सन २००६ मा एक चेतावनी दिदै मानिस दुर्लभ हुने राष्ट्रमा कोरिया पहिलो हुने सक्ने सक्ने भन्दैं गम्भिर हुन आग्रह गरेको थियो ।

एक नयां अनुसन्धानलाई आधार मान्ने हो भने हालको जनसंख्या २०५६ मा ४० मिलियनमा,सन २१०० मा घटेर २० मिलियनमा पुग्नेछ । यसरी हेर्दा कोरियाको जनसंख्या घटदोक्रममा जाने हो भने अबको ५सय बर्षपछि कोरियनहरु लोप हुने खतरा बढदो छ । कोरिया भित्र पनि बुुसान पहिलो जनसंख्याविहिन शहर बन्नेछ ।

No comments:

Post a Comment