Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 29, 2014

कोरियन सरकारले आठ हजार नेपाली कामदारहरु मात्रै कोरिया लाने

  गणेश लिम्बू ,काठमाडौं,,
कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम भरेकामध्ये आठ हजारको हाराहारीमा मात्र कोरिया जान पाउने भएका छन् ।

गत साउन महिनामा कोरियन भाषा परीक्षाको लागि ६२ हजार पाँच सय १४ जनाले आवेदन फारम बुझाएको ईपीएस शाखाले जनाएको छ । आकर्षक तलब तथा अन्य सेवा सुविधाका कारण कोरिया जान चाहने संख्या वर्षेनी बढ्दै गएको आवेदन फारम भर्ने संख्याले देखाउँछ । गत वर्ष (सन् २०१३) ४४ हजार एक सय ३७ जनाले मात्र आवेदन फारम ईपीएस शाखामा बुझाएका थिए । कोरियन भाषा परीक्षाको नतिजा आएपछि मात्र कोरिया लाने संख्या थाहा हुने ईपीएस शाखाले बताए पनि आठ हजारको संख्यामा नेपाली कामदारको माग रहेको स्रोतको भनाइ छ । गत साल १७ वटा कलेजमा कोरिया भाषाको परीक्षा भएको थियो । सरकारले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)सँग सल्लाह गरेर आगामी असोज १० र ११ गते हुने भाषा परीक्षाको लागि दुई÷चारवटा कलेजको संख्या बढाउने तयारी गरेको ईपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले बताए । गत सालभन्दा १८ हजार तीन सय ७७ जना बढीले आवेदन फारम भरेको कारणले यो वर्ष परीक्षाको केन्द्र बढ्ने उनको भनाइ छ ।

शाखाका निर्देशक बाँस्तोलाको अनुसार यो वर्ष भाषा परीक्षामा भएको उत्तीर्ण संख्या नै कोरिया सरकारको कामदारको माग संख्या हुने उनको भनाइ छ । परीक्षामा राम्रो अङ्क ल्याउनेहरुको रोलक्रमानुसार आवश्यक माग संख्या उत्तीर्ण गर्ने उनले बताए । आगामी असोज ११ र १२ गते चार ‘शिफ्ट’ गरेर कोरियन भाषा परीक्षा काठमाडौंका कलेजहरुमा गर्ने ईपीएस शाखाले जानकारी दिएको छ । परीक्षा बिहान ८ बजे सुरु हुने शाखाले जनाएको छ । परीक्षाको समय ७० मिनेटको हुने समेत जनाएको छ । परीक्षार्थीहरुले अनिवार्य रुपमा परीक्षा दिन आउँदा प्रवेशपत्र ल्याउनुपर्नेछ । आवेदन फारम भर्दा नागरिकता वा पासपोर्टको आधारमा भरिएको थियो । फारम भर्दा जे प्रयोग गरिएको थियो परीक्षा दिँदा पनि त्यसको सक्कलप्रति समेत साथमा ल्याउनुपर्ने निर्देशक बाँस्तोलाले जानकारी दिए । कसैले आफ्नो मान्छेको परीक्षा दिन खोजे वा अनधिकृत व्यक्ति प्रवेश गर्न खोजे छानबिन गरी मतियार समेतलाई कारबाही गरिने शाखाका निर्देशक बाँस्तोलाले बताए । बदमासी गर्न प्रयास गर्न खोज्ने परीक्षार्थीहरुलाई तत्काल पक्राउ गरी छुट्टै कोठामा थुन्ने व्यवस्था गरेको समेत उनले जानकारी दिए ।  परीक्षालाई स्वच्छ र मर्यादित बनाउन ईपीएस शाखा कडा रुपमा प्रस्तुत हुने शाखाले जनाएको छ । परीक्षार्थीहरुको आफ्नै मिहिनेत र लगनशीलताले मात्र परीक्षामा उत्तीर्ण हुने भएकोले भाषा सिकाउने संस्थाहरुको भ्रमपूर्ण आश्वासनमा विश्वास नगर्न समेत शाखाले सम्बन्धित सबैलाई सचेत गराएको छ । ग्यारेन्टी भाषा परीक्षा पास गराउने भन्दै झूठो आश्वासन दिने सेन्टरहरुको जानकारी गराएमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने निर्देशक बाँस्तोलाले बताए ।

No comments:

Post a Comment