Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 28, 2014

कोरियामा गुल्मी सम्पर्क समितिले छुसकमा पाचौं अधिवेसन गर्ने

रमेश खावाजु ,दक्षिण कोरिया 
आउदो सेप्टेम्बर ७  तारिक कोरियाको महान चाड छुसकको पहिलो दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले पाचौं अधिवेसन गर्ने भएको छ l

राजधानी सउलको  अनाम स्टेसन नजिकैको  इन्डिया प्लेस रेष्टुरेन्टमा साँझ ७ बजे कार्यक्रम हुन् लागेका हुन् l   अधिवेसनमा गुल्मीको प्रतिनिधित्व गर्दा खेल खेली गुल्मीलाइ उच्च स्थानमा पुर्याउन योगदान दिने  खेलाडीहरुलाइ सम्मान तथा नवआगन्तुक गुल्मी जिल्लाका  साथीहरुलाइ स्वागत गर्ने  उपाध्यक्ष टामलाल अर्यालले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l उपाध्यक्ष अर्यालले सो दिन कोरियाको बसाइ अवधि पुरा गरि नेपाल फर्किन लागेका पुर्व खेलकुद संयोजक तथा सल्लाहकार बिष्णु थापा तथा सक्रिय सदस्य केशब भुसाललाइ सम्मान तथा बिदाइ गर्ने कार्यक्रम रहेको पुन बताए l

दक्षिण कोरियामा सम्पूर्ण गुल्मी जिल्लाका साथीहरु एकजुट भइ गुल्मी जिल्लाको बिकासमा टेवा पुर्याउँ भन्ने नाराका साथ् स्थापना गरिएको गुल्मी सम्पर्क समितिले कोरिया तथा नेपालमा आपत बिपत परेका नेपालीहरुलाइ निरन्तर रुपमा सहयोग गर्दै आएको छ l कोरियामा बिभिन्न कामको शिलशिलामा दक्षिण कोरियामा प्रवेश गरेका गुल्मेलीहरु सुख दुखको चौतारीको रुपमा रहेको गुल्मी सम्पर्क समितिले आउदो दिनहरुमा पनि दुख परेका साथीहरुलाइ  निरन्तर रुपमा सहयोग गर्ने संस्थाले बताए l संस्थाले आउदो छुसकको पहिलो दिन हुन् लागेको पाचौं अधिवेसनमा उपस्थित हुनको लागि कोरियाबासि गुल्मेली साथीहरुलाइ अनुरोध गर्नु भएको छ l

कार्यक्रमको बिस्तृत जानकारी 
कार्यक्रम  : पाचौं अधिवेसन
आयोजक : गुल्मी सम्पर्क समिति
मिति : ७ सेप्टेम्बर २०१४
समय :साझ ७ बजे
स्थान  अनाम स्टेसन नजिकै  इंडिया प्लेस रेष्टुरेन्ट ( ६ नं रेल स्टेशन )

सम्पर्क :
प्रेम ज्ञवाली  : ०१० ६४५० १९४६
तामलाल अर्याल : ०१०  २५०१ ७८९८
चन्द्र  पराजुली :  ०१० ६८५२ ०९२६
सुर्य पन्थी  :  ०१० ७२१७ ०९००
राम प्रसाद भुषाल : ०१० ८६८४ ५८४५
इश्वर थापा : ०१० ९१३९ ६८२६
सन्त राना : ०१० ९३०० ०७५१
रोशन पौडेल : ०१० २१४१ ५२३३

No comments:

Post a Comment