Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 29, 2014

कोरियामा ३१ अगस्तमा एन आर एन कोरियाले पत्रकार सम्मेलन गर्ने

नवराज तामाङ ,दक्षिण कोरिया  
गैर आवसिय नेपाली संघ( एन आर एन कोरिया) ले सुनकोशी पहिरो पीडित आर्थिक सहयोग संकलन समितीको यहि अगस्ट 31 तारीखका दिन पत्रकार सम्मेलन गर्ने भएको छ।

सिन्धुपाल्चोक जिल्लाको धुस्कुने र राम्छे ग वि स मा 156 जनाको ज्यान लिने गरि भीषण पहिरो जाँदा हजारौंको बिचल्ली भएको थियो। प्रकृतिक बिपत्तिको यश दु:खद घडीमा पीडित परिवारजन प्रती सहयोग पुर्याउने हेतुले दक्षिण कोरियामा कृयाशिल विभिन्न संघ संस्थासंग सहकार्य गरि एन आर एन कोरियाको सम्योजकत्वमा दैवी प्रकोप पीडित सहयोगार्थ आर्थिक राहत तथा सहयोग संकलन अभियान सुरु गरेका थियो। यो अवधिमा सस्थागत वा ब्याक्तिगत तवर संकलित रकमको सम्पूर्ण विवरण यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराईने कुरा एन आर एन कोरियाले जनाएको छ।
यो अभियानमा सहयोग पुर्याउनु हुने सम्पुर्ण संघ संस्था तथा ब्याक्तीहरु एवं पत्रकार मित्रहरूलाई उपस्थित भै यो समाजिक कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछ।

स्थान: नेपाल हाउस
समय: ठिक 12 बजे

No comments:

Post a Comment