Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, August 31, 2014

देवकोटा जयन्तीमा कोरियामा गजल प्रतियोगिता हुने

 निश्चल काउचा ,दक्षिण  कोरिया 
नेपाली साहित्य समाज द.कोरिया (नेसास)ले महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तिको अबसर पारेर गजल प्रतियोगिता गर्ने भएको छ ।

 कोरियामा रहेका सम्पूर्ण स्रष्टाहरूलाई एउटै मालामा गाँस्ने ध्ययले सो कार्यक्रम गर्न लागिएको संस्थाकी सल्लाहकार प्रगति राईले जनाएकी छिन् ।  सो प्रतियोगिताका लागि कोरियामा रहनुभएका सबै स्रष्टाहरूले  आफ्नो दुई-दुईवटा गजल पठाउनु हुन संस्थाले अनुरोध गरेको छ । बाहिर देशबाट आएका अतिथि गजलहरू पनि त्यो अवसरमा  वाचन हुने जनाइएको छ । तर प्रतियोगितामा भने सामेल गराइने छैन । प्रतियोगिले कार्यक्रममा उपस्थित भई आफ्ना गजल वाचन गर्नु पर्ने बताइएको छ । अन्यथा प्रतियोगितामा सामेल गराइएने छैन । चुसकको अवसरमा साँस्कृतिक कार्यक्रमहरू धेरै भएकाले यो वर्षको चुसकमा गरिने साहित्यक कार्यक्रमलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तिमा सारेको बाताइएको छ ।

 सन् २०१२ सेप्टेमवर २३ तारिकका दिन स्थापना गरिएको नेपाली साहित्यसमाजले कोरियामा रहेका स्र्ष्टाहरूको एकता र भावना विस्तार गर्ने चौतारीको काम गर्दै आइरहेको छ । विश्वको सबै भन्दा धेरै काम गर्ने देश कोरियामा कार्यरत साहित्य प्रेमी, साहित्यकार सबैको उत्साहित सकृयताले 'मानिसभित्रको चेतना र कला कामको बोझले रोकिदैन' भन्ने शन्देश यो भन्दा अगाडिका कार्यक्रमहरूले देखाइ सकेको छ ।

अन्तत: नजिकिदै गरेको कोरियन चाड चुसक (२०१४)को पावन अवशरमा सम्पूर्ण कोरियावासी साहित्यकार, साहित्यप्रेमी तथा नेपाली दाजुभाइ-दिदिबहिनीहरूमा सुख-सम्वृद्दिको कामना तथा 'पैसालाई साधन बनाऔं; पैसाले हामीलाई साधन नबनाओस्' भन्ने कामना नेसासले व्यक्त गर्दछ ।

गजल पठाउने ई-मेल ठेगाना:- gajalpratiyogita@gmail.com
थप जानकारी लागि -

प्रबिण राई - ०१०६८७३९४२२
निश्चल काउचा - ०१०२९४५४४१७
 (नेसास) द.कोरिया

No comments:

Post a Comment