Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, August 26, 2014

मालिक-कविता

-ऐश्वर्य श्रेष्ठ,
-कविता -
  जुन नअस्ताउदैं ब्युझिन्छ रात
आंखा मिच्दै उठछ बिहान
सपनाहरु सुस्केरा हाल्दैं
बोकेर अलिकति मिठो घामको झुल्का
झुक्दैं झुक्दैं पस्यो आंखीझयालबाट

सुकेका हांगाहरु छाटदैं
पसिनाका बीउहरु रोप्दै
हरेक दिन थकित भएर
सपना देख्नैं छोडेर
एउटा आगोको झिल्को
निदाउछ भुसुक्क कन्टेनरमा

सुम्सुम्याउन नपाउदै
प्रियसीका ओठ
गाजलु मुस्कान
हेर्न नपाउदैं
समय मेरो मालिक बनेर
धकेल्छ मलाई ढोकाबाट

घामको रहर उकालो नलाग्दैं
जवानीको रंगलाई छोपेर
मालिकसंगै पछि लाग्दा
बुढो हुन कर लाग्छ ।

पिउन नपाउदैं
मायाको अमृत
छटपटयाएर मेरो मालिक
मेरो जीवनको ओभरटाइम घटाएर
जोडन थाल्छ विरासतको हिसाब
बहुदल सकियो,सकियो राजतन्त्र
सकिन्छ भन्छ यसरी नैं तेरो आयु ।

मालिक भन्छ
मुल्य हुदैंन तेरो पसिनाको
गन्ती हुदैंन तेरो आंशुको
थिचिएर सकिन्छ
कुल्चिएर मेटिन्छ
उदार हुन्न भन्छ
मेरो आंशुले कुदेको भविष्यको रेखा ।

म भन्छु
ए मालिक
म तिम्रो पाउमा
थिचिएर, कुल्चिएर
बन्छु हिरा
तिमीलाई जलाउने बन्छु कोइला
आंशुलाई टिपेर
पहाडलाई उचालेर
छेक्न सक्छु तिम्रो हावाको झोका
ए मालिक म मस्त निद्रांमा छैंन
ब्युझाएर सपना
बोकेर हिडिरहेछु मृत्युको समय

-ऐश्वर्य श्रेष्ठ,कोरिया ।

No comments:

Post a Comment