Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, August 26, 2014

कोरियामा महिलाहरुले भब्य रुपमा तिज मनाए ( फोटो फिचर सहित )

रमेश खावाजु ,दक्षिण कोरिया -
दक्षिण कोरियामा  यहीं  २४ अगस्त आइतबारका दिन हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज भव्यताका साथ् मनाएका छन् l
दक्षिण कोरियामा  हरेक बर्ष विभिन्न शिलशिलामा  प्रवेश गरेका नेपाली महिलाहरु एकजुट भइ आफ्नो परम्परा तथा  कला संस्कृति बचाउने उदेश्यले तीजका कार्यक्रमहरु गर्दै आइरहेका छन् l यस बर्ष २४ अगस्त आइतबारका दिन दक्षिण कोरियाको राजधानी सउलस्थित दोङदेमुन स्थित सुभेक्षा रेष्टुरेन्टमा नेपाली महिलाहरुको साझा संस्था वोमन फर वोमनले आयोजना गरेका हुन् l कार्यक्रम सुरु हुनु अगाबै देखि सुभेक्षा रेस्टुरेन्टमा बजिरहेको तिजको गितमा रातो साडी ,झपक्कै  सुन चादीका गहना अनि हातभरी चुराले सजिएका केहि नेपाली महिलाहरुले भाका हाल्दै नाच्न थालिसकेका थिए l केहि महिलाहरुले गित गाउदै ,तालि बजाउदै  नाचिरहेका महिलाहरुलाइ साथ् दिएका थिए l  तिज कार्यक्रममा सहभागी हुन् आएका ३ जना फिलिपिनि तथा केहि कोरियन नागरिकहरुले पनि लोकभाकामा नाचेका नेपाली महिलाहरुलाइ तालि बजाई साथ् दिदै निकै मनोरंजन लिएका थिए l  २ जना फिलिपिनी महिलाहरु तथा केहि कोरियन नागरिकहरुले कोरियामा नेपाली महिलाहरु मिलेर आफ्नो परम्परा र कला संस्कृति बचाउन गरेको यो कार्यक्रम सर्हानिय तथा रमाइलो भएको नमस्ते नेपाल कोरिया डट कमलाइ बताइन l
करिब दिउसो १२:३० देखि भएको तिज कार्यक्रममा कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाले पानसमा बती बाली औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए l कार्यक्रममा प्रमुख अतिथि राजदूत कमान सिंह लामाले तिजको महत्व ,आज भोलि तीजमा भित्रिरहेको बिकृति ,संबिधान सभामा समानुपातिक महिला अधिकार माग्नु पर्ने बिषयहरुमा बोलेका थिए l राजदुत लामाले दयनिय अवस्थामा रहेको कोरियाको  वोमन फर वोमनद्वारा संचालित सेल्टरको कमिकमजोरीहरु औंल्याउदै, सुधार गर्नु पर्ने , काम गर्न सक्ने खुबी भएका महिलालाइ सहयोग तथा नेतृत्व दिनु पर्ने बताउदै कोरियामा महिलाहरुको लागि सेल्टरको ब्यबस्था लागि  सरकारी तवरबाट  आफुले पहल गर्ने बताए l  कार्यक्रममा संस्थाकी  सल्लाहकार गंगा थापा श्रेष्ठ, राजदूत पत्नि इन्द्रमाया तामाङ, जान सम्पर्क समितिका अध्यक्ष नवराज सिवाकोटी, नेपाली मञ्ज दक्षिण कोरियाका अध्यक्ष गोविन्द गाउँले, जनअधिकार मञ्चका अध्यक्ष सागर न्यौपाने ,फ़ोनिजका अध्यक्ष मञ्जु गुरुङ , लगायतले तिजको शुभकामना मन्तब्य राखेका थिए । नेपाली राजदुताबासका उपनियोग राजाराम बर्तौला ,श्रम सहचारी अनिल गुरुङ ,नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष अशोक मैनाली लागायत अन्य संस्थाका प्रतिनिधिहरु ,पत्रकारहरु सहभागी भएका थिए l वोमन फर वोमनका अध्यक्ष जुनु गुरुको सभापतिमा सम्पन्न भएको कार्यक्रम सपना सुनुवारले संचालन गरेका थिए भने उपाध्यक्ष मल्लिका थकाली श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए l
औपचारिक कार्यक्रमको समाप्ति पछि महिला बेलुका सम्म सामुहिक नाचगान गर्दै रमाइलो गरेका थिए l  दक्षिण कोरियाका स्थानीय लोक गायिका सरु पौड्याल तथा अन्य एकजना महिलाले दोहारी गित गाएका थिए l कार्यक्रममा बिसौनी समुहका साथीहरुले मादल तथा अन्य नेपाली बाजाहरु बजाई साथ् दिएका थिए l   कार्यक्रममा सहभागी हुन् आएका शुष्मा ठकुरीले नेपालको विदेशमा पनि यसरि संगै बसेर नेपाली दिदीबहिनीहरुसित सामुहिक रुपमा तिज मनाउन पाउदा एकदम खुसि लागेको बताइन l
त्यसै गरि वोमन फर वोमनका अध्यक्ष जुनु गुरुङले कोरियामा नेपाली महिलाहरुको महान चाड तिजको अवसर  गरिएको यस कार्यक्रममा महिला दिदीहरुको उपस्थितिले कार्यक्रम एकदमै सफल भएको  बताइन l  अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित  हुनु भएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाइ , अन्य सहभागी महानुभाबहरुलाइ धन्यबाद ब्यक्त गरिन l   सो कार्यक्रममा विभिन्न नेपाली परिकारहरु पनि ब्यबस्था गरिएको थियो l
कार्यक्रममा सहभागी भएका फिलिपिनी नागरिकहरु 

No comments:

Post a Comment