Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, August 27, 2014

कोरियामा चलचित्र झोलाले रुवाए नेपालीहरुलाइ

रमेश खावाजु ,दक्षिण कोरिया 
गत अगस्त २४ आइतबारका दिन दक्षिण कोरियामा  झापा मिलन समाजको  आयोजनामा जोङ्गाकको जोगेसा हलमा   नेपाली  कथानक   चलचित्र  झोला प्रर्दशन  सम्पन्न भयो l
दिउसो २ बजे सुरु भएको  कार्यक्रममा प्रमुख  अथिती उपनियोग  प्रमुख  राजाराम  बार्तौलाले दियो बालेर औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए l  प्रमुख अतिथि बर्तौलाले कोरियामा झापा मिलन समाजले पाथिभरा हाउस निर्माणको लागि  प्रदर्शन गर्न लागेको झोलाको बारे तथा कार्यक्रम सफलताको सुभकामना मन्तब्य ब्यक्त गरेका थिए  l  कार्यक्रममा बिषेश  अथिती  एन  आर  एन   प्रतिनिधी  के  पि  सिटाला,    अथितीहरुमा  बिनोद  कुँवर ,   गँगाराज राई ,श्रम  सहचारी  अनिल  गुरुङ्,  गुम्बाका  प्रमुख  छाबि खोङ दक  हेबे जिसाङ् सुनिमले आ आफ्नो मन्तब्य ब्यक्त गरे l समाजका  अध्यक्ष  मिन  प्रकास  उप्रेतिको सभापतिमा सम्पन्न उक्त औपचारिक कार्यक्रमको स्वागत मन्तब्य सचिब राजु सन्तोषी थापा तथा कार्यक्रम संचालन उपाध्यक्ष सन्तोष श्रेष्ठले गरेका थिए l

औपचारिक कार्यक्रमको समाप्ति पछि चलचित्र झोला प्रदर्शन गरेका थिए l  मार्मिक चलचित्र झोला हेरेर मन
 नरुने सायद कमै मात्र होलान् ,त्यस्तै भएको छ आइतबार  कोरियाको जोगेसा हलमा पनि l झोला चलचित्र हेरिरहेका दर्शकहरु  सुँक्क सुँक्क गर्दै  थिए। कोरियामा पनि सशक्त अभिनय, दमदार प्रस्तुति र एउटा कुप्रथाको बिषयबस्तुमा आधारित झोला चलचित्रले धेरै दर्शकहरुको  मन छोयो l यो चलचित्र हेरेर फर्केका एकजना दर्शकले नेपाली फिल्म हेरेर पहिलो पल्ट रोएको पनि प्रतिक्रिया ब्यक्त गरे l त्यस्तै चितवन सम्पर्क समितिका पुर्व अध्यक्ष तथा समाजसेवी  राजन श्रेष्ठले नेपालमा भएको कुरीतिलाइ उजागर गरिएको ऐतिहासिक ,मार्मिक झोला उत्कृष्ट चलचित्र भएको तथा सबैले एक चोटी हेर्नुपर्ने बताए l

२४ अगस्तमा  राजधानी सउलमा तिज लगायत  प्रमुख नेपाली संस्थाहरुका ५ वटा भन्दा बढी कार्यक्रमहरु भएका थिए l धेरै संस्थाका कार्यक्रमहरु भए पनि  झोला चलचित्र हेर्न आउने दर्शकहरु  आफुहरुले सोचे भन्दा धेरै सहभागिता भएको  तथा मनै रुवाउने चलचित्र हेरेका धेरै दर्शकहरुको  राम्रो प्रतिक्रियाले निकै उत्साहित बनाएको झापा मिलन समाजका उपाध्यक्ष सन्तोष श्रेष्ठले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l उहाँले झोला चलचित्र छिटै नै कोरियाको  सुवन तथा किम्हे शहरमा पनि प्रदर्शन गर्ने बताए l त्यस्तै गरि  संस्थाका अध्यक्ष मिन प्रकाश उप्रेतीले कोरियामा दुख परेका नेपालीहरुलाइ आश्रयस्थलको व्यवस्थाका साथ खोलिएको पाथिभरा हाउसलाइ सहयोग गर्न सउलमा प्रदर्शन गरिएको  झोला चलचित्र  हेर्न उपस्थित कोरियाबासि नेपालीहरु तथा विभिन्न संस्थाका प्रतिनिधिहरुलाइ पनि धन्यबाद ब्यक्त गरेका छन्
  l

प्रतिक्रियाको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस 

http://www.youtube.com/watch?v=34JCiHWE7fk

No comments:

Post a Comment