Tuesday, August 5, 2014

भुपाल राना स्मृति भलिबल कप २०१४ को उपाधि कास्की परिवारलाइ

यम श्रीस मगर ,दक्षिण कोरिया -
नेपाल मगर संघ गणतन्त्र कोरियाले गत आईतबार आयोजना गरेको भुपाल राना स्मृति भलिबल कप २०१४ कास्की परिवारले चुमेको छ | सहभागी १८ टिम मध्ये फाइनल पुगेको  गुल्मी सम्पर्क समितिलाई हराउदै उसले ट्रफी र नगद पुरस्कार प्राप्त गरेको हो | पहिलो नगद पुरस्कारको राशी १० लाख वन रहेको छ |

 त्यस्तै गुल्मी सम्पर्क समिति दोश्रो स्थान  र युनिक भिजन ग्रुपले तेश्रो स्थान हासिल गरेका छन् | दोश्रो हुने गुल्मीले ७ लाख वन र प्रमाणपत्र तथा तेश्रो हुने युनिक भिजन ग्रुपले ४ लाख वन र प्रमाण पत्र प्राप्त गरे ।  बेष्ट प्लेयरको उपाधि पनि कास्कीका  कुशल खेलाडी अनिल घमालले जितेका थिए ।

 यो कप २०७० साल चैत्र २१ गते पोखराको चाउथेमा मोटरसाईकल दुर्घटनामा परेर  निधन भएका भलिवल खेलाडी भुपाल राना मगरको सम्झनामास्थापना गरिएको हो |

१८ टिममध्ये  ए पोलबाट १० टिम मध्ये स्याङ्गजा परिवार र सिनहङ्गसी फ्रेन्ड्स सर्कल,किम्हे स्पोर्ट्स र युनिक भिजन, म्याग्दी समाज र तनहुं सम्पर्क समिति,मेची महाकाली र कास्की परिवार ,एस.एम.टी स्याङ्गजा र बाग्लुङ्ग सम्पर्क समिति प्रतिष्पर्धा गर्दै कास्की परिवार फाईनलमा प्रबेश गरेका थिए |त्यसै गरि बि पोल बाट ८ टिम मध्ये खोटाङ्ग सेवा समाज र नेपाल मगर संघ ए ,नमस्ते पाल्पा र जिटिपिएस डिएसएमइ खजेदो भलिबल टिम, गुल्मी सम्पर्क समिति र सुदुर पश्चिम समाज,पर्बत प्रवाशी समाज र नेपाल मगर संघ बीचको प्रतिष्पर्धाबाट गुल्मी सम्पर्क समिति फाइनलमा प्रबेश गरेका थिए |

कोरियामा नेपाली संस्थाले आयोजना गर्ने भलिबल खेल प्रतियोगिता मध्येमा सबै भन्दा बढि १८ टिमले प्रतिष्पर्धा गरेको खेल बिहानै ९ बजे देखि शुरु गरेर राति १२ बजे सकिएको थियो | गर्मीको बिदा समेत भएकोले सउल देखि निकै टाढा किम्हे र खजेदो बाट समेत भलिबल प्रतियोगितामा प्रतिष्पर्धा गर्न आएका थिए । जसमा किम्हे स्पोर्टस् पहिलो गेमबाट नै बाहिरीन पुग्यो भने जिटिपिएस डिएसएमइ खजेदो भलिबल टिम बि पोलबाट सेमी फाइनल सम्म पुग्यो । गर्मी बिदाकै कारण पनि भलिबल खेलप्रेमी दर्शकहरु समेत सदाको भन्दा निकै बढि करिब १ हजार  जनाले नेपाली खाजा, साथी भाईसंगको भेटभाट सहित मनोरञ्जन लिएका थिए।

सोलस्थित नेपाली दुताबासका श्रम सहचारी अनिल गुरुङको  प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथि  नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन रहेका थिए भने अन्य अतिथिहरुमा जातिय ,क्षेत्रिय संस्थाहरुका प्रमुख हरु रहेका थिए। खेललाई ब्यवस्थित गर्नको लागि चर्चित रेफ्रिहरु अमित राना,गणेश धमाल ,लोकेन्द्र भट्टचन,अर्जन थापा गोकर्ण थापाले संचालन गरेका थिए |

 “खेलकूद तथा रचनात्मक कार्यले ल्याउंछ एकता,हरेक संघ संस्था संग हातेमालो गर्ने हाम्रो प्रतिवद्धता” भन्ने नाराको साथमा भएको औपचारिक कार्यक्रमको अध्यक्ष पुरन रानाको सभापतित्वमा स्व. भुपाल रानाको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो त्यसै गरि मगर संघका बरिष्ठ उपाध्यक्ष खडग थापाले आगन्तुक सम्पुर्ण अतिथि,खेलाडी र दर्शकहरुलाई मन्तब्यले स्वातग गर्दै स्व.भुपाल रानाको योगदानको चर्चा र आगामी सेप्टेम्बर ७ तारिख छुसकको अवसरमा आयोजना गर्न लागेको नेपथ्य लाइभ कन्सर्ट वीथ तेरिया कार्यक्रमको बारेमा जानकारी र सम्पुर्ण महानुभावहरुलाई आमन्त्रण पनि गरेका थिए। कार्यक्रम महासचिब सि.पी थापा मगरले संचालन गरेका थिए।

आइतबारै भलिबल प्रतियोगिता संगै भाग्यशाली चिट्ठाको नतिजा पनि प्रकाशन गरिएकोछ। पहिलो पुरस्कार रु ५० हजार  टिकट नं. ०००२३ का राहिशले प्राप्त गर्न सफल भएका | दोश्रो पुरस्कार रु ३० हजार  टिकट नं. ००१००६ का कृष्ण गिम्पोले त्यसै गरि तेश्रो पुरस्कार रु २० हजार  टिकट नं. ००१०३३ का बिनोद भट्टराईले प्राप्त गरेका छन् भने सान्त्वना पुरस्कार जनही रु १० हजारका  दरले ३ जनाले पाएका छन्। जसमा मनाङ परिवार (००३३५) शुशिल पाल्पा(००१०२९) र बेदना आले एसएमटी(००१०४६) ले प्राप्त गरेका छन् | पुरस्कारको लागि मगर संघ का पदाधिकारी होविर थापा ०१०९१३८८२२५ र शुब्बा राना मगर ०१०४३७५०५९३ लाई यथाशिघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ 

No comments:

Post a Comment