Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, August 27, 2014

तीज कसरी मनाउने?

मञ्जु गुरुङ ,दक्षिण कोरिया l
दक्षिण कोरियामा भरखरै सम्पन्न तीज कार्यक्रममा छमछमी नाचेको दिदीबहिनीहरुको भिडियो हेरेर खुशी भएको मन तुरुन्तै फेसबुकमा दिल्लीमा नेपाली युवती सामुहिक बलात्कारको शिकार भइन् भन्ने समाचार पढ्न पुग्दा अमिलो बन्यो।
विदेशमा काम खोज्न पुगेकी ती युवती कामको लागि अन्तर्वार्ता दिन जाँदा पशुत्वको शिकार बनिन् तर यता अर्को विदेशमा स्वादेशमा झै नाचिरहेका महिलाहरु कति भाग्यमानी जस्तै लाग्यो। महिलाहरुकै पर्व तीजमा देश विदेशका महिलाहरु नाच्दै खुशी मनाइरहेको बेला उता एक महिला भने रोदनमा डुविरहेको छ। कतै खुशी कतै चित्कार। यो कस्तो संयोग। तीजको रमझममा रमाइरहेका महिलाहरुलाई परदेशमा एक नेपाली चेलीको यो चित्कारले कस्तो असर पार्ला ..? मनमा कौतुहल जागिरहयो।

हिन्दू नारीको महान पर्व तीज धार्मिक तथा सांस्कृतिक पर्व हुन्। दिनभर पानीसमेत नखाई पति र परिवारको लागि एक महिलाले आरधाना गर्ने तीजको मुख्य धार्मिक विशेषता हुन्। त्यस्तै समाजमा महिलाले भोग्नु परेको पीडालाई गीत संगीत मार्फत प्रस्तुत गर्न पाउनु अर्को पक्ष हुन्। विशेष गरी हिन्दू नारीहरुले सौभाग्यको प्रतिक रातो पहिरन र गरगहनामा सजिएर आरधाना गर्ने प्रचलन पुरानै हो। यसैलाई पछ्याउदै हाल तीजमा सबै महिलाहरुले रातो पहिरन र गरगहनामा सजिन थालेका छन्। निराहार ब्रत बस्नु पर्ने भएकाले अघिल्लो रातिसम्म विभिन्न मिष्ठान्न भोजन खाने चलन नै दरको रुपमा परिचित हो। त्यसैले तीज भन्नासाथ दर खाने, रातो पहिरन र गहनमा सजिने र नाचगान भन्ने पहिचान नै बनेको छ अहिले।

महिना अघिदेखि नै तीजकै बहानामा विभिन्न संस्थाले कार्यक्रम गरिदै आएकोले यो पर्व अहिले पारिवारिक भन्दा पनि संस्थागत बन्न पुगेको छ। सामाजिक होस कि राजनीतिक हरेक संस्थाको वार्षिक कार्यक्रममध्ये तीज पनि एक पर्न थालेको छ आजकल। त्यस्तै गीत संगीतमा पनि यसको लय लोकप्रिय बन्दै गएको छ। यसमा महिलाको समस्यालाई शब्दमा उनेर हालिने भाकाले दिनप्रति दिन लोकप्रियताको शिखर चुम्न थालेपछि संगीतिक भूमि पनि फष्टाएको छ।

संगीतकर्मीहरु पनि मौलाएका छन्। त्यसैले पनि एक धार्मिक समुदायको यो पर्वलाई राष्ट्रव्यापि बनाउन मद्यत पुगेको छ। गैरहिन्दू नारीहरु पनि यसको धार्मिक पक्षलाई नमाने पनि अन्य पक्षसंग मोहित हुदै तीजको समारोहमा सहभागि हुदै आएका छन्।

पछिल्लो समय तीजमा महंगो र आकर्षक डिजाइनको साडी अनि बहुमूल्य गहाना प्रर्दनीमा महिलाहरुको होडबाजी नै चल्दै आएको छ। नजानिदो प्रतिस्पर्धा नै बन्दै आएको छ। नयाँ पुस्ताका युवतीहरु यसमा भड्किलो रुपमा समेत प्रस्तुत हुन थालेका छन्। गीत संगीतमा पनि विकृति देखिन थालेका छन्। जसलाई नियन्त्रण गर्नु सबैको कर्तव्य बन्दै आएको छ।

विदेशमा त झन नेपाली संस्कृतिको पहिचान नै बन्ने गरेको छ तीज। हुन त विदेशमा यसको धार्मिक पक्षलाई अनुसरण गर्न सहज छैन। त्यसैले पनि यस्तैमा आफूलाई सहभागि गराउनु नै ठूलो उपलब्धी ठान्छन् महिलाहरु। वर्षमा एक दिन सधैको भन्दा फरक पहिरन साडी र गहनामा सजिनु, धेरै महिलाहरुसंग भेटघाट हुनु अनि नाच्न पाउनु नै मुख्य उपलब्धी हुन पुगेको छ तीज। सयम अभावका कारण धेरै संख्यामा भेला हुन नसक्ने महिलाहरु यस दिन भने समय मिलाएर भए पनि सहभागि हुन आइपुग्छन्। त्यसैले पनि संस्थागतरुपमा मनाउने तीज पर्वलाई अब सिर्जनशिल बनाउन आवश्यक छ।

यो पर्वमा कपडा र गहना प्रदर्शन मात्रै हैन महिलामा अन्तर निहित प्रतिभालाई उजागर गर्ने अवसरको रुपमा पनि मनाउन पाए प्रतिस्पर्धात्मक कार्यक्रम गरी महिलाको बौद्धिक तथा कलात्मक प्रतिभालाई बढाउन यो पर्व एक सही मौका बन्न सके। ठाउँ र समय अनुसार महिलाले भोग्ने पीडा फरक होलान त्यसलाई संगीत लगायत विभिन्न माध्यमबाट प्रस्तुत गर्न सके। राष्ट्रव्यापी बन्दै गएको यो पर्वलाई अब समय र स्थान अनुसार नयाँ आयम थप्दै जानुसक्नु पनि उत्सवको सार्थकता हुन्थ्यौ कि?

No comments:

Post a Comment