नमस्ते नेपाल कोरिया संवाददाता
नेपाली विधार्थी समाज, दक्षिण कोरिया (सोनसिक) को आयोजनामा दक्षिण कोरियाको देगु शहरको योंगनाम युनिभर्सिटीमा “सोनसिक बिसयागत प्रस्तुत अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ l
नेपालीहरुको उल्लेख्य उपस्थितीमा आईतबार कोरियाबाट नेपालीहरुले लिन सक्ने लाभ, शीप, ज्ञान र नेपालमा त्यसको अधिक्तम सदुपयोग विषयक अन्तरक्रिया भएको हो ।दक्षिण कोरियामा कार्यस्थलको समस्या,मालिकबाट,संगैं काम गर्नेबाट तथा भाषाको कारण उत्पन्न तनाव, मानसिक, शारिरिक समस्याहरुको बारेमा सहभागिहरुले आफ्नो विचार राखेका थिए ।
३ सत्रमा बिवजित कार्यक्रम क्रमस तनाब ब्यबस्थापन, कोरियामा नेपालीका लागि चुनौती अनि अवसर तथा नेपालको लागि सहयोगी हातहरु सिर्सकमा सम्पन्न वयेको थियो। संस्कृतिक कार्यक्रम सहित सम्पन्न सो कार्यक्राममा स्थानीय नेपाली कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए। शिव बी क को मेरो प्यारो नेपाल गीतले माहोललाई तताएको थियो वने गणेश थापाको भन्छ पाली पाली भन्ने गीत मर्मस्पर्शी थियो।
कोरियामा नेपाली समस्या तथा आत्महत्याका कारणबारे डा.देवि बस्नेतले एक रिपोर्ट प्रस्तुत गर्दै स्वास्थ्य समस्या र समाधानको उपायबारे प्रकाश पारेका थिए।
कोरियामा सुवनमा कार्यरत विनोद सुवेदीले “स्वरोजगारको लागि लगानी आत्मनिर्भरताको लागि तयारी ” विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । दक्षिण कोरियामा कार्यरत नेपाली डाक्टर राजेश चन्द्र जोशीले कोरियामा रहेका नेपालीहरुलाई स्वास्थ्यको अवस्थालाई मध्यनगर गरी देगुमा उपचार सुविधा दिन लागेको जानरकारी दिएका थिए।
देगुमा कार्यरत नेपाली डाक्टर राजेशचन्द्र जोशी लगायत कोरियन डाक्टरहरुको समुहले यस्तो सुविधा दिन लागेका हो । कोरियाको देगुमा रहेका नेपालीहरुलाई महिनाको अन्तिम आईतबार तथा कोरियाभरी रहेका नेपालीहरुलाई ईन्टरनेट मार्फत कन्सलटेन्सी सुविधा उपलब्ध गराउने तयारी समेत भएको जोशीले बताए ।
सो कार्यक्रममा नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङ,डा. राजेश चन्द जोशी सहित कोरियन डाक्टरहरु,सामसुङ ईलोक्ट्रोनिक्सका व्यवस्थापक रविन्द्र सुवेदी,पाश्चर यज्ञराज सुवेदी, नवराज पन्त, धर्मराज केसी लगायत सम्बन्धित क्षेत्रका विज्ञहरुले आफना विचार प्रस्तुत गरेका थिए ।
सोनसिकका अध्यक्ष तारामान कडायतको अध्यक्षतामा भएको सो कार्यक्रममा देगु,बुसान,सउल,थेजन, उल्सान, उल्जिन, ग्यँजान, लगायत क्षेत्रका १५० बढि नेपालीहरुको उपस्थिती रहेको आयोजकले जानकारी दिएको छ ।
No comments:
Post a Comment