खेम कार्की, दक्षिण कोरिया ।
दक्षिण कोरियाको मुजुमा भएको आठौं “विश्व तेक्वान्दो एक्पो २०१४”मा नेपालले ३ स्वर्ण ,५ रजत र ३ कास्य सहित ११ पदक जितेको छ । एक्पोमा सोमबार सम्पन्न तेक्वान्दो च्याम्पियनशिपमा बालिकाहरु बसन्ती बोहरा र मिस्मा कुमारी छन्त्याल तथा टिम कोच अशोक खड्काले स्वर्ण पदक पाउन सफल भएका हुन । फाईनलमा बसन्ती बोहराले भारतलाई,अशोक खडकाले चाईनालाई र मिस्मा कुमारी छन्त्यालले सउदी अरबलाई पराजीत गरेका हुन ।
(विश्व तेक्वान्दो च्यापियनशिपमा स्वर्ण पदक विजेता अशोक खडका विचमा )
रजत विजेताहरुमा पुम्सेतर्फ तेज बहादुर बुढाथोकी, सहदीप सापकोटा खत्री, ईश्वरी थापा, ग्यारोगीतर्फ तेज बहादुर बुढाथोकी र शिशिर लिम्बु,रहेका छन । खेलमा कास्यपदक पाउनेमा पुम्सेतर्फ शिशिर लिम्बु , विशाल गुरुङ तथा ग्यारोगीमा अशोक खडका रहेका छन ।
नेपाली खेलाडीले पुम्से र ग्यारोगी दुई विधामा प्रतिस्पर्धा गरेका थिए । जसमा पुम्से विधामा ३ वटा स्वर्ण, ३ रजत २ कास्य यसैगरी ग्यारोगीमा २ रजत र १ कास्य प्राप्त गरेका हुन ।
(स्वर्ण पदक विजेता मिस्मा कुमारी छन्त्याल )
खडकाको नेतृत्वमा रक्षा नेपालमा आश्रित हिंसा पिडित ७ बालबालिका एक्पोमा सहभागि थिए । नेपाली खेल ईतिहासमा पहिलो पटक यौंनजन्य हिंसा पिडितले सहभागिता जनाएको हो । जुलाई २ देखि ७ सम्मको एक्पोमा २५ देशका खेलाडीहरु सहभागि रहेका छन । जसमा नेपाल, ईन्डिया, जापान,चाईना,थाईल्याण्ड,कजकिस्थान,फिलिफिन,साउदी रविया,मलेसिया,पाकिस्तान,हङकङ,मकाउ,रसिया,बेलायत,अमेरिका,क्यानडा,ब्राजिल,फ्रान्स,बेल्जियम,अल्जेरिया,आईभरीकोष्ट,अष्टेलिया,फिन्ल्यान्ड,कोरिया,छन ।
स्वर्ण पदक विजेता बसन्ती बोहरा
ेविश्व तेक्वान्दो एक्पोमा पुम्से सेमिनार, ग्यारोगी सेमिनार ,सेल्फ डिफेन्स सेमिनार , तेक्वान्दो सेमिनार भएको टिम प्रशिक्षक अशोक खडकाले नागरीकलाई बताए । मंगलबारको कार्यक्रम जिन्जु हानोक भिलेजको भ्रमण गर्ने रहेको पनि उनले जानकारी दिए ।
तेक्वान्दोको प्रतिस्पर्धा उमेर समुहको आधारमा गरार्ईएको हो । बालबालिकाको खेलले आफू खुसी भएको भन्दै प्रशिक्षक खडकाले एसियन तथा ओलम्पिक खेलमा पदक दिलाउनु अबको लक्ष्य रहेको बताए ।
खेलाडीहरु खेलमा भाग लिन विहिबार कोरिया आइपुगेका थिए । उनीहरुलाई नेपालमा एक कार्यक्रम विच सभासद तिर्थ लामा,राष्टि≪य खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले बधाई तथा शुभकामना दिदैं विदाई गरेको रक्षा नेपाल संस्थाकी अध्यक्ष मेनुका थापाले बताएकी छिन ।
खेलाडीहरुलाई आउन जान बसोबासको लागि १३ लाख मधये ६ लाख ८३ हजार ५ सय ४९ रुपैंया ईजरायल, कोरिया , हङकङ, बेलायत, अफगानिस्तान,जापानमा बसोबास गर्ने नेपालीले सहयोग प्राप्त भएको पनि थापाले बताइन ।
यस अघिको तेक्वान्दो च्याम्पियनशिपमा नेपालको तर्फबाट ४ जना सहभागी मध्ये अनिश महर्जनले कास्य पदक जितेका थिए ।
देशलाई पदक जिताउने खेलाडीहरुको सम्मानमा जुलाई १३ तारिख नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले सम्मान कार्यक्रम राखेको छ ।
No comments:
Post a Comment