यम श्रीस मगर ,दक्षिण कोरिया
बिकास, अनुशासन र गतिशिलता भन्ने मुल नारा सहित बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाले आयोजना गरेको चौंथो बाग्लुङ्ग भलिबल टुर्नामेन्ट २०१४ माङ्गवल्सामा रहेको सिनहोङ्ग युनिभर्सिटीमा यहि जुलाई ६ तारिख भब्यताका साथ सम्पन्न भएकोछ।
दक्षिण कोरियामा क्रियाशिल बिभिन्न संघ संस्थाका १५ वटा भलिबल टिमले सहभागिता जनाईएको प्रतियोगितामा कास्की परिवार गणतन्त्र कोरियाले गुल्मी सम्पर्क समिति गणतन्त्र कोरियालाई सोझो २ सेटमा कडा प्रतिष्पर्धाको बावजुद पराजित गर्दै चौंथो बाग्लुङ्ग भलिबल टुर्नामेन्टको उपाधी जित्न सफल भएको हो।कोरियाली भुमीमा कार्यरत नेपाली संघ संस्थाहरुको पदाधिकारी तथा नेपाली समुदायको बाग्लो उपस्थिति रहेको प्रतियोगितामा दक्षिण कोरियाका लागि नेपाली महामहिम राजदुत श्री कमानसिंह लामाको प्रमुख आतिथ्यमा नेपाली सम्पर्क समिति गणतन्त्र कोरियाको अध्यक्ष श्री लोचन राई,एनआरएन कोरियाको अध्यक्ष श्री बिनोद कुंवर ,नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष श्री भक्त शेरचन,नेपाल पत्रकार महासंघ का कोरिया शाखाका अध्यक्ष अशोक मैनाली, नेपाली जनअधिकार मञ्चका अध्यक्ष श्री दिपक पुन,नेपाली जन सम्पर्क समितिका अध्यक्ष नवराज शिवाकोटि, नेपाल बौद्ध परिवारका अध्यक्ष श्री ईश्वर गुरुङ्ग लगायत अन्य जातिय क्षेत्रिय संघ संस्थाहरुको बिशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व समितिको अध्यक्ष तारा के.सी ले गरेका थिए।
प्रतियोगिताको ए पोल बाट पर्बत प्रवाशी समाज र युनिक भिजन ग्रुप, शुदूर पश्चिम समाज र स्याङ्गजा परिवार, बाग्लुङ्ग स्पोट्र्स र गुल्मी सम्पर्क समिति त्यसै गरि नेपाल मगर संघ र चितवन सम्पर्क समितिले प्रतिष्पर्धा गरेका थिए।त्यसै गरि दोश्रो पोल बि बाट सिहङ्ग सि फ्रेन्ड्स सर्कल र खोटाङ सेवा समाज,म्याग्दी समाज समिति र बाग्लुङ्ग सम्पर्क समिति , तनहु“ सम्पर्क समिति र कास्की परिवार साथै स्याङ्गजा एस.एम. टि ले बाई का साथ प्रतिष्पर्धा गरेका थिए। अन्तिम ४ टिममा ए पोलबाट युनिक भिजन ग्रुप र गुल्मी सम्पर्क समिति को प्रतिष्पर्धामा गुल्मी सम्पर्क समिति फाइनलमा प्रबेश गरेको थियो भने बि पोल बाट कास्की परिवार र बाग्लुङ्ग सम्पर्क समिति को प्रतिष्पर्धाबाट कास्की परिवार फाईनलमा प्रबेश गरेको थियो। समय अभावका कारण गोला प्रथा बाट युनिक भिजन ग्रुप र बाग्लुङ्ग सम्पर्क समिति मध्ये बाट युनिक भिजन ग्रुपले तेश्रो स्थान हात पार्न सफल भएको थियो।
तेश्रो स्थान प्राप्त गर्ने युनिक भिजन ग्रुपले नगद ४००००० वन पुरस्कार प्राप्त गरेको थियो।त्यसै गरि दोश्रो स्थान प्राप्त गरेको गुल्मी सम्पर्क समितिले नगद ७००००० वन पुरस्कार प्राप्त गर्यो भने प्रथम स्थान प्राप्त गरेको कास्की परिवारले नगद १०००००० वन र कप पुरस्कार स्वरुप प्राप्त गरेका थिए। बेष्ट प्येलरको उपाधी भने कास्की परिवारका खेलाडी नबिन पुन मगरले नगद ५०००० वन र कप सहित हात पारेका थिए।
बाग्लुङ्ग सम्पर्क समितिको खेलकुद संयोजक श्री छानु चन्दको संयोजकत्वमा कोरियामा रहेका भलिबल रेफ्रिहरु मध्ये बिवादरहित खेल खेलाउन सक्ने कुशल चर्चित राष्ट्रिय भलिबल रेफ्रि अमित राना मगरको नेतृत्वमा अन्य रेफ्रिहरु भगवान छन्त्याल,अर्जुन थापा,लोकेन्द्र भट्टचन, चिनु छन्त्याल ,खडग थापा, राम कार्की,प्रेम थापा,चन्द्र थापा,प्रकाश चन्द आदिले खेल संचालन गरेका थिए। भलिबल खेललाई ब्यवस्थित गर्नको लागि ५ सदस्यीय निणायक मण्डलमा संयोजक मुक्ति के.सी,छानु चन्द, होविर थापा,क्षेत्र गुरुङ्ग र तुल ब. पुर्जा रहेका थिए।
भलिबल प्रतियोगिताको साथमा समाजसेवा र संस्थागत बिकासको लागी भाग्यशाली चिठ्ठाको पनि आयोजना गरिएको थियो।सोही दिन चिठ्ठाको नतिजा पनि प्रकाशन गरिएको थियो।जसमा सान्त्वना पुरस्कार सोलार लाईट ५ जनाले प्राप्त गर्न सफल भएका थिए र प्राप्त गर्ने चिठ्ठा नं. ६५२ दोरन पुन बाग्लुङ्ग,३६५ सरु गुरुङ्ग पोखरा,००३ मुक्त के.सी म्याग्दी,००१७ प्रकाश पाण्डे पर्बत र ३२५ का विवेक क्षेत्री रहेका थिए। तेश्रो पुरस्कार प्राप्त गर्ने चिठ्ठा नं.००३५५का घन श्याम अर्याल स्याङ्गजाले ३००००० वन प्राप्त गर्न सफल भएका छन्।त्यसै गरि दोश्रो पुरस्कार चिठ्ठा नं. १०५८ को सालान तामाङ्ग सिन्धुपाल्चोक ले नगद ५००००० वन प्राप्त गर्न सफल भएका छन् भने प्रथम पुरस्कार चिठ्ठा नं.०१२० श्याम थापा आन्सानले नगद ८००००० वन प्राप्त गर्न सफल भएका छन। पुरस्कार प्राप्त गर्न बाकी रहेका महानुभावहरुले १५ दिन भित्र समितिका पदाधिकारी संग अर्धकट्टी रसिद सहित ०१०२३३७६१९९ अध्यक्ष तारा के.सी र सदस्य रामप्रशाद शर्मा ०१०२७५४८८११ मा सम्पर्क गर्न पनि अनुरोध गरिएकोछ।
प्रतियोगितामा नेपाली खाजा सेल रोटी अचार, भुटन ,जुस लगायतका परिकारहरुको पनि ब्यवस्था गरिएको थियो। बिभिन्न क्षेत्रबाट आएका साथीहरु संगको भेटघाटमा भलिबल खेलको मनोरन्जन र नेपाली खानाको अनुपन मिलनले लामो समय सम्म कामले थकित ज्यानले आराम पनि पाएको आभास पाहिन्थ्यो। प्रतियोगितालाई सफल बनाउन बिभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पुर्ण महानुभाबहरुलाई बाग्लुङ्ग सम्पर्क समितिको तर्फबाट बिशेष धन्यबाद प्रदान गरिएकोछ।
No comments:
Post a Comment