सि.पी.मगर-सउल कोरिया
नेपाल मगर संघ दक्षिण कोरियाले आगामी चुसक सेप्टेम्बर ७ मा आयोजना गर्न गइरहेको "नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया"कार्यक्रमको प्रारम्भिक ब्यानर प्रदर्शनी गरेको छ।गत आइतवार बाग्लुङ सम्पर्क समिति द्वारा आयोजित बाग्लुङ कप भलिबल प्रतियोगिता खेल मैदानमा गरिएको सो ब्यानर प्रदर्शनी कार्यक्रममा संघका संरक्षक, सल्लाहकार, पदाधिकारी, बाग्लुङ सम्पर्क समितिका पदाधिकारीहरु लगायत नेपाली महानुभावहरुको बाक्लो उपस्थिति थियो।ब्यानरलाइ हातमा लिएर सहभागी दर्शक दीर्घामा परिक्रमा गरी भित्तामा झुण्डाईएको थियो।
प्रदर्शनी कार्यक्रमलाई बाग्लुङ सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष तथा नेपाल जनजाति महासंघका महासचिव याम श्रीस मगरले स्वागत तथा कार्यक्रमको परिचय दिनुभएको थियो भने मगर संघका अध्यक्ष पुरन राना मगरले आगामी अगस्त ३ तारिकमा हुन गइरहेको भुपाल स्मृति कप भलिबल प्रतियोगिता र नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया कार्यक्रम बारे प्रकाश पार्दै सम्पूर्ण नेपाली जन समुदायलाई भब्यताका साथ सफल पार्न सहयोगको अपिल गर्नुभएको थियो।सो प्रदर्शनीलाइ मञ्चमा आसिन महामहिम राजदुत लगायत सम्पूर्ण अतिथिहरुले ताली बजाएर स्वागत गर्नुभएको थियो।

No comments:
Post a Comment