काठमाडौं
सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष बिकेयुन सामसुङका अन्य अधिकारीहरुका साथ विहीबार नेपाल आइपुगेका छन् । भ्रमणका क्रममा उनीहरुले नेपालमा सामसुङको बजार विकासको अवसरहरुका बारेमा आंकलन गर्ने जनाइएको छ ।
सामसुङको भविष्यको बजार विकास र बढ्दो अवसर बुभ्mन बिकेयुन नेपाल आएका हुन् । सामसुङ ‘फ्ल्याट प्यानल टिभी’, ‘स्मार्टफोन÷मेमोरी चिप्स’मा विश्वकै सबैभन्दा प्रतिष्ठित कम्पनी रहेको दाबी गरिएको छ । ‘फ्ल्याट प्यानल टिभी सेट’मा संसारभरि सामसुङको ३१ प्रतिशत बजार हिस्सा रहेको जनाइएको छ । यो नेपालमा पनि नं १ कन्ज्युमर इलेक्ट्रोनिक कम्पनी मानिन्छ ।
नेपाल र सार्कका अन्य राष्ट्रहरु सामसुङका लागि बढ्दो अवसर रहेको सामसुङको भनाइ छ । भ्रमणका क्रममा उनले विहीबार दरबारमार्गको भर्खरै नवीकरण गरिएको ‘एक्सक्लुसिभ सामसुङ प्लाजा’को उद्घाटन गरे ।
यसै अवसरमा उनले सामसुङ ‘कर्भ युएचडी’ र ‘एलइडी टिभी’ हरुको पनि बजार प्रवेश गराउनुभयो । गोल्छा अर्गनाइजेसन अन्तर्गतको ‘हिम इलेक्ट्रोनिक्स’ले नेपालमा आफ्ना ७ ब्रान्डेड आउटलेट र १९० डिलरहरुका माध्यमबाट सामसुङका उत्पादनहरुको प्रबर्धन गर्दै आएको जनाइएको छ ।

No comments:
Post a Comment