Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, July 24, 2014

कास्की र डँडेलधुराबाट पनि कोरियन भाषा परीक्षा आवेदन दिन सकिने

काठमाडौं : 
सरकारले कोरियन भाषा परीक्षाको आवेदन सुदूरपश्‍चिमको डँडेलधुरा र पश्‍चिमाञ्‍चलको कास्की जिल्लाबाट पनि दिन सकिने व्यवस्था गरेको छ। सुदूरपश्‍चिमबाट फारम भर्नका लागि राजधानीसम्म आउन गाह्रो भएको गुनासो बढेपछि त्यहाँबाट समेत आवेदन दिन सकिने व्यवस्था गरिएको हो। यसअघि सुदूरपश्‍चिमका सर्वसाधारण आवेदन फारम बुझाउनका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता थियो।

डँडेलधुरा र कास्की थपिएपछि राजधानीबाहिरबाट आवेदन दिन पाउने स्थान चार पुगेको छ। गत वर्ष राजधानीबाहिर धरान, बुटवलबाट पनि आवेदन दिने व्यवस्था गरिएको थियो। यी स्थानलाई यसपटक पनि कायम गरिएको छ। राजधानीबाट भने ल्याबरोटरी स्कुल, एक्मी इन्जिनियरिङ कलेज र च्यासलस्थित फुटवल खेल मैदानबाट दरखास्त संकलन गरिने भएको छ। कोरियन भाषा परीक्षामा सामेल हुनका लागि यही साउन २८ देखि ३१ गतेसम्म आवेदन फारम बुझाउने मिति तोकिएको छ।

यसपटक ६० हजारदेखि ७० हजारजनासम्मले भाषा परीक्षाका आवेदन दिने रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको अनुमान छ। गत वर्ष ४७ हजारजनाले आवेदन दिएका थिए। त्यस्तै, २०११ मा ५० हजारजनाले आवेदन फारम भरेका ईपीएस शाखाले जानकारी दिएको छ। दक्षिण कोरियाले नेपाली कामदारलाई उच्च प्राथमिकता दिएकाले आवेदन दिनेको संख्या बढ्न सक्ने अनुमान ईपीएस शाखाको छ।

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले आवेदन फारम भर्नेको संख्या बढ्ने अनुमानसहित राजधानीबाहिरबाट समेत फारम बुझाउन सकिने व्यवस्था गरिएको जानकारी दिए। डँडेलधुराबाट समेत आवेदन दिन सक्ने व्यवस्था भएपछि सुदूरपश्चिमवासीलाई निकै सजिलो हुने उनले बताए। विगतमा देशका दुर्गम क्षेत्रका आवेदक फारम बुझाउन र त्यसको केही समयपछि पुन: परीक्षा दिन राजधानीसम्म धाउनुपर्ने भएकाले लागत खर्च धेरै लाग्ने गुनासो आउने गरेको थियो। फारम राजधानीबाहिरबाट भर्न मिल्ने व्यवस्था गरिए पनि परीक्षा दिन भने यसपटक पनि मुलुकभरका परीक्षार्थी राजधानी नै आउनुपर्नेछ।

परीक्षाको अनुगमन गर्न कोरियाका मानव संसाधन विभागका पदाधिकारीसमेत आउने र व्यवस्थापन गर्नसमेत कठिन हुने भएकाले राजधानीबाहिरबाट सञ्चालन गर्न नसकिएको ईपीएस शाखाले जनाएको छ। आगामी वर्षदेखि अनलाइनमाध्यमबाट परीक्षा दिने व्यवस्था मिलाइने भएकाले राजधानीसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने दाबी ईपीएसका अधिकारीको छ।

दक्षिण कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो। यहाँ ईपीएसअन्तर्गत सरकारी तबरबाट मात्र कामदार जान पाउने व्यवस्था छ। म्यानपावर कम्पनीले कामदार पठाउन पाउँदैनन्। मासिक एक लाख हाराहारीमा कमाउन सकिने भएकाले कोरिया काम गर्न जान चाहने युवाको संख्या बढ्दो छ। हाल कोरियामा करिब २२ हजार नेपालीले काम गरिरहेका छन्। दक्षिण कोरिया काम गर्न जान कोरियन भाषा परीक्षा पास गर्नैपर्ने नियम छ। भाषा परीक्षा पास गरेकाको नाम रोस्टरमा समावेश गरिन्छ। रोस्टरमा रहेका नामको आधारमा रोजगारदाताले आफ्नो आवश्यकताअनुसार कामदार माग्ने गर्छन्। 

कोरियन भाषा परीक्षामा सामेल हुन यही साउन २८ देखि ३१ गतेसम्म आवेदन फारम बुझाउने मिति तोकिएको छ।

No comments:

Post a Comment