Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, July 17, 2014

कोरियामा थेजिकमको नया नियम खारेजीको लागि बृहत जुलुश हुने

रमेश खावाजु ,दक्षिण कोरिया 
 दक्षिण कोरियाको  राजधानी सउलमा आउदो जुलाई २७ तारिकका दिन  मजदुरहरुको हक अधिकारको लागि संघर्ष गर्दै आइरहेका एमटियू(प्रवासी मजदुर संघ ) र केसिटियु(कोरियन प्रजातान्त्रिक मजदुर महासंघ) ले  संयुक्त आयोजनामा बृहत जुलुशको कार्यक्रम गर्ने भएको छ l
सउलको छोङगाक स्थित फोसिन्गाकमा २७ तारिक आइतबारको दिन दिउसो २ बजे  र्याली  शुरु हुनेछ l नेपाल ,फिलिपिन्स ,बंगलादेश ,भियतनाम लगायत विभिन्न देशका मजदुरहरु सहभागी हुने सो र्याली उलजिरो पुगेर सम्पन्न हुनेछ l रयालिमा   इपिएसको मजदुरहरुको थेजिकगुम सम्बन्धि नया नियमको खारेजी, प्रवासी मजदुरहरुको हक अधिकारको सुनिश्चित, स्वतन्त्ररुपमा कम्पनी परिबर्तन गर्न पाउनु पर्ने, प्रवासी मजदुर प्रति गरिने भेदभाबको अन्त्य हनु पर्ने, लगायत  अन्य बिभिन्न मागहरु  राख्ने एमटियू कार्यबाहक अध्यक्ष उदय राइले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l का.अध्यक्ष राईले बिदेशी मजदुरहरुको लागि बनाएको असमान नियमको बिरुद्धमा आउदो २७ तारिकमा हुन् लागेको रयालिमा सहभागी भइदिनु हुन् विभिन्न  संघसस्थाको प्रतिनिधिहरु लगायत कोरियाबासी नेपाली  दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्नुभएको छ l
स्थान : फोसिन्गाक सउल ट््रेन लाइन नं १ छोङ्गाक स्टेसन गेट न ४ ।
समय : दिनको २ बजे ।
सम्पर्क : उदय राई ०१०–५६७५–२०११ ,
सर्दिप श्रेष्ठ ०१०–८०७९–१०२ने 

No comments:

Post a Comment