Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, March 8, 2014

"नारी"

कल्पना राई"ख़ुशी" -सउल, दक्षिण कोरिया |
खुट्टा भएर पनि हिड्न अरुले जोड़ दिनु पर्छ भने त्याहा आत्मबल र आत्म बिश्वासको कमी छ भन्ने बुझ्नु पर्छl जब सम्म आफुले आफैलाई चिनेर आफ्नो सोच,बिचार,कर्म,शिद्धान्त आफ्नै ब्यवहारमा लागू गरिदैन भने पहिचान र अधिकार खोज्नुको के अर्थ?नारी अधिकारको नारा लाएर मात्र नारी स्वतन्त्रता र नारीले पहिचान पाउने होईन l अरुले अधिकार आफ्नो हातमा राखी दिएर पाउने कुरा पनि होईन l समाजमा नारी अधिकार,नारी स्वतन्त्रता,नारी पहिचान,……जस्ता मूल नारा लिएर हिड्ने नारीहरु पनि त्यो आवाज उठाउन सानो कष्ट र दुःखले पक्कै त्यो ठाँउमा आएका होइननl धेरै त्याग बलिदान र संघर्सको परिणाम आज उहाँहरु आफ्नो पहिचान बनाउन सफल हुनु भएको छ भने हामीहरु जस्तो शिक्षित तर आत्मबल र आत्म बिश्वास कम भएका महिला दीदी बहिनीहरुलाई हामी कमजोर छैनौ हामीलाई कमजोर देख्ने समाजको नजर र मानसिकता कमजोर हो भन्ने अभिब्यक्ति दिए ता पनि हामी किन पछि का पछि छौ? सोचनीय छl

कारण हामीले हामीलाई चिन्ने प्रयास नै कहिल्यै गरेनौ,जन्मिए देखि टोल,समाज र परिवारले जति सिकायो जति बुझायो त्यो भन्दा बढ़ी बुझ्ने र जान्ने कोसिस कहिल्यै गरेनौlछोरी ठुली भए पछि बिवाह गरी अर्काको घर जाने जात भनेर अप्रत्यक्ष हेला र मानसिकतामा बालापन बिताउछौ lअनि बिवाह गरि लोग्नेको घर,परिवार र उनीहरुको खुशीको ख्याल गर्दा गर्दै जीवन समाप्त गर्छौ l सोच्ने गर्छु कस्तो जिन्दगी हो यो नारीको?हजार जुनी पछिको एक जुनी जन्मेर दुःख,पीड़ा,यातनालाई नजिक बाट नियाली सृष्टिको नियम भन्दै फेरी छोरा भए बंशको कुल चलाउने र छोरी भए आफै जस्तो एक निरीह सन्तान यो धर्तिमा छोडेर बीदा हुनु पर्ने lके यति हो हामी नारीको जीवन र जन्मनुको बास्तबिक अर्थ?

अह! तर म मान्न तयार छैन यति संकुचित र लाचार जीवन बाँच्न,………हिजो मेरो बाल मनोबिज्ञानमा असर पर्ने गरि मेरो बालापन जसरी बित्यो त्यसै गरि आज आफ्नो सोच,बिचार,लक्ष्य र गर्नु पर्ने मानबिय कर्तब्यलाई संकुचित समाज अगाडी थैलोको तुना सरि खुमच्याएर मर्न बिवस पार्ने छैनl जति सक्छु त्यति गरेरै छाड्छु समाज र देश परिवर्तनको लागी र मै जस्तो हरेक महिलालाई आफु पर्दा पछाडि होईन अगाडी स्टेजमा आएर आफ्नो मन्तब्य र कला प्रदर्शन गर्न उत्प्रेरित गर्नेछुl किन की हरेक मान्छे भित्र एउटा कला,एउटा गुण बिराजमान हुन्छ,उ मान्छे हुनुको सार्थकता दर्साउनको निम्ती तर सबै कुन्ठित छन तुच्छ मनका ब्यक्तिहरु माँझ तर अबका दिनहरू त्यस्तो नहोस भन्नका लागी सर्वप्रथम नारी हामी आफै जागरूक हुनु पर्छ मेरो मान्यता होl म धेरै सानो हुँदा एउटा हरफ एउटा नगरपालिका को भित्तामा पढेकी थिएँ जुन आज पनि मेरो मानसपटलमा ताजा छ"नारीको कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छे"त्यो बेला यो हरफ़ले के भन्न खोजेको र यो कस्तो जीवन दर्शन हो भन्ने बुझ्न सकेकी थिइन तर आज यसको गहन भाब र फराकिलो अर्थले नारीलाई चिन्ने अवसर पाएँ र हरेक म जस्तै नारीले आफुलाई चिन्ने प्रयत्न गर्नु हुनेछ,बिश्वस्त छुl

ठुला ठुला प्रतिष्ठित ब्यक्तिहरु द्वारा नारी अधिकारको कुरा गर्दै आफ्नै छत्र छाँयामा रहेका नारी प्रति दुर्ब्यवहार गर्नेको पनि कमी छैन हाम्रो समाजमा,तर अब त्यस्तो नहोस,हामीले आफैले आफैलाई प्रण गरौlएउटा नारीलाई हामी हरेक ब्यक्तिले सम्मान,इज्जत,शिक्षा र आत्म बिश्वास मात्र दिन सक्यो भने एउटा समृद्ध समाजको निर्माण हुन्छ त्यही समाजमा रहेर आफ्नो पहिचान र सींगो राष्ट्रको गौरब गाथाको इतिहास रच्न सक्ने सामर्थ्य नारीमा छ जसको निमित नारी मन र स्वाभिमान प्रति हेक्का राख्न प्रत्येक नागरिकले जरुरी देख्छु lहो,नारी तिमी यस्तो शक्ति हौ जसको ममतामा संसार फक्रीन्छ भने क्रोधमा संसारको बिनास हुन्छ तसर्थ आफ्नो शक्ति र सामर्थ्यको सही समय,सही ठाँउमा उपयोग गर्नु जस्ले सींगो जीवन र जगतलाई प्रेरणाको मूल स्रोत मान्न सकोस l

"सम्पूर्ण दीदी बहिनीहरुमा नारी दिवसको शुभ कामना "

कल्पना राई"ख़ुशी"
दोलखा नेपाल
हाल:-दक्षिण कोरिया

No comments:

Post a Comment