यम श्रीस मगर, दक्षिण कोरिया
कोरियामा नेपाल हाउसको लागि १० करोड वन संकलन अभियान शुरु गरेको छ l
बैदेशिक रोजगार ,ब्यापार,अध्ययन,बैवाहिक सम्बन्ध लगायत बिबिध कामको लागि दक्षिण कोरियामा नेपालीहरुको प्रबेश सन १९८० को दशकदेखि शुरु भएको पाइन्छ ।सन २००७ मा नेपाल सरकार र कोरिया सरकार बीचमा ई.पि.एस सम्झौता भए पश्चात नेपालीको संख्या ह्वात्तै बढेर झण्डै २६००० जनाको हाराहारीमा रहेको अनुमान गरिएकोछ।यसै बीचमा नेपाली समुदायले बिभिन्न उद्देश्य राखेर बिभिन्न किसिमका संस्थाहरु स्थापना गरेर संचालन गर्दै आइरहेका छन्।बिभिन्न राजनितिक पार्टीका भातृ संगठन,नेपाली सम्पर्क समिति,एन.आर.एन कोरिया,जातिय संस्था,जील्लागत क्षेत्रिय संस्था,धार्मिक संस्था,बिधार्थी र पत्रकारहरुको संस्था,नेपाल आदिवासी जनजाति महासंघ,महिलाको संस्था लगायतका झण्डै ५०।६० वटा संस्था क्रियाशिल रहदै आएकाछन्।
एन.आर.एन कोरियाले नेपाल टाउन भनेर चिनीने स्थान सउलको दोङ्गदेमुनमा सन् २००९ देखि नेपाल हाउस स्थापना गरेर संचालन गर्दै आईरहेको थियो । सन २०१२ देखी हालसम्म केहि बृहत उद्देश्य राखेर दोङ्गदेमुन नजिकै वन्नामदोङ्ग सागरीमा संचालन गर्दै आइरहेको उक्त हाउसमा आपतकालिन अवस्थामा बिरामी,दुर्घटना,बेरोजगार वा कम्पनि परिबर्तन गर्दा अस्थायी आवाशको रुपमा धेरै नेपालीहरुले उपयोग गर्दै आईरहेका छन्।दर्जनौ नेपाली संघ संस्थाहरुले नियमित बैठक,अधिबेशन,भेटघाट कार्यक्रम,सेमिनार,बिभिन्न किसिमका शिबिर लगायतका कार्यक्रम आयोजना पनि गर्दै आईरहेका छन्।एन.आर.एन कोरियाले नै कोरियन नागरिकहरुलाई नेपाली भाषा र नेपालीहरुलाई कोरियन भाषाका कक्षाहरु पनि संचालन गर्दै आईरहेकोछ। बहु संस्कृतिको धनि देश नेपालको कला र संस्कृतिलाई कोरियाली बीचमा प्रचार प्रशार गर्दै नेपाल प्रति आकर्षण गरि देश बिकाशमा समेत टेवा दिने उद्देश्यको साथमा नेपाल हाउसको संचालन र यसको उपयोगीता र महत्व बढ्दै गईरहेको अवस्थामा अव एन आर एन कोरियाले मात्र हैन सबै नेपाली समुदाय मिलेर नेपाल हाउस संचालन गर्नु पर्छ भन्ने पटक पटकको अन्तरक्रियाको निश्कर्ष मार्फत केहि महिना अगाडि कोरियामा क्रियाशिल सम्पुर्ण संघ संस्थाको बृहत सहभागीतामा सबै संस्था सदस्य रहेको नेपाल हाउस मूल संचालक समिति गठन गरिएको थियो।सोहि समितिको २०१४मे ११ तारिखको अर्को एक अन्तरक्रिया कार्यक्रमबाट नेपाल हाउस संचालनको लागि १० करोड वन (करिब १ करोड रुपयां )संकलन गरि दीर्घकालिन रुपमा ब्यवस्थित तरिकाले संचालन गर्नको लागि १३ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको थियो।
नेपाल हाउस कार्य सम्पादन समितिको पहिलो बैठक सम्पन्न।
मिति २०१४ मे २५ तारिक नेपाल हाउस कार्य सम्पादन समितिको संयोजक बिनोद कुवरको अध्यक्षतामा समितिको बैठक बसि केहि महत्वपूर्ण निर्णय गरेकोछ। नेपाल हाउस संचालन गर्नको लागि १० करोड वन संकलन गर्नको लागि यस कार्य सम्पादन समितिले चरणबद्ध रुपमा बिभिन्न निति र कार्यक्रम सहित यो बर्ष २०१४ लाई १० करोड वन संकलन गर्ने अभियानको रुपमा लिएकोछ। कोरियामा रहेका सबै संघ संस्था र नेपाली समुदायलाई आफनो क्षमता अनुसार पहल र सहयोग गरिदिनु हुन अनुरोध गरिएकोछ।
१.नेपाल हाउस संचालक समितिको लोगो बनाउने सम्बन्धमा। नेपाल हाउस संचालन समितिको प्रयोजनको लागि छुट्टै लोगो,लेटर प्याड र चन्दा संकलन सहयोग रसिद बनाउने निर्णय गरिएकोछ।
२.कार्य सम्पादन समितिको कार्यालय सचिबमा यम श्रीस मगर र भरत तुलाचन लाई चयन गरिएको छ भने आर्थिक बिभागमा दिनेश हिराचनलाई चयन गरिएकोछ।
३.नेपाल हाउस सउल कोरियाको संरक्षकमा नेपाली राजदुताबास दक्षिण कोरियालाई राख्ने निर्णय गरिएकोछ।
४.सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सम्बन्धमा।
यो बर्ष २०१४ को छुसक पर्बमा नेपालदेखि कलाकार लिएर सांस्कृतिक कार्यक्रम गर्न पालो कुरेर बसेका नेपाली संस्था र नेपाली सम्पर्क समिति र अन्य सबै संस्थाको समन्वयमा यस पटक नेपाल हाउस संचालन गर्नको लागि बिशेष किसिमको बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्नको लागि बाताबरण बनाउन पहल गर्ने निर्णय गरिएकोछ।जस अनुसार यहि जुलाई १ तारिख सांस्कृतिक कार्यक्रम आयोजना गर्न तयार रहेका संस्थाको प्रतिनिधि संग छलफल गरिएको थियो।यस कार्यक्रम प्रति सबै संस्था सकरात्मक रहेका संयोजक बिनोद कुंवरले बताउनु भएकोछ।
५.ब्यापक रुपमा चन्दा संकलन गर्ने सम्बन्धमा।नेपाल हाउसको उपयोगिता र महत्वलाई आत्मसाथ गर्दै १० करोड वन संकलन गर्ने अभियानमा कोरियाबासी सबै नेपाली समुदायलाई आफ्नो क्षमता अनुसार सहयोग गरिदिनु हुन अनुरोद गरिएकोछ।
छुसकमा सबै संस्थाको संयुक्त आयोजनामा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिने।

No comments:
Post a Comment