Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, May 14, 2014

बिदेशी कामदारहरु कोरियाको थेजिकमको नया नियमले अफ्ठेरोमा

निकुञ्ज तिवारी ,दक्षिण कोरिया ।
इपिएस मार्फत (इ–९) भिषामा रोजगारीका लागि दक्षिण कोरिया आयो । आप्रवाशी कामदारलाई दिएको ४ वर्ष १० महिनाको
भिषा सकियो । स्वदेश फर्किने तयारी ग¥यो ।

स्वदेश फिर्ताको नक्कली हवाई टिकट किन्यो । पासपोर्ट टिकट र बैंकको खातानम्बरको प्रतिलिपी  ‘सामसुङ ह्वाजे कम्पनी’ (भिषा अवधिभर काम गरे वापत पाउने विमा रकम ‘थेजिकगम’ दिने) लाई बुझायो ।
भोलीपल्टै कामदारको बैंक खातामा मासिक १ लाख कोरियन वनका दरले काम गरे अवधिभरको जम्मा रकम एकमुष्ट आयो । कामदार मख्ख प¥यो । तुरुन्त हुण्डी वा बैंकमार्फत स्वदेशका आफन्तको नाममा पैसा पठायो । टिकट क्यान्सिल ग¥यो । र अवैधानिक लुकिछिपी काम गर्नतीर लाग्यो ।
आप्रवाशी कामदारहरुको चलाखी देखिरहेको रोजगार मन्त्रालयले सरकारले शुशुचित गरायो । अन्ततः सरकारले आप्रवाशी कामदारलाई थेजिकगम् सम्वन्धि नयाँ नियम बनाइदियो । यधपि, आप्रवाशी कामदारहरु अब उक्त रकम नपाउने होकी भन्नेमा चिन्तित छन् ।
ईपिएस अन्र्तगत दक्षिण कोरियामा कार्यरत र अब आउने प्रवासी कामदारले ‘थेजिक्गम’ बिमा रकम स्वदेश फर्केपछि मात्र पाउने भएका छन्  । कोरियाली संसदले हालै पारित गरेको नयाँ नियम अनुसार ति कामदारहरुले कोरिया छोडेको १४ दिन भित्र रकम पाउने छन् ।
मजदुरले ४ वर्ष १० महिना काम गरेवापत कम्पनी संचालक र मन्त्रालयले जम्मा गरिदिएको रकम स्वदेश फर्केको १४ दिनभित्रमै पाउने छन् । यसअघि श्रम करार अवधि सकिन अगावै उक्त रकम पाउँदै आएका थिए । कामदारले एक वर्ष काम गरेपछि एक महिनाको तलबभत्ताको अंक जति ‘थेजिक्गम’ बिमा रकम पाउने ईपीएस नियममा उल्लेख छ ।
नयाँ नियम आउदो जुलाई २९ देखि देखि लागु हुने भएको हो । जुलाईअघि कार्य अवधि सकिने कामदारले भने कोरियामै पाउने छन् । बिमा रकम पाउन कामदारले  स्वदेश फर्कन अगावै वा स्वदेश फर्केर आबेदन गर्न सक्ने छन् । यस अघि कोरिया सरकारले नेपाली  कामदारलाई  राष्ट्र बैंकबाट अनुमतिप्रप्त क बर्गको बाणिज्य बैंकमा खाता खोल्न नियम जारी गरेको थियो ।
परिवर्तित नियम अनुसार बिमा रकम तीन  ३ वर्षभित्र  आवेदन गरिसक्नु पर्ने छ । ३ वर्षभित्र आबेदन नदिए उक्त रकम मानव संसाधन विकास (एचआरडी) लाई हस्तान्तरण गरिने प्रावधान बनाइएको छ । बिमा  पाउने अवधिसम्म काम गरि कम्पनी परिबर्तन गरेका मजदुरको हकमा पनि सो नियम लागु हुनेछ ।
नयां नियम प्रवासी मजदूरको हित बिपरित रहेकाले कोरिया मजदूर संघ र प्रवासी मजदूर युनियनले बिरोध गरेका छन् । उनीहरुले यो नियम खारेज गर्न संबैधानिक अदालतमा मुद्धा हालेकोे बताएका छन् । फैसला नभएसम्म नियम लागु नगर्न श्रम मन्त्रालयमा निवेदन गर्ने तयारी गरिरहेका छन् ।

त्यस्तै विरोधकै शीलशीलामा हिजो सोमबारबाट संसद भवन अगाडि एक घण्टा ‘थेजिकम फिर्ता गर’ लेखिएको बोर्ड लिएर मजदुर युनियनका प्रतिनिधिहरुले धर्ना दिएको बताइएको छ ।

प्रवासी मजदूर यूनियमका अध्यक्ष उदय राईका अनुसार मंगलबार प्रजातान्त्रिक समाजको लागि सर्मपित वकिलहरुको संगठनका युन जी यौङ धर्नामा बसेका थिए । बुधबार केसिटियुका प्रतिनिधि धर्नामा बस्ने राइले बताए । उनका अनुसार मे १२ देखि जुलाई ३० सम्म एकल विरोध प्रदर्शन जारी रहने छ । साथै हस्ताक्षर अभियान पनि जारी गरिएको छ ।

नयाँ नियम लागु भए धेरै प्रवासी मजदूर बिमा पाउनबाट बन्चित हुने प्रवासी मजदूर यूनियमका अध्यक्ष उदय राई बताउन्छन् । केहि कम्पनीहरुले सहज रुपमा बिमा नदिएको उदाहरण्ाँ प्रसस्त रहेको औलाउँदै राईले नयाँ नियमको सशक्त बिरोध गरिरहेको बताए ।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम

No comments:

Post a Comment