-कबिता -
ऐश्वर्य श्रेष्ठ- |
नया सपना बोकेर हिडिरहेका
केही जोशहरु
टक्क अडिन्छ फुलमा आखा
तिरमिराउछ केही रहरहरु
अल्झिन्छ उनको शिरमा एउटा गुराश
म हेरीरहन्छु बसन्तको फुल हागामा बसेर
आमाको न्यानो काख संझेर
सगरमाथाको फेदमा अढेस लागेर
मिठो बतास चल्यो
बताससंगै चल्यो मनमा पिडाका आधी
संझीरहे आफनै गाउं
भुलीरहे आफैले टेकेको पाइला
सिरसिर बतासमा उडीरहेको थियो फुलको पता
म पनि उडें टाढा ,धेरैं टाढा प्रियेसी यादमा
फूलका पत्तासंगै उडेका मेरा सपना
मायाको डाली डालीमा बस्यो ।
बसन्तका फूलसंगै मेरो उमेर फुल्दैछ
म भने कुदीरहेको छु सपना बोकेर
सुनसान रातमा
सपनाका शहर भरी
आशु र पसिना छदैं
बाचीरहेको छु एउटा सपनामा
हासीरहेको छु आपनै पसिनामा
बसन्तमा फुलहरु खोज्दै ।
चैतका हुरीले कयौं पुराना पत्ता उडाए ।
खुशीका थुंगाहरु चुडाए ।
नयनबाट पिडाको आंशुहरु बगाए ।
फुलजस्तो कोमल मेरो मन
समयसंग हिडन नसक्दा
बसन्तको झ्यांगमा अल्झिएको छु ।
नमिठो याद बनेर बल्झिएको छु ।
के जीवन फुल भएर बााच्न सक्छ
के फुल जिवन भएर जिउन सक्छ
तर
बसन्तको हांगामा
मन फुल भएर फुल्छ ।
जीवन डांडामा पुगेपछि
एकपटक फुलेर अस्ताउछ ।
यी बारबार आउने बसन्त
बसन्तमा फुल्ने फुल
कसैको आखा नलाग्ने गरी हेरीरहन मन लाग्छ ।
मनमा बेरीरहन मन लाग्छ ।
चैतबैशाखको हुरीसंग खेल्दै
हावापानी,आधीबेरीसंग जुध्दै
फुलहरु फुल्छन बसन्तमा
अनि बिर्सन्छन कयौं यात्रुहरु
आफनो गन्तव्य
उमेरका हिसाबकिताबहरु
कवि,लेखक नतमस्तक हुन्छन ।
अनि भुल्छन आफनै
जीवनका महत्वपुर्ण हरफहरु
फरक फरक रंगमा फुल्ने
फुलसंग गासिएका हजार रंगिन सपना
जंगलैभरी फुल्छन ।
सजिएर गमलामा फुल्छन ।
म भने यादमा डुबेर
बसन्तमा फुल खोजीरहन्छु ।
फुलमा बसन्त कहां छ भनेर
आफनै मनलाई सोधीरहन्छु ।
फुल बसन्तमा फुल्छ कि
बसन्तमा चाहि फुलहरु फुल्छन ।
ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया
No comments:
Post a Comment