Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, April 28, 2014

कोरियामा नेपाली चेलीको ' कर्मघरमा एक चक्कर' बिमोचन ( फोटो फिचर सहित )

निश्चल काउचा -सउल,दक्षिण कोरिया 
पछिल्लो चरणमा नेपाली युवाहरु माझ आकर्षक गन्तब्यको रुपका परिचित दक्षिण कोरियामा कोरियन नागरिकसंग बिबाह गरेर आएका प्राय नेपाली चेलीहरुले दु;ख पाएको घटना सुन्दै र देख्दै आएका थियौ ।  गत आईतबार भने छुट्टै माहोल साथ सिओल स्थित नेपाल हाउसमा कोरियन कवि तथा पत्रकार  कीम ह्यङ ह्योसंग बिबाह बन्धनमा बाधिएकी नेपाली चेली मञ्जु गुरुङको संस्मरण पुस्तक ' कर्मघरमा एक चक्कर ' बिमोचन हुदै थियो ।
कार्यक्रमको सुरुवात  नेपाली सहिद  र कोरियामा भएको पानीजहाज दुर्घटनामा ज्यान गुमाएका प्रति एक मिनेट मौन धारण पनि गरिएको थियो ।  स्मरण रहोस गत अप्रिल १६ तारिखमा  सिवल नामक पानीजहाज  ४ सय ७६ जना यात्रु बोकेर इन्छनबाट छेजुदोको लागि छुटेको पानीजहाज जिन्डो नजिक समुन्द्री क्षेत्रमा दुर्घटना भएको थियो । दुर्घटना भएको पानीजहाजको भग्नावशेषबाट अहिलेसम्म १८७ जनाको शव निकालिएको छ भने अझै ११५ जना हराईरहेका छन् बाकि यात्रुको सकुशक उद्दार गरिएको थियो ।
कोरियाका लागि नेपाली राजदुत कमानसिह लामाबाट पुस्तक बिमोचन गरिएको थियो । उक्त अबसरमा आफ्नो भनाई राख्ने क्रममा लामाले  विदेशमा पनि नेपाली चेलीको पुस्तक बिमोचन गर्न पाउदा गर्ब लागेको सुनाए ।

 लेखिकाले आफ्ना श्रीमानको हौसला र प्रेरणाबाट यो कृति जन्मिएको र कोरियामा नेपाली चेलीहरुले दु;ख मात्र होईन सुख पनि पाएका छन् भन्ने संदेश दिन खोजेकी छु र नेपालबाट कोरिया आउनेहरुको निम्ति कोरियाको रहन सहन , कला सस्कृतिको बारेमा जान्न यो पुस्तकले महत्वपुर्ण भूमिका खेल्न सक्छ भन्ने उदेश्यले यो पुस्तक लेखिए धारणा राखिन ।

कोरियन चित्रकार दु सियोङ  यस्ता कार्यक्रमले नेपाल र कोरिया बिच सेतुको काम गर्ने बताए ।
उक्त कार्यक्रममा कोरियन कविहरु किम ईल हो ,किम खोस ,बुन छाङ खिल ,  कीम ह्यङ ह्यो ,पत्रकार महासंघ अध्यक्ष अशोक मैनाली , ओमन फर ओमनकी सस्थापक जुनु गुरुङ  , आदिबासी जनजाति महासंघका भक्त शेरचन , एन. आर. एनका महासचिव प्रकाश धमला , नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष प्रबिण राई , अन्तराष्ट्रिय साहित्य समाज कोरियाका अध्यक्ष कमल प्रसाद अर्यालले आफ्ना -आफ्ना धारणा राखेका थिए . कार्यक्रम संचालन कमला केसीले गरेकी थिईन । 

No comments:

Post a Comment