Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, April 28, 2014

नागार्जुन गुम्वामा मे ०४ मा बुद्द जयन्ती कार्यक्रम हुने

विकास मोक्तान - सउल ,कोरिया
नागार्जुन गुम्वा  YBA सेवा केन्द्रले २०१४ मे ०४ तारीख आर्इतवारको दिन विश्वका शान्तिका अग्रदुत महात्मा गौतम बुद्धको २५५८ औं जन्म जयन्तीको पावन अवसरमा आयोजना गर्न लागेको बुद्ध जयन्ती सांगीतिक कार्यक्रममा पुजापाठ, खानपिन र औपचारिक कार्यक्रम हुने तर सांगीतिक कार्यक्रम नहुने  भएको  छ ।

 गत अप्रिल 17 तारिख सेवन नामक पानी जहाज डुवेपछी शोकमा डुबेको दक्षिण कोरियाले त्यस पछी हुने सम्पुर्ण सास्कृतीक रमार्इलो कार्यक्रमहरू स्थगित गर्दै आएको हुदा गुम्वाले पनि सांगीतिक कार्यक्रम स्थगित गरेको र सांगीतिक कार्यक्रमको सट्टा विभिन्न प्रतियोगीतात्मक  कार्यक्रमहरू राखी विजेतालार्इ आकर्षक पुरस्कारको व्यवस्था गर्ने गुम्वा प्रमुख उर्गेन लामाले बताउनु भएको छ । साथै कोरियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीवहिनीहरूलार्इ उपस्थिती हुन अनुरोध समेत गर्नुभएको छ

मिति :- २०१४ मे ०४ तारीख आर्इतवार                          
समय :- बिहान ११:0० बजे                                    
स्थान :- नागार्जुन गुम्वा (YBA sewa Kendra) जिहेङ              
(जाने तरिका :-  ट्रेन लार्इन नं. १, जिहेङ स्टेशन, गेट नं            
१ बाट निस्केर बाटो  क्रस गर्ने र देब्रो पटि १ मिनेट अगाडी        
IBK BANK भएको 8TH तला)

No comments:

Post a Comment