Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, April 30, 2014

दोङदेमुनमा सुरुङ्मार्ग लगानी सम्बन्धि बृहत सेमिनार हुने

नमस्ते नेपाल कोरिया संवाददाता -
काठमाण्डौं–हेटौडा सुरुङ्मार्गको संस्थापक शेयर लिने सम्बन्धि बृहत सेमिनार आगामी मे ४ तारिख आइतबारका दिन सउलमा हुने भएको छ।
कोरियामा बस्नुहुने नेपालीलाइ यस परियोजनामा लगानी बारेमा जानकारी दिन र आबेदन बेबस्थापन गर्ने जिम्मेवारी पाएको संस्था लिंक एसियाका प्रवन्ध निर्देशक आरपि देवकोटाले जनाए अनुसार पछिल्लो समयमा धेरै नेपालीहरुले समय बढाउन गरिएको अनुरोधलाई मध्यनजर गर्दै म्याद थपको आवश्यकता महसुश गरि काठमाण्डौं कार्यालयमा अनुरोध गर्दा जुन १५ सम्म कोरियाबाट आबेदन दिन सकिने गरि समय थप गरिएको छ|
नेपालको आर्थिक विकासका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको सुरुङमार्ग निर्माणको काम निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लि. ले लिएको छ । आरपि देवकोटाले दिनुभएको जानकारी अनुसार सउलमा बृहत रुपमा आयोजना गर्न लागिएको कार्यक्रमका लागि नेपालबाट नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष कुश कुमार जोशीको र टि.बि.आइ. गुरुपका अध्यक्ष भवन भट्टको पनि उपस्थिति हुने प्रवल सम्भावना रहेको छ ।
यो परियोजना नेपाल सरकारसँगको साझेदारीमा नेपालको निजी क्षेत्रले गर्न लागेको हालसम्मकै सबैभन्दा ठूलो र महत्वपूर्ण परियोजना हो। यस परियोजनामा विदेशमा रहेका नेपालीहरुले उल्लेखनिय सहभागिता जनाइरहेको बेला कोरियामा पनि लगानी गर्न चासो देखाउने व्यक्तिहरुको संख्या बढिरहेको र सकेसम्म सबैलाई यस परियोजनामा सहभागी हुने आवसर मिलोस भन्ने हेतुले म्याद थप गरिएको छ| देवकोटाले हाल सम्म करिब २.५ करोडको आबेदनको परिसकेको जनाउदै, यस अभियानमा सभागी हुनुहुने सबैलाई बिषेश धन्यवाद दिदै थपिएको समयमा धेरै भन्दा धेरैलाइ यो लगानीको अवसरको सदुपयोग गर्न अनुरोध गर्नुभएको छ|
कार्यक्रम हुने स्थल, समय सम्बन्धि विवरण छिटै सुचित गरिने छ|
थप जानकारीका लागिः
लिंक एसिया कं. लि., सुवन स्टेशन
प्रवन्ध निर्देशक–आरपि देवकोटा
शेयर दरखास्त दिने अन्ति मितिः अप्रिल ३०, २०१४
सम्पर्क नम्बरः ०१०–५८७७–५५१२(मोबाइल)
फोन नं.०३१–२४१–०९२०, ०७०–८८१८–१४१४

No comments:

Post a Comment