"दोन मान्ही फर"को म्युजिक भिडियोमा कोरियामा कार्यरत प्रवासी नेपालीहरुको भोगाईलाई संगीतमा जीवन्त
कृष्ण पुरी
१४ नोभेम्बर ,२०१५
सऊल, दक्षिण कोरिया l
केटी: हरमा हर ए कान्छा दोन मान्ही फर
केटा :हरी आफयो मरी आफयो
ए कान्छी साहु भन्छ नाजुंगे खेयन्छनायो
केटी: हरमा हर ए कान्छा दोन मान्ही फर
केटा:ए कान्छी दोन मान्ही अतख्खे फर ?
'हरमा हर ए कान्छा दोन मान्ही फर' अर्थात् पैसा धेरै कमाउ नामको सुमधुर मर्मस्पर्शी गिती एल्बम रेकर्डिङ गराएर अहिले चर्चाको शिखरमा रहेका संचारकर्मी ऐश्वर्य श्रेष्ठ एक कुशल संचारकर्मीसगै गायकको रुपमा पनि परिचीत हुदैंछन् । बहुप्रतिभाका धनी श्रेष्ठ भोजपुरमा जन्मी धरानमा उच्च शिक्षासगै नेपालमा गहिरो पत्रकारीतामा अनुभव संगाल्दा संगाल्दै कोरिया प्रबेश गरेका हुन् ।
श्रेष्ठले "कुखुरी काँ "बोलको पहिलो कमेडी गीत बजारमा पस्किएसगै यो दोश्रो नया सांगीतिक कोसेली "दोन मान्ही फर" ल्याएका हुन् । कोरियामा कार्यरत प्रवासी नेपालीहरुको भोगाईलाई संचार गर्दै संगीतमा पनि जीवन्त उतार्ने जमर्को गरेका छन् ।
![]() |
ऐश्वर्य श्रेष्ठ |
सोहि गीतको म्युजिक भिडियो गत अक्टोबर १८ मा सम्पन्न वर्ल्ड माईग्रेन्ट फिल्म फेस्टिभल कोरियामा पनि बिशेष प्रदर्शनी भएको थियो ।दक्षिण कोरियामा नेपालीहरुले देखेका, भोगेका सबै बिषयहरुलाई आफ्नै मौलिक शब्दमा समेटेर कोरियामा कार्यरत नेपालीहरुको यथार्थ पिडा र बास्तबिकतालाई उजागर गरिएको श्रेष्ठ बताउँछन्।
सो म्युजिक भिडियो नेपाली टेलिभिजनहरुमा प्रशारणसगै सामाजिक संजालहरुमा एकै साथ तिहारपछी सार्बजनिक गरिने ऊनले बताए ।
No comments:
Post a Comment