कार्यक्रममा मृगौला तथा मुटु रोगीहरुलाई आर्थिक सहयोग रकम समेत संकलन
झक थापा,मगर ,दक्षिण कोरिया -
२, मार्च आईतवारको दिन सउल,दोङ्देमुनको पूजा-१ रेष्टुरेण्टमा नेपाल मगर संघ गणतन्त्र कोरियाले मगर दिवस(फाल्गुन १५)को उपलक्ष्यमा आयोजना गरेको मगर दिवस तथा शुभकामना आदन-प्रदान कार्यक्रम भव्य रुपमा मनाउंदै सम्पन्न गरेको छ।
कोरियाबासी मगरहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रम मगर संघका अध्यक्ष पुरन राना मगरको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथी संरक्षक अप्त पुन मगर हुनुहुन्थ्यो यसै गरि विशेष अतिथी नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राई अतिथीहरुमा स्याङ्जा परिवारका अध्यक्ष मिलन राना मगर,नमस्ते पाल्पा परिवारका सचिव शुसिल गाहा मगर,नेपाल जन अधिकार मञ्चका अध्यक्ष दिपक पुन मगर गुल्मी सम्पर्क समितिका अध्यक्ष शंकर राना मगर तनहूं सम्पर्क समितिका अध्यक्ष जगत थापा मगर, वरिष्ठ सल्लाहाकार हेम थापा मगर सल्लाहाकारहरु झक थापा मगर,खड्क पुन मगर नरु पुन मगर र बलराम पुन मगर हुनुहुन्थ्यो। नेपालमा मगर संघ भनि स्थापना(नामकरण) गरेको ३२औं वर्ष पुगेको उपलक्ष्यमा प्रमुख अतिथीबाट मैन बत्ती बालेर सुरु भएको उक्त कार्यक्रमको सञ्चालन महा-सचिव सिपी मगरले गर्नुभएको थियो।
उपस्थित हुनुहुने अतिथीहरु लगायत मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत गर्दै संघका बरिष्ठ उपाध्यक्ष खड्क थापा मगरले प्रवासी भूमिमा रहेर पनि यो अवसरमा तपाई हामी एकै ठांउमा भेट भएर एक आपसमा दुख-सुख साट्दै मगर दिवस मनाउन पांउदा ज्यादै खुसी लागेको बताउनुहुंदै आउने दिनहरुमा हाम्रो एकता लाई मजबुद बनाउंदै अगाडी बढौं भन्नुभएको थियो।कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुनेमा नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राई,जनअधिकार मञ्चका अध्यक्ष दिपक पुन मगर,स्याङ्जा परिवारका अध्यक्ष मिलन राना मगर,नमस्ते पाल्पा परिवारका सचिव शुसिल गाहा मगर लगायत बरिष्ठ सल्लाहाकार हेम थापा मगर,सल्लाहाकारहरु झक थापा मगर, खडक पुन मगर, नरु पुन मगर र बलराम पुन मगरहरु हुनुहुन्थ्यो। वक्ताहरु सबैले मगर दिवसको बारेमा वोल्नुहुंदै प्रवासको भूमिमा नेपालीहरुलाई पर्ने पिर मर्का र समस्यालाई निस्वार्थ भावनाले सबैले सहयोग गर्ने बानी बसाल्दै आफ्नो जातिय पहिचान, भाषा,संस्कृतिलाई नभुली संरक्षण गर्नु पर्नेमा जोड दिनुभएको थियो भने उक्त दिनको आकर्षक वक्ताको रुपा निवर्तमान अध्यक्ष हेम थापा मगर हुनुहुन्थ्यो वंहाले कार्यक्रमका विशेष अतिथी नेपाली सम्पर्क समितिका अध्यक्ष लोचन राईलाई विशेष अनुरोध गर्नुहुंदै गएको सलनालमा नेपाल मगर संघले सांस्कृतिक कार्यक्रम गर्ने भनि दाबी गरेको तर सबै संस्थाको सल्लाह र सहमति अनुसार आउने छुसकमा कार्यक्रम गर्ने भनि छोडेकोले नेपाल मगर संघले आउने छुसकको दोश्रो दिन (सेप्टेम्बर ८ तारिख) नेपालबाट कलाकार झिकाई गर्न लागेको सांस्कृतिक कार्यक्रमलाई नेपाली सम्पर्क समितिको तर्फबाट सहयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो।
अति सौहार्द र मनोरञ्जनात्मकपूर्ण वातवरणमा भएको कार्यक्रमको पहिलो चरण समापन गर्दै अध्यक्ष पुरन राना मगरले ३२औं मगर दिवसको उपलक्ष्यमा कोरियावासी मगरहरु लगायत विश्व भरि छरिएर रहेका मगरहरुलाई शुभकामना दिनुहुंदै तपाई हामी विचमा सहयोग सद्भावको भावना अभिबृद्धी होस,स्वस्थ्य रहि तपाईहरुको सपनाहरु सुखदरुपमा पुरा होस्, जातिय भाषा,संस्कृति र पहिचानको मात्र संरक्षण
नगरि अव जातिय उत्थानको लागि नंया ढंगले अगाडी बढ्नु पर्ने धारणा राख्नुहुंदै नेपाल मगर संघ गणतन्त्र कोरियाले आउने दिनहरुमा कोरियामा रहेका कृयाशिल संघ संस्थाहरु संग हातेमालो गर्दै नंया र रचनात्मक कार्यहरु गर्दै जाने उद्धेश्य राखेकोले कोरियाबासी मगरहरुले आ-आफ्नो क्षेत्रबाट आर्थिक,भौतिक र नैतिक सहयोग गरिदिनुहुन् हार्दिक अनुरोध गर्नुभयो।
दोश्रो चरणको कार्यक्रममा नेपाली टिपिकल खानाका साथै मगर कलाकारहरुले गित र नृत्यहरु प्रस्तुत गरेका थिए भने बाग्लुङ्ग जिल्लाका मृगौला रोगी दिलमाया थापा मगर र मुटु रोगी गुल्मी निवासी कमल परिवारको उपचारको लागि (४,८५,०००)–चारलाख पचासीहजार कोरियन वन आर्थिक सहयोग संकलन गरि मुटु रोगी कमल परिवारको लागि २,४५०००।– कोरियन वन गुल्मी सम्पर्क समितिका अध्यक्ष शंकर राना मगर लाई र मृगौला रोगी दिलमाया थापा मगरको लागि २,४०,०००।– कोरियन वन वंहाको आफन्तलाई संघका निवर्तमान अध्यक्ष हेम थापा मगर र वर्तमान अध्यक्ष पुरन राना मगरले वंहाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त रकम हस्तान्तरण गर्नुभएको थियो।

No comments:
Post a Comment