नबिन खतिवडा l
दक्षिण कोरियाको इन्छन शहरमा हुन् लागेको १७औं एसियाली खेलकुद आयोजनाको तयारी गरिरहँदा कोरियाली क्रिकेट संघले एसियाली खेल मेलाका लागि महिला क्रिकेट टोली तयार गर्ने महत्वाकांक्षी योजना सुरु गरेको छ।
सन् २०१४ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगितालाई आयोजक राष्ट्रले महिला क्रिकेट टोली तयार गरिरहँदा नेपालले पनि गर्व गर्ने ठाउँ पाएको छ। किनकि कोरियाली क्रिकेट संघले आधारभूत क्रिकेट अभ्यासका लागि महिला खेलाडीको एक टोली नेपाल पठाएको छ। कोरियाको महिला टोली तयार हुँदा नेपालको पनि योगदान रहने पक्का भएको छ।
११ खेलाडीसहित कोरियाली टोली कीर्तिपुरस्थित क्रिकेट मैदानमा तीन दिनदेखि अभ्यास गरिरहेको छ भने अन्य ६ खेलाडी शुक्रबार काठमाडौं आइपुग्दैछन्।
'हामी आयोजक राष्ट्र भएकाले एसियाली खेलकुदमा महिला क्रिकेटमा सहभागी हुन चाहन्छौं, नेपाल भ्रमण त्यसैका लागि हो,' केसिए मातहतको इन्चोन क्रिकेट संघका प्रशिक्षक नासिर खानले भने, 'हामीले विश्वविद्यालयका विद्यार्थी, शिक्षिका र केही अन्य खेलका खेलाडी गरी २३ जना छनोट गरेका छौं। तीमध्ये ६ जना चाहिँ नेपाल आउन नसक्ने भए।'
लाहोर पाकिस्तानबाट २० वर्षअघि कोरिया पुगेर त्यहाँको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका नासिरका अनुसार छनोटमा परेका खेलाडीले विगत डेढ महिनाभित्र हप्ताको दुईदिन अभ्यास गर्दै आएका थिए।
'इन्चोनमा निकै चिसो छ, त्यहाँ यहाँ जस्तो प्राकृतिक पिचहरूको निर्माण भइसकेको छैन, त्यसैले अबको एक महिना हामीले यहाँ (नेपालमा) अभ्यास गर्ने निर्णय गरेका हौं,' खानले भने, 'नेपाल राम्रो क्रिकेट खेल्ने राष्ट्रका रूपमा विकास भइरहेकाले पनि हामीले नेपाल छान्यौं।'
कोरियाली महिला खेलाडीलाई आधारभूत क्रिकेट ज्ञान दिन नेपाल क्रिकेट संघले प्रशिक्षकहरू राजु बस्न्यात, कलाम अली र नीरा राजोपाध्यायलाई खटाएको छ।
'यहाँ आउनु पहिले हामीले नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका नीराजस्ता महिला प्रशिक्षकहरू पनि छन् भन्ने थाहा पाएका थियौं,' खानले भने, 'हामीसँग नेपाल ओलम्पिक कमिटी र नेपाल क्रिकेट संघको सुमधुर सम्बन्ध भएकाले पनि हामी नेपाल नै आयौं।'
गाच्योन विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया सोङ स्युङ मिन केसिएले छनोट गरेका २३ खेलाडीमध्ये एक हुन्। साथीभाइसँग कहिलेकाहीं बेसबल खेल्दा पिचरको भूमिका निभाउने उनी डेढ महिनादेखि भने ब्याट र बलसँग अभ्यास गरिरहेकी छन्।
'मैले पहिलोपल्ट क्रिकेटबारे सुन्दा यसको केही पनि जानकारी थिएन,' सोङले भनिन्, 'तर अहिले अभ्यास गरिरहँदा मैले यसलाई रुचिकर पाएकी छु। सजिलै लाग्दैछ।'
क्रिकेटको पहिलो कक्षा लिइरहेका भए पनि सोङ र उनका साथीहरूको आत्मविश्वास भने चुलिन थालेको छ। 'हामी एसियाली खेलकुदमा कांस्य पदक जित्ने आशा गछौं,' सोङले बिनाहिच्किचाहट आफ्नो सपना सुनाइन्।
नेपाली महिला टोलीकी पूर्वकप्तान एवम् प्रशिक्षक नीरा राजोपाध्यायले कोरियाली खेलाडीले प्रारम्भिक ज्ञान लिइरहेको भए पनि उनीहरू मेहनती र आत्मविश्वासी भएको बताइन्। 'उनीहरूलाई सिकाउनु भनेको केटाकेटीलाई सिकाउनु जस्तै छ,' उनले भनिन्, 'तर उनीहरू साह्रै छिटो सिक्छन्, मेहनत पनि उत्तिकै गर्छन्। चाँडै प्रगति गर्छन् जस्तो लाग्छ।'
नेपालबाट प्रारम्भिक ज्ञान लिएर कोरिया फर्केपछि इन्चोनमा अभ्यास गर्ने र एसियाली खेलअघि नेपाली महिला टोलीलाई कोरिया आमन्त्रण गर्ने योजनाको खाका पनि बनिरहेको कोरियाली प्रशिक्षक खानले बताए। 'केसिए भर्खरै कोरियाली ओलम्पिक कमिटीको सदस्य बनेको छ,' खानले भने, 'हामीले सरकारी सहयोग लिने प्रयास गरिरहेका छौं। त्यसो हुनसके हाम्रा सबै योजना पूरा हुनेछन्।'
नेपालले पनि सन् २००६ मा महिला क्रिकेटमा पहिलो पाइला नेपालगन्जबाट चालेको थियो। अरु विभिन्न खेलका खेलाडीलाई क्रिकेटको अभ्यास गराउँदै महिला क्रिकेट सुरु गर्दा नेपालगन्जले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट ग्लोबल अवार्डसमेत प्राप्त गर्यो। सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा एसिसी महिला ट्रफीमा भाग लिएको नेपाल उपविजेता बनेको थियो। नागरिक

No comments:
Post a Comment