Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, December 31, 2013

विचारको सुई l

कमल प्रसाद अर्याल ,दक्षिण कोरिया l

कुनै पनि फल ताछे पछि लामोसमयसम्म सजाउने लायक हुँदैन , त्यति नै ताछ्नु असल हो जति आवस्यक हुन्छ वा खान सकिन्छ ,शरीरलाई  पोषक तत्वको अभाव अनुभूत हुने गरी किस्तीमा सजाउनुको खास अर्थ पनि देख्दिन  l हरेक पेशा आफैमा सम्मानित हुन्छ र हुनुपर्छ l भित्र प्रवेश गर्दा भएका अनुभूति
बाहिर ल्याउदा परम्परा, कुरीति ,अन्याय ,आत्मसम्मानको रक्षामा सहयोगी हुनुपर्दछ यस अनुभवले  पेशाकर्मी मित्रहरूमा ठोस नपुगोस्  l मेरो सानो तीतो अनुभव २०६० सालतिरको कुरा हो ,बिहान ५.३ मै उठेर कलंकीदेखि सनोथिमीसम्म कापी जाच्न जाने बिहान ७ बजे नास्ता १० बजे पछि खाना सबै प्रबन्ध हुन्थ्यो l केहीबेर कापी जाच्यो आफ्नो समय भएपश्चात तुरुन्त कलेज पुग्यो पढायो फेरि हुइकियो प.नि.का मै बसेर कापी जाच्यो l उपत्यका भित्रका कापी बाड्ने चलन थिएन ,घरमा जाँच्न पाइदैन थियो l यो मौसम शिक्षकहरूका निम्ति नगदेवाली पनि हो ,उपत्यका बाहिरका साथीहरू पनि १/२ महिना छुट्टि मिलाएर डेरा लिई बसेर कापी जाच्थे कमाइ राम्रै हुने ओभर टाइम मान्दा पनि हुन्छ  l यस्तो मौसममा शरीरमा अलि सन्चो नभएकाले मैले कापी जाच्न नजाने निर्णय गरें l कलेज त जानु पर्यो ,वादल कला भएर आए ,अलिअलि छिटा देखिए ,कपडा लगाए ,डायरी लिएँ,बर्साती लगाएँ ,सदाभन्दा अलि छिटो पनि हिडें l अलिकति कापी जाच्नु पर्ने थियो ३ किलो मिटर पर पुग्दा मोटरसाइकल पन्चर भयो ,डोर्याउन थालें. पल्टियो, उठाएँl  ग्यारेजमा पुगेर छिटो गरिदिन भने आफ्नो समस्या बताए पछि मिस्त्रीले सहयोग पनि गरे l हतार हतार कलेज पुग्दा अलि ढिला भएछ ! सन्चलक मध्येका एक नराम्ररी बम्किए' मैले भने  पख्नुस सर ढिला भो कक्षा सकौ अनि सल्लाह गरुला 'मैले उनको कुरामा उति मतलब गरिन  किनकि तर्क हीत उत्तेजना पोख्दै थिए l
       हतार हतार बर्सती फुकाले टागें  कक्षामा  पसें , अभिवादन गरे छात्र छात्राले अभिवादन गरे l आफ्नो शीर्षक विषयवस्तुको   स्मरण हुनु अगावै ठुलो हाँसो फैलियो l रोकिएन किन आज यो अचम्म भो कतै प्रशासनले उपहास गरेरै बहिष्कार गर्नु भन्ने  आदेश त दिएनन , मनको तर्कसंगै  कतै पाइन्टको फस्नर त खुला भएन ? बोर्डतिर फर्केर   हेरें  l मोटरसाइकल उठाउन लाग्दा  आवाज आएको थियो वर्षाती च्यातिएछ !, अगाडिको भाग पूरा भिजेछ ! मलाई पनि मान्द हाँसो छुट्यो, कक्षा   झन्  उत्साहित बन्यो l   'पिडीत मानिसको बाध्यतामा उपहास  गर्ने ' यही शीर्षकमा  अनौपचारिक कक्षा  सकियो सबै मौन भए छात्र छात्राले क्षमा याचना गरे l आफू सफल शिक्षक भएकोमा गर्व गर्दै बाहिर निस्किएं l कलेज संचालक मध्येका एकसंग
बहस बाकी थियो , अपिसमा पसें सर केही सल्लाह गरौ कि? तपाईको कुरा सुन्ने फुर्सद छैन  जानुस् एक्लो भुत्भुताए अलि निचतम शब्द र भावना पोखे सायद अलि निधो पाइएन  अन्त पनि पढाउन जानु थियो  l यो घटना अन्यत्र नघटोस्भन्ने हेक्का पनि पुर्याउनै पर्यो  l
 तर्क गर्ने खुबी थिएन उनीसंग , म कामदार!  बुद्दीजीवी हुँ जस्तो लाग्थ्यो आज यो घमण्ड टुक्रा टुक्रा भएर विखण्डित भएका  थिए l   सम्भव भए मेरा विचार सुइमा  भरेर घोचिदिने थिएँ l  मेरा कुराले उनमा ज्ञानको संचार अवस्य हुने थियो l सुन्न नचाहनेलाई लाख कोसिस गरे पनि सुनाउना सकिन्न रहेछ l १० वर्षदेखि
आत्मनिर्भर भएर  बाचेको मान्छे संघर्ष नै संघर्षमा होमिएर  अब उत्रिएँ भन्ने अहम बोध आज   पानी पानी भए l मैले बालश्रमिकका रूपमा बिताएका पुराना दिन सम्झिएँ  l त्यही श्रमिक आजसम्म कायम रहेछु  ! नमीठो अनुभव भयो  मैले काम छोड्ने  निर्णय गरे  l

                 मेरा ज्यालादारीका पसिनालाई मैले ब्यापारमा परिवर्तन गरेको थिएँ  खान लाउन र स्वाभिमानसंग बाच्न सक्छु भन्ने घमण्ड पनि  थियो l  मैले जागिर छाडें सबैले भन्थे 'यत्रो प्रतिष्ठा छ यतिका वर्ष पढेर के
व्यापार मै अल्झिनु हुन्छ यो काम गर्ने त भेटिहालिन्छ  नि ! हो मैले गरेको ज्यालाले २ जनालाई ज्याला दिन पुग्छ अन्ततः पुनः जागिर सुरु गरे l निकै राम्रो ,मान ,सम्मान र प्रतिष्ठा देख्नेहरूलाई देखाउदै आफ्नो पेशा
मै क्रियाशील रहे  l अन्तत  पुन बाल श्रमिकबाट सुरू भएको जीवनको कित्तालाई प्रोढ श्रमिकमा रुपान्तरण गर्दा र आज प्रवासमा लुकेर आफ्नो वास्तविकता  एकातिर राखेर इमानदार  श्रमिकका रुपमा स्थापित गर्ने चेष्टा गर्दा मालिकले जे भने पनि हुदो न खाँदाकाले  श्रमिक भनेर हेप्ने प्रयास गर्दा  अर्को विचारको सुई रोप्न मन  लाग्दै छ l श्रमजीवी , मजदुर, र सर्वाहरको हीतमा  समाजसेवा गर्छु भन्नेले श्रमिकको अपमान गर्दा सार्वजनिक स्थान मै चड्कन दिउँ  जस्तो हुन्छ l भैतिक होइन प्रतीकात्मक चड्कन   भविस्यमा  समाजसेवा गर्ने सपना बिर्सियोस  जस्तो लाग्छ l विचारका चड्कन खाइ खाइ हुर्केकालाई र भोगेकालाई राम्ररी थाहा हुन्छ कस्तो चड्कन हान्दा थला पर्छ भन्ने कुरा त्यसैले  अब सबैले अलि होस् गरेर एक अर्काको अस्तित्वको  सम्मान गर्दै व्यवहार गरुन कोही कसैको चड्कनको भागीदार  नबनोस्  यही  अनुरोध छ l हरेक पेशाको
इज्जत गरौ  किनकि  आजको युगमा पेशाले नै जीवन  दिएको छ l  मेरो प्रवास  प्रवेश पनि यही सिद्दान्तको उपज  हो l सुनेको थिएँ विदेशमा कामको सम्मान हुन्छ रे ! जहाँ गए पनि त्यस्तै रहेछ   भौतिक विकास भए पनि अझ भावनात्मक विकासमा ह्रास आउदो रहेछ ! मानवतालाई  पैसाको तराजुमा जोखेर   यन्त्रवत  व्यवहार गरे पनि  भौतिक विकासले उच्च  पारिश्रमिक पाउँदा आफ्नो अहम र आत्मसम्मान बेचेर पनि मन मै कुण्ठाको गाँठो पालेर  ओठमा हाँसो र सन्तुष्टिको अभिनय गर्दै बाच्नु परेको छ l यान्त्रिक भावना भएकाले जस्तो व्यवहार गरे पनि  आफ्नाले राम्रै गरुन l
  '  हुन त जे गर्छन् आफ्नाले  गर्छन्  ' भन्ने  मान्यता सुनिन्छ यो असभ्य जंगली सिद्दान्त हो l  यहाँ एकले अर्काको सम्मान,, प्रेम, सद्भाव ,सहानुभूति राख्नु पर्ने वाध्यता छ किन कि  हामी  आफ्नो  गाउँ, समाज, र कानुन छाडेर  हरेक एकै समस्या र पीडा लिएर आएका  छौ l एक अर्काका अनुभव  र विचारलाई सम्मान गर्दै आपसी प्रेम र सद्भावको  मालामा उनिन सके यहाँका सिप कला र  क्षमता नेपाल लान  सकिन्छ l थोरै धन  लिएर जानु भन्दा यहाँ सिप र  यहाको जाँगर नेपाल लानु आवस्यक छ l आफ्नाले धन कमायो भनेर  माछा पोखरीमा बिष हाल्ने , जनताको मानवाधिकार खोस्दै नेपाल बन्द गर्ने , जनतालाई सताएर जनहीत गर्छु भन्नेका खोल उतार्न सक्नु पर्छ l धनका घमण्डमा श्रमजीवीको अपमान गर्ने , बोक्सीको आरोपमा आफ्नालाई  दुख दिने हरूलाई  अथवा  अन्याय अत्याचारमा रमाउने हरूलाई सदमार्गमा लैजान सकियोस् l मन भावनासंग एकाकार भएर  हरपल हीत चिताउने नै आफ्ना हुन् ,अहित चिताउने बाबु नै किन नहोस् त्यो  शत्रू हो l रगतको नाता भन्दा भावनाको नाता ठुलो  हुन्छ l आफ्नाले गलत गर्नु पर्छ भन्ने मान्यता छाडौ  l  आफ्नो त्यो हो जस्ले  हीत, सहयोग र प्रेम आत्मैदेखि  व्यवहारले प्रकट गर्छ l

No comments:

Post a Comment