निकुञ्ज तिवारी, सउल, कोरिया |
राष्ट्रको भाग्य, आशा र परिर्वतनको संवाहक युवावर्ग राष्ट्रको खम्बा हो । खम्बा बलियो हुँनुनै सम्र्पूण संरचना बलियो हुनु हो । युवा शक्तिशाली, गतिशील र र्सिजनाशील हुँदा राष्ट्र बलियो हुनुका साथै जनताको भविष्य उज्ज्वल बन्छ ।
तर राज्यले युवालाई सम्मान र सम्भावनाको दृष्टिले होइन, उपेक्षित दृष्टिले हेरिरहेको छ । राष्ट्र बनाउने दिमागमा सोंच र शक्ति भएको युवावर्गको पसिना समुद्रमा मिसिएपछि देशको भविश्य कस्तो होला ? जन्मभूमिमा केही गर्न नसकी अर्काको ‘गुलामी’ नोकर बन्न सिमाना नाघेपछिका फाइदा जति छन् त्यसको कयौं गुणा वेफाइदा छन् । तर पनि दैनिक करिब १७/१८ सयको हाराहारीमा युवाहरुमा सिमाना नाघीरहेका छन् ।
बिदेशि भूमिमा आँशु, पसिना र रगत पोखाउनुपर्दाको पीडासंगै युवामा स्वोदेशको आर्थिक, सामाजिक–साँस्कृतिक र राजनैतिक चिन्ता छ । जहाँ गएपनि जसलाई भेटेपनि देशको यावत विषयको चिन्ता सुनिन्छ ।
प्रकृतिले देशलाई हरेक तत्व दिएको छ । तर पनि हामी संसारको गरिब राष्ट्रमा परछौ ।
युद्धकालमा भौतिक र्पूवाधार नाश पारिए । अनगिन्ती मानवीय क्षति भए । हामी सोच्थ्यो -गणतन्त्र आएपछि शान्ति आउला र देशका लागि आवश्यक विकासका पूर्वाधार खडा होलान् । सबैमा सद्भाव, सहकार्य, एकता र सम्मान होला । अनि देश बनाउँला । परदेशीएकालाई पनि बोलाउला ।
तर ठिक विपरित कसैले नसोचेको भयावह स्थिति सिर्जना भयो । अहिले हरेक तहमा देश गतिहिन छ । विकासका कार्य ठप्प प्रायः छ । जसले जे गरेपनि हुने मनपरि तन्त्र छ । सदभाव, सम्मान, सहकार्य र एकता नभई भाइ–भाइमा फूटको संस्कार छ । सामाजिक संरचना ध्वस्त पार्दै जातीय द्धण्द्ध छ । यसको निकाश कहिले र कसले गर्ने ?
प्रवाशी बाध्यताको भूमरिमा तड्पिएका युबामा जति निराशा छ, त्यति नै स्वोदेशमा रहेका युवामा छ । प्रबाशमा थोरै पारिश्रमको लागि धेरै परिश्रम गर्नुपर्छ । ठूला–ठूला रोबटसंगै काम गर्नुपर्छ । यहाँ आएकामा जुन उत्साह, उमङ्ग र जोश छैन त्यसरी नै उनिहरुमा पनि छैन । जसरी हुन्छ सिमाना नाघ्ने सोंचमा छन् ।
अधिकांशमा समाज र राष्ट्रप्रतिको जिम्मेवारीवोधको खडेरी पर्दैछ । व्यत्तिवादी सोच र प्रवृत्ति हावी हुँदैछ उनिहरुमा श्रम गर्ने र श्रमलाई सम्मान र्गने भावना छैन् ।
भने अर्काथरीमा राजनीतिप्रति नै उदासीनता र वितृष्णा छ । परिवार, समाज र राष्ट्रका निम्ती केहि गर्नुपर्छ भन्ने भावना छ ।
तर युवा साच्चिकै भूपि शेरचनको ‘हामी’ कविताका पात्र बन्न बाध्य छन । युवालाई विभिन्न दलले गोटी बनाएका छन् । झण्डा ओढाएका छन् । खुट्टा बनाएका छन् । युवा बन्द, तोडफोड, कुटपिट, टायर बाल्ने लगायतका बिधोम्सात्मक कार्यमा लगाएका छन् ।
युवा उत्पादनमूलक, खोजमूलक र रचनात्मक कार्यमा कहिले लाग्ने ? यसप्रकार युवामा आएको विचलनको दोषी को ? जिम्मेवारी कसले लिने ? यस्तो भयानक स्थितिको अन्त्य कहिले ?
देशमा अस्थिर राजनीतिले निम्त्याएको अनिश्चित भविश्य, गुणस्तरीय र ब्यवहारीक शिक्षाको अभाव र अवशरको कमी, भ्रष्टचारले गर्दा हुन नसकेको विकास, गरिबी, बेरोजगारी लगायत यावत समस्या बोकेर युवाहरु अवसरको खोजिमा युवाहरु हिडिरहेका छन् ।
समग्र मुलुक रुपान्तरणका लागि राज्यले युवाको शीप र क्षमताको भरपुर उपयोग गर्नुपथ्र्यौ । तर सत्र्मागमा हिँडाउन र फाइदा लिन सकेन । पहाड फूटाई मैदान र धर्ती उठाई पहाड बनाउन सक्ने समथ्र्य भएका युवालाई सिर्जनात्मक बाटोमा हिडाउन सिकाएन । उल्टै सिमाना नघायो । अहिले परदेश धनि बनाउनु युवाको नियति बनेको छ ।
देश लथालिङ्ग र भताभुङ्ग अवस्थामा छ । मुलुकमा हत्या, हिंशा, आतन्क, भष्ट्राचार, ढिलासुस्ती महङ्गी यावत समस्या छन् । वेरोजगारी समस्याले राष्ट्र पिरोलिएको छ । राज्यसंग रोजगारसम्बन्धी कुनै ठोस नीति र योजना छैन । हरेक र्वष श्रम बजारमा प्रवेश र्गने करिब ५ लाख युवा अलपत्र छन् । देशमा कृर्षि, पर्यटन, जलस्रोत लगायत पशु पंछीपालन, तरकारी खेतीमा रोजगारीको प्रचुर सम्भावना छ । तर युवा आफ्ना भूमिमा होइन अर्कैको भूमिमा काम गर्न बाध्य छ ।

No comments:
Post a Comment