कमल प्रसाद अर्याल ,दक्षिण कोरिया l
भर्खर मुलुकमा भएको संबिधानसभा निर्वाचनमा जनताको अमूल्य मत पाएर बिजयी हुने सभासद्हरूलाई हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछु साथै जुन उदेश्य र अभिप्रायले यो निर्वाचन सम्पन्न भएको छ सो उदेश्य अबरोधबिना नै पूर्ण होस् भन्ने शुभकामना पनि दिन चाहन्छु l जनमतको कदर गर्दै मैदानमा उत्रिए पछि जीत हारलाई सहज रूपमा लिदै जनताको सम्मान गर्नु नै महानता हुनेछ l हरेक निर्वाचनमा यस्ता घटना हुने गर्छन् ,जिते जनमत हारे' धाँधली ' खेलमा झ्याली गर्यो भनिन्छ यो धाँधली पनि राजनैतिक पारिभाषिक शब्द होl मैले जानेदेखि चुनावको परिणाम आएपछि यसको रटान र चर्चा हुने गरेको हो l अवस्य पनि आफ्ना एजेन्डा असफल भएपछि पीडा हुन्छ नै कुनै दलले उठाएका एजेन्डा असफल हुँदा यो जन चाहना होइन रहेछ है भनेर सुधार गर्नु नै राम्रो हो l यस्तो गल्ती कमजोरी सच्याउने सस्कार कुनै राजनैतिक दलमा नदेखिएको सस्कार हो त्यसैले यसमा अपेक्षा गर्नु पनि अर्थहीन छ तर पनि समीक्षा गरेर अगाडि बढ्नेहरू सफल भएका छन् l राजनैतिक दलले आफ्नो सरकार बनाउन नेताहरू आफ्ना आवस्यकता पूरा गर्न कहिलै चुकेका छैनन् तर देश र जनताको चाहना कहिलै हेरिएन हेरिने पनि छैन l जबसम्म गाँठी समस्या बुझिदैन तबसम्म समाधान निस्कने कुरै आउदैन l
एकता र सहमतिको कुरा गरौ १२ वर्ष जनयुद्ध लडेर डाडा काँडा भिर पखेरा एक गरेर जीवन र मृत्युको दोसाधमा आफूलाई उतार्दै युद्धका आधारभूत मान्यताहरू पनि बिर्सिएर जसरी आफूलाई प्रस्तुत गरियो तिनै सहकर्मी योध्दाबीच हुन नसकेको एकता ,सहयोग, सहकार्य र सहमति अन्त खोजेर कहाँ पाइन्छ ? मुलुकमा भएका बाम घटक एक भएर जनवर्गीय एजेन्डा तय गरी अगाडि बढ्न सकेको भए पनि सफलता प्रप्तिको सम्भावना रहने थियो l यहाँ सिध्दान्त एक कुनामा छ भने पदीय स्वार्थ अर्को पाटो हो जस्ले आदर्षलाई धमिराले खाए झैँ खाइरहन्छ l यस्तो स्वार्थी वैचारिक धरातलमा टेकेर देखावटी आदर्शबाट जनता झुक्किदैनन् कुरा यति हो आफ्नो जनमत गुमेपछि जनता आशावादी मात्र हुन्छन जब आफूले चाहे जस्तो कथानकले मोड लिदैन तब निरास हतास हुन्छ जनता अनि फेरि निर्वाचनको अपेक्षा हुन्छ l जति निर्वाचन भए पनि घुमाई फिराई तिनैलाई समर्थ गर्न बाध्य भइन्छ l समस्या समाधानको चेष्टा देखिदैन सिनोमा गिद्द घुमेजस्तो पद र कुर्चीको तानातान बाहेक केही देखिदैन l यी राजनैतिक दल र चरित्रको सुधारका निम्ति निस्पक्ष सुझाब बुद्दीजीवी बर्गले दिनुपर्छ l बुद्दिजीवी भनिएकाहरू पनि पार्टी र नेता भक्ति मै केन्द्रीत हुँदा कस्ले बोल्ने त जनताका कुरा ?
६३/६४ को जन आन्दोलनपूर्वको अवस्था मै जनता राजनैतिक दलबाट आजित भएका हुन् l आन्दोलन असफल हुन्दैजादा आतंककारी मानिएका माओवादीसंग सहकार्य गर्न बाध्य भएका हुन् l मान्छेको टाउकाको मूल्य पनि तोकियो जहाँ जस्तो अवस्थामा भेटियो त्यही गोली पनि ठोकियो l मानवअधिकार र न्याय युद्धका आधारभूत मान्यताको खिल्ली उडाइयो l जंगल खेतबारीमा चेलीहरू बलात्कृत भए l गोठ मै गोली ठोकिए गाडेर मारियो पोलेर मारियो पड्काएर मारिए ती सबै विगतका एक एक घटनाबाट त्रसित हुदै हाम्रा दिन बितेका हुन् l न सरकारका मानवअधिकार हननका घटनाको खोजी गरियो न आतंककारी मनिएकालाई आवस्यक कारवाही गर्न सकियो l यसलाई राष्ट्रको समस्या मानेर सबै कुराको आम माफी दिदै राज्यको मूलधारमा प्रवेश गराएको वा जनताले मत दिएर चोख्याएको अवस्था हो भने राज्यले पनि अपराधका घटनाबाट चोख्याउदै कानुनीरुपमा समेटी सकेपश्चात अब पुराना घाउ कोट्याउँदै जनतामा आक्रोश सिर्जना गर्ने र जोड घटाउको प्रतिष्पर्धामा उतार्ने चेष्टा गर्नु राजनैतिक बेइमानी हो l जब सरकार ढल्नु पर्यो आन्दोलन दमन गर्नु पर्यो त्यतिबेला युद्धकालका एक एक लास छानेर मिडियामा ल्याउने र नग्याउने चेष्टा गर्दा राजनैतिक प्रतिशोध त पूरा होला तर शान्ति र समृद्धिको सम्भावना छैन l
हिम्मत भए १७ हजार नेपालीको हत्याका अभियुक्तलाई कठघरामा उभ्याएर कारवाही गर्नसक्नुपर्छ नत्र विशेष परिस्थितिमा लास उधिनेर देखाउदै पुराना घाउ कोट्याउनु अर्थहीन छ l तिनै राज्यले हत्यारा घोषित गरेकाहरूले चुनाव लडिसके l कुनै दलको उम्मेदवार हुन कानुनी परिधि बनाइएको छ उम्मेदवार कुनै फौजदारी अभियोग नलागेको हुनुपर्ने तर तिनै उम्मेदवार भएका छन चुनावी प्रतिष्पर्धामा उत्रिएका छन l आपनो स्वार्थ लिन बुई बोकेर हिड्ने l स्वार्थसिद्द भएपश्चात मानवअधिकार न्यायका कुरा झिकेर लहरा तानेर पहरा गर्जाउन खोज्नेका नाटक हेर्दै र सुन्दै हामी ताली पिट्दै जाने यो त आफ्नो घरमा आगो लगाएर न्यानो तापे जस्तै हो l
अब विभेद हटाएर सबैको चित्त बुझाएर पार्टीगत हीत आस्था र निष्ठाका नाममा अन्धो नभई जनहितमा न्युनतम एजेन्डा तयार गरी संयुक्त रूपमा पिछडिएका बर्ग , महिला, अपांग,आदिको संरक्षणसहित विभेदकारी नीतिबिना मानवाधिकार ब्यतिगत स्वतन्त्रता र आर्थिक क्रान्तिमा आधारित प्रजातान्त्रिक मूल्यमान्यताका अधिनमा रही नयाँ युगान्तकारी परिवर्त र विकासमुखी संबिधान जारी होस् l पदीय स्वार्थ र सत्ता प्रप्ति मै रुमलिएर जनताको अपमान गर्ने कार्य नहोस् l अब सबै तीता कुरा बिर्सिएर सिर्जनात्मक र जनहीतमुखी नयाँ चिन्तनले देशमा स्थाइत्व , विकास र शान्ति आओस् l

No comments:
Post a Comment