Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, October 29, 2013

भ्रष्टाचारीलाई भोट नदिऊ l

मिन्मा शेर्पा ,दक्षिण कोरिया l

नेपालमा चुनावको माहोल बढिरहेको बेला पार्टी हरुले आ -आफ्नो घोषणा पत्र निकालेका छन् तिनको घोसना पत्र हरु सुन्न र पढ्नमा खुब मजा आउने खालका छन्  यस अगाडी पनि यस्तै मजाकै नारा हरु लिएर आयो र जितेर गए पछि  सभासद देखि रातो पासपोर्ट सम्मको बेच बिखन गर्न तिनीहरु पछि परेनन् संसद भवनमा  प्रवेश गरेर टेबल ठटाउने र निदाउने काम भन्दा अरु खासै गर्न नभ्याएका तिनै नेताहरु फेरि पनि जनताको घर दैलोमा नमस्ते आमा बा भन्दै आउन थालेका छन्  अघिल्लो चुनाव र यसपालिको  चुनाव सम्म आउदा जनताले नेता र तिनका कार्यकर्ता र ५ वर्ष सम्मको अनुभब हासिल गरेका छन् अब आउने चुनावमा रातो पासपोर्ट बेच्ने देखि मसाज सेन्टरमा भेट्ने सम्मको कुण्डली केलाएर मात्र भोट दिन जरुरि देखिन्छ  एक जना व्यक्ति चुनाव जिते भन्दा पनि बढी सम्मानित र वहा वहा प्राप्त गरेको देख्दा छक्क परेहोलन देशी विदेशी मानिहरु जसले देश निर्माणको पैसा लुटेरा जेल गएका थिए जतिबेला उसको गलामा १११ किलोको माल पहिरायो अदालतले भ्रस्टाचार ठहर गरेका खुम बहादुर र जे.पी गुप्त को सम्मानले केहि त्यस्ता मानिसहरु छन् जसले नेपाललाई भ्रष्टाचारीको अखडा बनाउन चाहन्छ तर यसपालिको  चुनावमा पार्टी भन्दा पनि कस्ता खालको उम्मेदवार आउदै छ यक चोटी तिनको पृष्ठभूमि जान्न जरुरि देखिन्छ फेरि पनि संसद भवनमा प्रवेश गरेर मस्त सुत्ने र आफ्नो देशको सिमाना मिचेको देख्दा देख्दै सिमाना मिचेको होइन रहेछ भन्ने व्यक्तिहरु तपाई हाम्रो घर अगंमा आउछ भने तिनलाई स्वागत गर्नु बेकार हुन्छ अबको चुनावमा जनताले नेता पहिचान गर्न सकेन भने नेपाल भ्रष्टको अखडा भन्दा माथि नउठ्ने कुरा हामीले बुझ्न जरुरि छ
देशको बागडोर सम्हाल्ने जिम्मा दिएर पठाउने मानिसहरुको सच्चा छबि छ भने मात्र भोट दिन योग्य हुन्छ अनि तिनीहरुले केहि गर्ने कुराको आशा राख्न
 पनि सुहाउछ नत्र भोट तिनै भ्रष्टको पोल्टामा पुग्ने छ र हाम्रो जीवन स्तर भने दयानिये हुने कुरामा दुइ मत नहोला

हाम्रो देशको जवान युवा पुस्ताले यो बुझ्न पर्छ  नेता बिग्रेको मात्र होइन बिगारेको पनि हो किनभने प्रमाण  त गतिलो भएको छ खुम बहादुर र जे. पी जस्ताको सम्मानले  हुन त नेपालको कुन पार्टी होला जसले राष्ट्र लुटेको नहोस राजनीति सामाजिक धर्म हुनु पर्नेमा हाम्रो देशमा भने राजनीतिक व्यबसाय खुब फोस्टाउदै छ
अदालतले दिएको निर्णय माथि येसरी लात मार्नु हुन्न भनेर तिनका पार्टीका कुनै नेताले भनेको हामीले सुनेनौ बरु खुम बहादुर जेल जानु  दुर्भाग्य मात्र हो भन्न भ्याए हाम्रा नेताहरुले
 राष्ट्रियताको खोल ओडेको यिनी राष्ट्रिय कुलंगारहरुलाई एक -एक पहिचान गर्न जरुरि भैसकेको छ / कुन वादी होइन अब नेपाललाई माया गर्ने युवा हरुले तिनीहरुको कुण्डली केलाउदै धुलो चटाउने समय आइसकेको ज्वलन्त उदाहरण भ्रष्ट सम्मानले  सिकाएको छ /यसरि भ्रस्टचारीको जय जय गान गाउने र तिनको
स्खलित राजनीति  सधै हामीले स्वीकार्ने हो भने देश छिटै सोमालिया नहोला भन्न सकिन्दैन किन भने राष्ट्र निर्माणको लगानी यिनै राजनीतिका खोल ओडेका
राष्ट्रिय ब्वासो हरुले यसरीनै लुटिरहने हो भने भोक मरिले आजित हुदै पेट समाउदै हाड र छाला मात्र बोकेर मर्न विवश नहोला भन्न सकिन्न तसर्थ नेपाली युवाहरु जसले नेपाल जिउदो देख्न चाहन्छ उनीहरुले रंगी विरंगी ब्वासो पहिचान गरेर मात्र आगामी चुनाबमा भोट दिन आवश्यक देखिछ 

No comments:

Post a Comment