Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, October 29, 2013

कोरियाका राजदुत लामालाई तत्काल बर्खास्त गर्न सरकारसँग माग

 मनोज बस्नेत,काभ्रे l
कुटनीतिक मर्यादा उल्लंघन गरेर एमाओवादीका उम्मेदवारको प्रचारमा खटिएका दक्षिण कोरियाका राजदुत कमानसिंह लामालाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरिएको छ ।
काँग्रेस एमाले सहित अन्य सामाजिक संघसंस्थाले बहाल रहेको अवस्थामा भोट माग्ने काम राष्ट्रघाती भन्दै राजदुतबाट तत्काल बर्खास्त गर्न खिलराज रेग्मी नेतृत्वको सरकारसँग माग गरेका हुन् ।
'कोशीपारी क्षेत्रमा राजदुत लामाले एमाओवादीका उम्मेदवारलाई भोट माग्दै  हिँडेको  बारेमा गाउँ समितिले पार्टी जानकारी गराईसकेको छ' काँग्रेस जिल्ला सचिव अच्यूत पौडेलले भने, 'उनी एमाओवादी पार्टीका मात्रै राजदुत होइन । राष्ट्रका हुन् । उनलाई मतदातासँग दलका उम्मेदवारलाई भोट माग्ने कुनै अधिकार छैन । यस्ता राजदुतलाई तत्काल बर्खास्त गरी कडा कारबाही गर्न काँग्रेस सरकारसँग जोडदार माग गर्दछ ।'
एमाले जिल्ला कमिटिले समेत भोट मागेको कार्यप्रति आपत्ति जनाउँदै उनलाई तत्कालै बर्खास्त गर्न सरकारसँग माग गरेको छ । 'बहालवाला राजदुतले पार्टीका उम्मेदवारका पक्षमा भोट माग्नु राष्ट्र, राष्ट्रिय स्वतन्त्रता र जनता प्रति घात हो' एमालेका जिल्ला उपसचिव अशोक व्याञ्जुले भने, 'यस्ता राष्ट्रघाती राजदुतलाई सरकारले तुरुन्त बर्खास्त गर्नु पर्दछ । यो सरकारले नगरेमा संविधानसभाको निर्वाचनपछि एमालेको सरकारले गर्दछ । राजनैतिक दलहरुले मात्रै होइन ।'
अधिकारकर्मीहरुले समेत राजदुतले भोट माग्न हिँडेको घटनाको चर्को बिरोध गरेका छन् । 'बहालवाल राजदुतले कुनै पनि पार्टीको पक्षमा खुलेर भोट माग्न पाउँदैन' अधिकारकर्मी भोजराज तिमल्सिनाले भने, 'उनलाई सरकारले कारबाही गर्न ढिलाई गर्नु हुँदैन ।' सुरक्षा निकायको आँखा छल्दै कोशीपारी क्षेत्र पुगेका राजदुत लामाले स्थानीय बासिन्दासँग एमाओवादीका क्षेत्र.न. १ का उम्मेदवार सुर्यमान दोङलाई भोट मागेका थिए ।
लामाले कार्तिकेदेउराली, पोखरीचौरी र माँदनकुडारी लगायतका केही गाविसका स्थानीय बासिन्दासँग भोट मागे । उनले स्थानीयसँग एमाओवादीको उम्मेदवारलाई  भोट माग्दै गरेको प्रमाण सहित भेटेपछि नेकपा-माओवादीका कार्यकर्ताले कार्त्तिके देउरालीबाट लखटेका थिए । लामा एमाओवादीको कोटाबाट राजदुत बनेका हुन् ।

- ईकान्तिपुर

No comments:

Post a Comment