Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 16, 2013

नयाँ श्रम सम्झौता अगस्टबाट आउने l


निकुञ्ज तिवारी -सउल ,कोरिया l
- ईपीएस भाषा परीक्षा पास गरी श्रम सम्झौताको प्रतीक्षामा रहेका नेपाली कामदारका लागि आउँदो अगस्ट पहिलो साताबाट पुनः श्रम सम्झौता आउनेछ । कोरिया सरकारले यस वर्षका लागि छुट्याएको पहिलो र दोस्रो चरणको कोटा समाप्त भएपछि तेस्रो चरणका लागि नयाँ कोटा वितरण गरेको हो ।
श्रम तथा रोजगार मन्त्रालयले सन् २०१३ का लागि निर्धारण गरेको ईपीएस कोटा अब १५ हजार बाँकी छ । प्रथम र दोस्रो चरणका लागि छुट्याएको ३१ हजार कोटा समाप्त भएपछि बाँकी तेस्रो र चौथो चरणको १५ हजार कोटा बाँकी रहेको हो ।
साना तथा मझौला घरेलु उद्योगहरूमा आवश्यक अदक्ष कामदार आपूर्ति गर्न कोरिया सरकारले सन् २०१२ का लागि ६२ हजार कोटा निर्धारण गरेको थियो । औद्योगिक उत्पादन क्षेत्रका लागि छुट्याइएको १५ हजार कोटामध्ये तेस्रो त्रैमासिकको ७ हजार ५ सय कोटा आउँदो साताबाट वितरण गर्ने मन्त्रालयले जनाएको छ । कृषि, मत्स्यपालन, कन्स्ट्रक्सन र सेवा क्षेत्रको कोटा पहिलो र दोस्रो त्रैमासिकमै समाप्त भइसकेकाले पछिल्ला दुई चरणमा यी क्षेत्रमा कामदारको माग छैन । मन्त्रालयले मुलुकको आर्थिक अवस्था र आन्तरिक श्रम बजारको मूल्यांकनका आधारमा कोटा निर्धारण गर्छ ।
मन्त्रालयका अनुसार जुलाई ३ देखि १० सम्म रोजगारदाताबाट निवेदन आह्वान, जुलाई १२ देखि १९ सम्म रोजगारदाता छनोट, जुलाई २२ मा योग्य रोजगारदाताको नामावली प्रकाशन र जुलाई २४ देखि २६ सम्म छनोटमा परेका रोजगारदातालाई श्रम अनुमति वितरण गरिनेछ । यसपछि मात्र कामदारसँग श्रम सम्झौता हुने भएकाले प्रतीक्षा सूचीमा रहेकाहरूले तीन साता पर्खनुपर्ने छ । चौथो त्रैमासिकको ७ हजार ५ सय कोटा भने अक्टुबरमा वितरण गरिनेछ ।
ईपीएसका अनुसार २०६८ साउनमा लिइएको तेस्रो भाषा परीक्षा पास १५ हजार ६ सय ७ जनाले पास गरेका थिए । सन् २०१३ मा ५ हजार ९ सय नेपाली कामदार कोरिया ल्याइने मानव संसाधन विकास (एचआडी)ले जनाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार एकपटक भाषा परीक्षा उत्तीर्ण परीक्षार्थी रोजगारीका लागि दुई वर्षसम्म योग्य हुन्छन् ।

No comments:

Post a Comment