![]() |
| ऐश्वर्य श्रेष्ठ- |
- कविता-
तत्प तप्प दुई नयनबाट आंशु खस्दा
पुछिदिने तिमी रुमाल भैंदिए ।
मेरा दुखाइका पिडाहरु
आँखाका आंशुहरु निमिटयान्न हुन्थेकी ।
घरको छानोबाट चुहिएको पानीले
बलेसीमा खोपिल्टो पारेजस्तैं
तिम्रो यादमा मेरो मन विक्षिप्त भएको छ ।
आंशुसगैं तिम्रो माया पनि बगेको छ ।
मनमा लागेका चोटहरु बगाउने
तिमी खोला भैंदिए ।
बिर्सिन्थे कि समकालीन युद्वका डोबहरु
पुरिन्थियो कि पिडाका खाल्टोहरु ।
शायद तिमी सानो टालो भैंदिए
हातका घाउमा बाध्नु हुन्थियो ।
जताततैं दुख्छ यो जिन्दगी
खुशी टुटछ त्यसैत्यसैं
तिमी मलम भैंदिए लगाउन हुन्थियो ।
खोकी लाग्छ, नाक पोल्छ ,आंशु खस्छ ।
बताससंगै रहरहरु ओइलाएर झर्छ ।
तिमी मेरो चाहना भैंदिए
म तिमीलाई खल्तीमा हालेर हिडथे ।
खुशीमा,पिडामा तिमी मेरो साथमा
म तिम्रो साथमा रम्थे,रमाउँथे ।
तिमी मिठो मुस्कान भैंदिए ।
म रिसाउँदा तिमीलाई छर्थे
रिसाएकालाई खुशी पार्थे ।
शायद तिमी हरियाली बसन्त भैंदिए ।
ओइलाएका फूललाई कोपिला बनाउथें ।
जवानीलाई हराभरा बनाउथें ।
प्रत्येक पाइलामा मायाको फूल फूलाउँथे ।
शायद तिमी हावा भैंदिए ।
मेरी प्रियसीलाई परदेशबाट
अलिकति चुम्बन पठाउथे ।
उनको मुहारमा खुशी छर्थे ।
रित्तो सिउँदोमा सिन्दूर भर्थे ।
मनका सबैं इच्छा,आकांक्षा पूरा गर्थे ।
ऐश्वर्य श्रेष्ठ,
दक्षिण कोरिया l

No comments:
Post a Comment