Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, April 23, 2014

कोरियामा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा मजदुरहरुको हक अधिकारको लागि संघर्ष गर्दै आइरहेका एमटियू(प्रवासी मजदुर संघ) र केसिटियु(कोरियन प्रजातान्त्रिक मजदुर महासंघ)द्वारा संयुक्तरुपमा अप्रिल २७ तारिकका दिन २४ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने भएका छन l

 विश्वभरी मे १ तारिकका दिन अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरितापनी दक्षिण कोरियामा आइतबारको सार्वजनिक बिदा परेर मनाउने गरिन्छ l  मे दिवसमा   केसिटियु र एमटियुले आउदो   जुलाई महिनादेखि ईपिएसको मजदुरहरुले कोरिया छोडे पछि मात्र थेजिकगुम पाउने कानुनको खारेजी , मजदुर ३ अधिकारको सुनिश्चित, मे दिबसको दिन सबै प्रवासी मजदुरहरुलाई तलबी बिदा दिनु पर्ने, कम्पनी स्वतन्त्र रुपमा परिबर्तन गर्न पाउने, न्यनतम ज्याला बृद्धि गर्नुु पर्ने ,प्रवासी मजदुर प्रति गरिने भेदभाब बन्द गर्नु पर्ने लगायतको बिभिन्न मागहरु राख्ने  एमटियुका का. अध्यक्ष उदय राइले बताए l
 अध्यक्ष  राइले यहि २७ तारिक आईतबार rअन्तराट्रिय प्रवास मजदुर दिवस मनाउन गई रहेको हुनाले मजदुर, बिभिन्न संघसस्थाको प्रतिनिधि , बुद्धिजिबि ,पत्रकार साथै अन्य सबै माहानुभाबहरु सहभागी भई दिनहुनकोलागि हार्दिक अनुरोध गरिन्छ ।


मिति : २०१४ अप्रिल २७ तारिक ।
समय : दिनको २ बजे ।
स्थान : फोसिन्गाक । रेल लाईन नं १ छोङगाक स्टेसन गेट नं ४
सम्पर्क :
उदय राई : ०१० –५६७५–२०११
सर्दिप श्रेष्ठ :०१०–८०७९–१०२०
खेम आचार्य :०१०–४९६५–५६७८

No comments:

Post a Comment