यम श्रीस मगर ,दक्षिण कोरिया
निश्चितरुपमा आफ्नो जनतालाई उचित शिक्षा प्रदान गरि उनीहरुलाई सचेत नागरिक बनाई राष्ट्रिय विकासको मूलधारमा ल्यानुपर्ने दायित्व राज्यको हो । यद्यपि जनतालाई सुशिक्षित बनाउनुको साटो सामन्ती ,केन्द्रिकृत र एकाधिकारबादी राज्यसत्ताले जात(जाति, भाषा ,धर्म ,संस्कृति , लिङ्ग , क्षेत्र आदिका आधारमा दमनकारी , शोषण र विभेदकारी नीति अबलम्बन गर्दै आएका कारण जनता जनता बिचको स्तर र सम्बन्धको दुरी अझै टाढीएको स्थितिमा नै छ । बिशेषतस् आदिबासी जनजाती,दलित , महिला र केहि क्षेत्रका जनताको सामाजिक ,आर्थिक ,शैक्षिक र धार्मिक अवस्था बडो दयनीय अबस्थामा छन्। राम्ररी पेटभरी एक छाक खाना खान नपाई पटुकाले पेट बाँधी बाँच्न बाध्य भएका जनताले आफ्नै पौरखले शिक्षा हाँसिल गर्नु भनेको आकाशको फल टिप्नुसरीको कुरा हो । भोको पेटले कुन दर्शन बुझ्न सकिन्छ र महापुरुष डा।हर्क भन्छन, अधिकतम जनजाती हरु पछाडी पर्नुको कारण अज्ञानता हो र अज्ञानता रहनुको कारण शिक्षाको अभावले हो र अशिक्षित हुनुको कारण हो गरीबी । ू यस्ता अवस्थाका जनताबाट राज्यले कस्तो अपेक्षा गर्न सकिन्छ र राष्ट्रप्रेमी डा।हर्क अघि लेख्छन(ूसाधन बिपन्नले हक उपभोग गर्न सक्दैनन् र शक्ति विहिनले अधिकार उपभोग गर्न पाउदैनन । हक उपभोग गर्नलाई क्षमता र अवसर चाहिन्छ जसबाट जनजातीहरु बंचित छन् । यिनीहरु अहिलेकै जस्तो अशिक्षित, उत्पीडित रहनु भनेको देशको १र३ भन्दा बढी मानब संसाधन पक्षघाट भै राज्यशक्ति नै कमजोर हुनुहो । ू विगतको राज्य व्यवस्थाले नै निर्माण गरेको हो यो वर्तमान अवस्था र वर्तमानको राज्यव्यवस्थाले नै भविष्यको निर्माण गर्नेछ । त्यसो भएतापनि मातृभूमि प्रतिको मायाले अभिप्रेरित भइ प्रवासमै सहि केहि कमाउने ठाँउमा रहेका हामी प्रवासीहरुको मनमा एउटा सोंच पलायो कि (ु ठूला( ठूला काम गर्न ठूलै दिमाग , ठूलै समय अथवा ठूलै अवसर , ठूलै ठाउँ अथवा ठूलै दर्जा र ठूलै सम्पत्ति आदि चाहिन्छन नै । र यी हैसियत सबै सित छैनन् पनि । तर सानो र राम्रो काम त सबैले गर्न सकिन्छ नि । जसको निम्ति हैसियत भन्दा पनि असल मन भए पुग्छ । यदि हामी सबैका असल मनहरु मिलेर आफ्नो जन्म भुमिमा कुनै एउटा सानो र असल कामको सिर्जना गर्न सक्यौं भने त्यो काम पूर्ण सफल पनि हुन सक्छ । यहि सोंचलाई व्यवहारिक रुप दिन यस नेपाल आदिवासी जनजाती महासंघ गणतन्त्र कोरियाले केन्द्रिकृत राज्यले श्रोतको बांडफांड र पहुँच ९जगmबल(तयगअज० पुर्याउन नसकेको डोल्पा जस्तो अति सिमान्तकृत क्षेत्रका अति सिमान्तकृत डोल्पो जातिका तिन ३ जना बाल(बालिकाहरुलाई पोखरा को राम्रो आवाशीय विद्यालयमा १० कक्षासम्म निस्शुल्क पढाई दिन भनि सम्पट कसेको छ । थोरै भएपनि शिक्षा हाँसिल गरिसकेपछि ती नानीहरुले प्राप्त गरेका ज्ञान (ज्योतिले आफ्नो घर , परिवार, टोल , समाज अथवा एउटा सानो क्षेत्रमा नै सही अज्ञानताको अँध्यारो चिर्नेछ्न । अन्ततस् त्यस ज्योतिले सिङ्गो मुलुक एवं विश्व मानब समुदायलाई समेत बाटो देखाउने छ ।अझै यसो भनौं हाम्रो सानो सहयोगले कसैको भलो हुनजान्छ र त्यसको प्रतिफल मुलुक लगायत विश्वजगतले समेत प्राप्त गर्न सक्छ भने कुनै पनि कोण बाट हेर्दा यो काम असल मात्र नभई महान कार्य पनि हुन सक्छ ।
डोल्पाको भौगोलिक अवस्था र डोल्पावासिहरुको आर्थिक अवस्था तथा उनीहरुको जीवन कति कस्टकर रहेछ भनेर जानकारीका लागि कर्ण शाक्यज्युको थोरै हरफहरु सापट लिई राखिएका छन । ((ूडोल्पावासीहरु कति गरिब रहेछन् (( गुफा जस्तो ढुंगे घरमा बस्ने, जहाँ भर्यांग छैन र झ्याल हुदैन, ढोका पनि बल्ल बल्ल छिर्न सकिने मात्र । भित्रै सम्म अँध्यारो,विहान(बेलुकाको खाना आलु र फापर मात्र । अरु खाने कुरा केहि छैन ।भीरबाट याक खसेर मर्दा गाउँलेहरु त्यसको मासु भागबन्डा गरेर लिने(( । त्यस्तो घटनालाई उनीहरु दशैंको चाडजस्तै मनाउथे, रमाइलो गर्थे । एक टुक्रा मासु पनि चपाईं चपाईं खान्थे । मासुको टुक्रालाई धेरै बेरसम्म जिभ्रोले खेलाउदै स्वाद लिई रहन्थे । डोल्पाको निम्नतल धरातल १०र१२ हजार फिटको उँचाईमा रहेको हुँदा ९० ५ भूभागमा रुख र झारपात उम्रन पनि धेरै समय लाग्छ । दाउरा नभएका कारण घाँस , झ्याउ र स(साना जङ्गली वुटा , फूलका बिरुवा उखेली सुकाएर बाल्छन् । ू स्मरण होस् डोल्पा जिल्ला कर्णाली अंचलमा पर्दछ र कर्णाली अंचल त्यस्तो क्षेत्र हो जहाँका अधिकतम जनताहरु विश्व खाद्यसंस्थाको सहयोग बिना जिउन कठिन छ ।शाक्य ज्युकै शब्दमा (ू।।। उनीहरु गरिबीको रेखामुनी जनावरको जस्तो जिन्दगी।।।ू । अब डोल्पाकै किन त भनेर बुझ्न माथिका हरफहरु बाट नै स्पस्ट हुन सकिन्छ। यस्तो बिकट क्षेत्र डोल्पाको उत्तरी भेगको छार्का गा.बि.स बाट शैक्षिक सत्र २०६८ देखी ३ जना नानी बाबु(२ नानी १ बाबु)हरुलाई पोखराको दीप १६ मा रहेको सूर्योदय बोर्डिङ्ग स्कुलमा आवाशिय सुबिधा सहित सम्पुर्ण खर्च बेर्होदै अध्ययन गराईरहेको अवस्थामा तीन जनै नानीबाबुले फरक फरक कक्षामा डिस्टिङ्सन सहित प्रथम स्थान प्राप्त गर्न सफल भएकोले पोखरामा अभिभावक तथा ब्यवस्थापनमा मुख्य जिम्मेवारी निभाएका नेफिन कोरियाको पुर्व अध्यक्ष चङ्ग कुमार गुरुङ्गले खुशी ब्यक्त गर्दै भने अवसर पाए दुर्गमकाले पनि केहि गर्न सक्छन्।कोरियामा कठिन अवस्थामा रोजगारी गर्दै यस्तो पबित्र कार्यमा हृदयदेखी नै सहयोग गर्ने सम्पुर्ण महानुभावहरुको सहयोग सहि ठाउँमा सहि सदुपयोग भएको कुरा चङ्ग कुमार गुरुङ्गले बताउनु भयो।३ कक्षा देखी पढ्न सुरु गरेको बाबु गुरु छोइजन लामा कक्षा ५ मा ८९.१०% अंक लिई प्रथम भई कक्षा ६ मा गएका छन्। त्यसै गरी नर्सरी देखी पढ्न सुरु गरेका ठुली नानी छोईजीन घलेले कक्षा २ को यस बर्षको बार्षिक परिक्षामा ९५.६०% अकं लिई प्रथम भई कक्षा ३ मा गएकीछिन्। त्यसै गरि सानी नानी छिरिङ्ग जेनडेन घलेले नर्सरी देखी पढ्न सुरु गरेकोे यस बर्षको बार्षिक परिक्षामा कक्षा १ मा ९१.२०% अंक लिई प्रथम स्थान सहित कक्षा २ मा प्रबेश गरेकी छिन्।
यी नानी बाबु हरुलाई १० कक्षा सम्म अध्ययन गराउन हाल सम्म कोरियामा रहेको आदिवासी जनजाति महासंघको पहलमा करिब १५ लाख रुपयाँ संकलन गरि सकिएको छ। त्यसै गरि ३ बर्षको अवधिमा करिब ६ लाख रुपयाँ खर्च गरिसकिएकोछ भने छात्रबृत्ति कार्यक्रमलाई दीगो रुपमा संचालन गर्नको लागि गत बर्षदेखी पोखरामा तरकारी खेतीको पनि सुरुवाट गरिएकोछ। जसको लागि करिब ६ लाख रुपयाँ लगानी गरिएकोछ।

No comments:
Post a Comment