Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, April 4, 2016

अप्रिल १७ तारिक ख्वान्ग्जुमा 'ड्रिम्स चलचित्र' प्रदर्शन हुदै

अप्रिल १७ तारिक छाल्लानाम्दो ख्वान्ग्जुमा 'ड्रिम्स चलचित्र' प्रदर्शन हुने

राजु श्री
यहि १७ तारिक आइतबारका दिन छल्लानम्दो ख्वान्ग्जुमा यो बर्षकै सर्बाधिक रोजाइको चलचित्र 'ड्रिम्स' प्रदर्शन हुने भएको छ l

कोरियाका लागी एक्टिभ युथ ग्रुपले ले वितरण गरेको ड्रिम्स लाइ ख्वान्ग्जु मा नेपाली महिला दिदी बहिनी हरुको साझा सस्था 'महिला सशक्तिकरण मा हाम्रो अभियान-थोदाम' ले प्रदर्शन गर्ने तयारी पुरा भएको 'थोदाम' कि अध्यक्ष्य सिता लामा (यजिन ) ले बताइन् l 'थोदाम' ख्वान्ग्जुमा रहेका नेपाली हरु माझ लोकप्रिय सस्था हो l

प्रबाशमा रहेका नेपाली हरु एक आपसमा जमघट हुदै नेपाली चलचित्र लाइ माया गर्ने बानि बसालेर समाज सेवा गर्ने 'थोदाम' को उदेश्य रहेको भन्दै सबैलाई उपस्थित जनाउन अनुरोध गर्दै अध्यक्ष्य सिता लामाले भनिन् - "ड्रिम्स बाट संकलित रकम पारदर्शी हिसाबले बिशुद्द समाज सेवामा प्रयोग हुनेछ l साथै नेपाली चेली हरुको सस्था 'थोदाम' को यो पहिलो प्रयास भएको कारणले ख्वान्ग्जु आसपास मा हुनुहुने सबै नेपाली दाजुभाई दिदी बैनिहरुलाइ उपस्थितको लागि बिनम्र अनुरोध अनुरोध समेत गर्दछु l "

ड्रिम्स हेर्नको लागि ख्वाङ्ग्जु बाट हालसम्म ३०० भन्दा बढी टिकट बिक्रि भैसकेको 'थोदाम' कि सचिब सोनाम शेर्पा ले बताइन् l
'ड्रिम्स' किम्हे र सउल मा सफल प्रदर्शन भैसकेको छ l भने अझै कोरियाका ४ वटा शहरहरुमा प्रदर्शन गर्ने तयारी गरेको एक्टिभ युथ ग्रुप ले जनाएको छ l सउल प्रदर्शनमा सदाबहार नायक तथा ड्रिम्स का निर्देशक भुबन के.सी.र अभिनेता अनमोल के. सी. संगै बसेर दर्शकले चलचित्र हेर्ने अवसर पाएका थिए l

युबा पुस्ताको रोजाइका अभिनेता अनमोल के. सी. र सम्राज्ञी राज्य लक्ष्मी शाह को बेजोड अभिनय रहेको 'ड्रिम्स' को ट्रेलर हालसम्म १० लाख भन्दा बढी ले
हेरिसकेका छन् l भने नेपालमा फाल्गुन २१ गते रिलिज भएको ड्रिम्स राजधानी लगायत मोफसलका हलहरुमा हालसम्म पनि दर्शक को चाप उस्तै रहेको वितरक पक्षले जनाएको छ l

काजोल फिल्मस ब्यानरको प्रस्तुति र सदाबहार नायक भुबन के . सी . द्वारा निर्देशित 'ड्रिम्स' नेपाली सिने जगतकै महँगो लगानीको चलचित्र रहेको समेत निर्माता पक्षको दाबी रहेको छ l

ख्वान्ग्जुमा प्रदर्शन हुने :

मिति : अप्रिल १७ आइतबार

स्थान : 빛고을 시민 문화관 광주 공원
सिने ( 금남로 사 가 ) बाट ५ मिनेट हिडेर अगाडी

समय : ठिक १२ बजे
-

No comments:

Post a Comment