Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, March 24, 2016

यति छिट्टै धेरै माया पाउछु जस्तो लागेको थिएन- गायिका मिलन अमात्य



कृष्ण पुरी ,सौल ,नमस्ते नेपाल कोरिया l
यति छिट्टै धेरै माया पाउछु जस्तो लागेको थिएन- गायिका मिलन अमात्य संग एक पृथक अनि खुल्दुलीका विषयमा गरीएको अन्तरंग कुराकानी:-
दक्षिण कोरियामा मोरंग डाईनामिक कमिटि द्वारा गत फेब्रुवरी ७ मा आयोजित बिराट सांगीतिक सौगातमा आउनुभएकी सुमधुर स्वरकी धनी गायिका मिलन अमात्य सग नेपाली वेब टिभी कोरियाले तयार पारेको प्रस्तुति सगै छोटो कुराकानी :-
गायिका मिलन आमात्यको करिअर एकाएक चर्चामा पुगेको भने होइन । भारतको आसाममा जन्मिएकी मिलनले आफ्नो जीवन यात्रा र सांगीतिक करिअरमा निकै ठूलो संघर्ष गरेकी छन् । उनीसग एक फरक प्रसंगमा गीत संगीत सगै समय मिलेको खण्डमा नायिका बन्ने चाहना बारेमा पनि सोच रहेको बताएकी छन् l 
मिलन अमात्यको छोटो पृष्ठभूमि
पहिलो पटक उनले १३ बर्षको उमेरमा स्टेजमा गीत गाउने मौका पाईन् । गीत रेकर्ड गर्न निकै दुख पाएकी उनले एक प्रतियोगीतामा फस्ट रनरअप भएपछि अबसरको ढोका खुलेको हो ।मुम्बईमा भएको एक राष्ट्रिय प्रतियोगीतामा आर्थिक अभावकै कारण जान नसकेकोले बलिउडमा पाईला राख्ने अबसर गुमेको बताउछिन् । तर अहिले पनि बलिउडमा प्रवेश गर्ने प्रयासमा रहेको बताईन् ।एकाएक उनको स्वर रहेको गीत चर्चामा आएपछि प्रायजसो गीतमा उनको स्वर सुनिन थालेको छ । अमात्यले गायिका अञ्जु पन्तको स्थान खोसेको आरोप पनि लाग्दै आएको छ । तर उनी हरेक गायक गायिकाको आ–आफ्नै स्थान हुने बताउछिन् । उनले कसैको विकल्प कोहि नहुने जिकिर समेत गरिन् ।पहिलो एल्बम ‘मिलन’ सार्वजनिक गर्दा उनलाई यो स्थान सम्म पुगौला भन्ने लागेकै थिएन् । उनी आफ्नो स्वरलाई माया गरिदिने श्रोताप्रति नेपाली वेब टिभी कोरिया मार्फत धन्यवाद दिन चाहन्छिन् ।

नेपाली वेब टिभीका  प्रस्तोता :कृष्ण पुरी -मिलन अमात्य संग कुराकानीमा  

No comments:

Post a Comment