Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, March 24, 2016

कोरियन भाषा परीक्षा असारमै


कोरियन भाषा परीक्षा असारको पहिलो हप्तामा गर्ने तयारी

१० चैत, काठमाडौं । सन् २०१७ को कोरियन भाषा परीक्षा आगामी असारको पहिलो हप्तामा सञ्चालन गर्ने तयारी भएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाले असारको पहिलो सातामा नै परीक्षा गर्ने तयारी गरिरहेको निर्देशक डिल्लीराम बास्तोलाले अनलाइनखबरसँग बताए ।

तर, औपचारिक मितिबारे निर्णय भने भएको छैन । श्रम तथा रोजगार मन्त्री दीपक बाहोरा अध्यक्षतामा बस्ने इपीएसको निर्देशक समितिको बैठकले औपचारिक मिति तोक्नेछ ।
मन्त्री बोहोरा अहिले प्रधानमन्त्री केही शर्मा ओलीसँगै चीन भ्रमणमा छन् । अबको दुईसाता भित्र परीक्षाको मिति तय हुने निर्देशक बास्तोलाले बताए ।यसअघि नेपालले भदौमा परीक्षा गर्ने निर्णय गरेपनि पूर्नबिचार गर्न आग्रह गर्दै दक्षिण कोरियाले आसारमै परीक्षा गर्न नयाँ प्रस्ताव गरेको थियो । कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) ले असारमा नै परीक्षा लिईसक्नुपर्ने भन्दै इपीएस कोरिया शाखालाई पत्र लेखेको थियो । यसअनुसार आगामी बैशाखको दोस्रो हप्तामा भाषा परीक्षाको आवेदन माग गरिने उनले बताए ।
अनलाइन फारम भर्न नपाइने
यसवर्ष अनलाइनबाटै आवेदन लिने तयारी थियो । तर, छिटो परीक्षा हुन लागेकाले परीक्षार्थीले यो वर्ष पनि लाइन बसेरै आवदेन बुझाउनुपर्ने अवस्था आएको छ ।
अनलाइन प्रणाली विकास गर्न टेण्डर आह्वान भएपनि बैशाखसम्म त्यसलाई तयार गर्न नससिकने बास्तोलाले बताए । यसअघि शाखाले असारसम्म अनलाइन प्रविधि विकास गरेर त्यसैबाट आवेदन लिने योजना बनाएको थियो । घण्टौं लाइनमा बसेर आवेदन भर्नुपर्दा युवालाई गाह्रो भएको भन्दै सरकारले भाषा परीक्षाको आवेदन अनलाइमै बुझ्ने तयारी गरेको थियो ।
– onlinekhabar

No comments:

Post a Comment