Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, March 31, 2016

कोरियामा भुवन केसी र अनोमोलको साथमा अप्रिल ३ मा ड्रिम प्रदर्शन हुने

गोबिन्द गौतम
३१ मार्च सोल/कोरिया – नेपाली सिनेजगतका सुपरस्टार नायक भुवन के सी तथा अहिलेका चर्चित युबा नायक अनमोल के सी आफ्नो भर्खरै प्रदर्शनमा आएको सुपरहिट नेपाली चलचित्र ड्रीम्स लिएर कोरिया आईपुगेका छन।
कोरियाको सउलमा यहि अप्रिल ३ तारिख(ठिक १२ बजे) एक्टिभ युथ ग्रुपको आयोजनामा हुन लागेको उत्त भब्य कार्यक्रमलाई बिशेष सफल बनाउन तथा कोरियामा रहेका नेपाली दर्शकहरुसंगै बसेर मुभी हेर्न उनिहरु आज बिहान कोरिया आईपुगेका हुन।
नेपालमा तेस्रो हप्ता सम्म हाउसफुल प्रदर्शन भईरहेको ड्रीम्स कोरियामा पनि उत्तिकै ब्यग्र प्रतीक्षाको मुभी बनी रहेको छ।
आफ्ना सुपरस्टार तथा हेण्डसम नायक द्वय संगै सिनेमा हेर्दै भुकम्प प्रभावित बिद्यालयाको पुन:निर्माणमा सहयोग पुर्‍याउने उदेश्यले एक्टिभ युथ कोरियाले दक्षिण कोरियाका समाजसेवी,बुद्धिजीवी, पत्रकार, बिद्यार्थी तथा सर्बसाधरण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुसंग फिल्म हेरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ।
यस अघि मार्च २७ तारिक किम्हे सहरमा भएको प्रदर्सन हाउसफुल भएको थियो भने सउल सो पनि सोही अनुसार हुने र “साे” काे लागि भब्य तयारि भएकाे अायाेजकले जनाएकाे छ।
स्थान:-जुङगु खुमिन ह्वेग्वान
(NRN चुनाव भएको हल, कबड्डी कबड्डी तथा परदेशी चलचित्र प्रदर्शन भएको हल)
समय:– दिउँसो १ बजे
मिति:-२०१६ अप्रिल ३ तारिक

No comments:

Post a Comment