Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, March 31, 2016

युट्युबबाटै मनग्गे आम्दानी’

चैत्र १८, २०७२- म्युजिक भिडियो होस् या सर्ट फिल्म । धेरैले हतारहतार आफ्ना श्रव्यदृश्य सिर्जना युट्युबमा अपलोड गरिरहेका हुन्छन् । ती सिर्जनाले लाखौंले हेरिरहेका पनि हुन्छन् । तर विचार नपुर्‍याउँदा लाखौं आम्दानी गुमिरहेकोबारे चाहिँ धेरैलाई थाहा छैन । प्रविधिको पछिल्लो आयामका कारण कसरी स्रष्टाले मनग्गे आम्दानी गुमाइरहेका छन् र त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे राजधानीमा हालै बहस चल्यो । नेपाली अमेरिकन कलाकार संघले यो विषयलाई प्रतिलिपि अधिकार संघ जोडेर बहसमा ल्याएको हो । 
‘युटयुबको भ्युअर संख्या बढेको हेर्दै मख्ख हुनु जरुरी छैन,’ संघका अध्यक्ष तथा गायक सुमन बुढामगरले भने, ‘बरु के हो भने स्रष्टाहरू प्रतिलिपि अधिकार र रोयल्टीबारे थाहा नहुँदा त्यसै ठगिरहेका हुन्छन् ।’ प्रतिलिपि अधिकार र रोयल्टीमा ठगिएका कलाकारको आवाजलाई बुलन्द पार्ने उद्देश्यले अन्तरक्रिया गरिएको बताउँदै अध्यक्ष मगरले ‘वैधानिक रूपमा युट्युबबाट आफ्नो बेग्लै च्यानल बनाएर अपलोड गरे शेषपछिको आम्दानीसमेत आफ्ना सन्तानले पाउने’ जनाए । जथाभावी अडियो–भिडियो सामग्री युटयुबमा अपलोड गर्ने लहरलाई निरुत्साहित गर्दै वैधानिक रूपमा युटयुब च्यानल सञ्चालनमा ल्याउन चाहनेहरूलाई संघले सघाउने पनि उनले जनाए । संघका केन्द्रीय संयोजक तथा गायक यम बरालले पनि आफूहरू सघाउन सदैव सघाउन तयार रहेको बताउँदै सरकारी तवरबाट भने साथ नपाएको गुनासो गरे । 

प्राय: विदेशका नेपालीहरूले पनि अवैधानिक तरिकाबाट नेपाली गीतसंगीत डाउनलोड गरिरहेको दाबी गर्दै बरालले नियमनकारी निकाय मूकदर्शक भएर बस्दा कलाकर्मीलाई मार परेको सुनाए । रोचक के भने, अमेरिकाबाट साइबर सेक्युरिटीमा पीएचडी गरेका डा. रामहरि सुवेदीले अन्तरक्रियामा स्काइपमार्फत स्रष्टाहरूलाई ‘पाइरेसीबाट बच्ने उपाय’ बताएका थिए । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई, विन्ध्यवासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मी लगायतले संघको अभियानको प्रशंसा गरे ।प्रकाशित: चैत्र १८, २०७२


No comments:

Post a Comment